Page 17

जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् । जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् ।
अशोक राई नेतृत्वको जसपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कार्यक्षेत्र नछाड्न सीडीओलाई गृहमन्त्रालयको निर्देशन

काठमाण्डौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिए ।
प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।
विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले जनाए ।“स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ”, उनले भने, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।”
मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकोप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरे ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको जनाईएको छ ।

 

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

sf7df8f}F, @* ebf} . /fli6«o lrof tyf skmL ljsf; af]8{ / g]kfn s[lif cg';Gwfg kl/ifbaLr cfOtaf/ s[lif tyf kz'k+IfL ljsf; dGqfnodf ;Demf}tfkqdf x:tfIf/ sfo{qdnfO{ ;Daf]wg ub}{ dGqL 3gZofd e';fn . t:jL/ M rG›snf If]qL, /f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिएको छ ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने जनाएका हुन ।
उनले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको जानकारी दिए ।
महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिए । एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रकृया अझै शुरु गरेको छैन ।

नेकपा एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा (एमाले) बाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

शेयर बजारमा १५.४६ अंकको उछाल, साढे ६ अर्बको कारोबार

काठमाडौं । शेयर बजार निरन्तर उकालो चढिरहेको छ । यो साता पहिलो दिन बजार घट्दा बाँकी ४ दिन बजार बढेको थियो । समग्रमा बजार यो साता ६७.७५ अंकले उचालिएको छ ।
सत्ता समीकरण फेरिने चर्चाबीच शेयर बजारमा भने उत्साह थपिउको छ । प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा एमाले र नेपाली काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन् । नयाँ प्रधानमन्त्रीमा एमालेका केपी ओलीलाई बनाउने सहमति छ भने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा पछि बजारमा एकखालको उत्साह छाएको देखिएको छ ।
यसैक्रममा साताको अन्तिम दिन आज पनि बजार दोहोरो अंकले बढेको हो । बजार उचालिएसँगै कारोबार रकम पनि ह्वात्तै बढेर करीब साढे ६ अर्ब पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४६ अंकले बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से २११९.६९ अंकमा पुगेको हो ।
समग्रमा बजार उचालिए पनि आज वित्त र उत्पादनमूलक समूह क्रमशः ०.५९ र ०.१५ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूह ३.४३ अंकले बढेको छ ।
आज ३१३ कम्पनीका २ करोड २१ लख ६७ हजार ६ सय ७८ कित्ता शेयर किनबेच हूँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८०.६४ रुपियाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.२३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३७ प्रतिशतले घाटा व्यहोरका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ९ लाख ४ हजार ६ सय ९४ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो आइतबार बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ, सोमबार १६.२९ अंकले बजार बढ्दा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ, मंगलबार ४७.०४ अंकले बजार बढ्दा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २०.०९ रुपियाँ र हिजो बुधबार ३.७९ अंकले बजार बढ्दा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज एकीकृत समाजवादीको नेतृत्व चयन हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने जनाईएको छ ।
सहमति जुटाउन अहिले काठमाडौँको एक होटेलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी छ ।

 

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन ।
यसअघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।
साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।
बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले जानकारी दिएका थिए । पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’
उनले अगाडि भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेले आजै समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको हो । यसअघि हिजो एमालेले प्रधानमन्त्रीलाई आजसम्ममा राजीनामा दिन आग्रह गरेको थियो ।
प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिएपछि सरकारको समर्थन फिर्ता लिएको हो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...