Page 19

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। एमालेसँगको सहमतिपछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्।
बैठक नेकपा एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा केन्द्रित हुने जनाईएको छ । बैठकले एमालेसँग सत्ता साझेदारीका विषयमा भएको समतिलाई अनुमोदन गर्ने नेताहरूले जानकारी दिएका छन् ।
सोमबार राति देउबाले एमालेसँग सात बुँदे सहमति गर्दै वर्तमान गठबन्धन भत्काएका छन्। जसअनुसार सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।
दुवै दलबीच प्रदेश सरकारमा समेत भागवण्डा गर्ने सहमति भएको छ । नयां सहमति अनुसार अब एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।
मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । नयां गठबन्धनमा अशोक राई नेतृत्वको जसपा र सिके रावत नेतृत्वको जनमत समेत सहभागी हुने भएकाले दुवै मध्ये एउटाले मधेश सरकारको नेतृत्व पाउने सम्भावना छ ।

 

कांग्रेस र एमालेबीच सहमति, ओली र देउवा आलैपालो प्रधानमन्त्री बन्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । गए राति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको हो ।
दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।
सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ।
यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली(देउवाबीच सहमति बनेको छ ।
यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।

ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनु भएको छैन ः सचिवालय

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले मन्त्रीहरूलाई बालकोट बोलाइएको भन्ने समाचारको खण्डन गरेको छ ।
यसअघि अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

 

बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर

काठमाडौं । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको ओली धारणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट धारणा व्यक्त गरेका छन ।
प्रतिनिधि सभाको आजको बैठकपछिसंसद् भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होटल हिमालयमा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरको कुपन्डोलमा अवस्थित होटल हिमालयले आफ्ना विभिन्न सेवामा विशेष छुट दिने भएको ।
एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
आन्तरिक तथा वाह्य पर्यटकका लागि लक्षित चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरुमा निकै रुचाइएको यस होटलमा सौना स्टिम, स्विमिङ पुल र फिटनेस सेन्टर पनि छन् । ग्राहकहरुको सेवाको लागि सोही परिसरमा दुईवटा रेष्टुरेन्ट पनि रहेका छन् ।

सानिमा जीआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच सम्झौता

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

 

शेयर बजारमा १६.२९ अंकको सुधार, कारोबार रकम भने खुम्चियो

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२९ अंकले बढेको हो । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०५३.३८ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि वित्त र उत्पादनमूलक समूह ०.८३ र ०.२१ प्रतिशतले घटेको छ । अरु बाँकी समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह सबैभन्दा बढी २.०४ प्रतिशतले बढेको हो ।
आज ३२३ कम्पनीका ७१ लख ६५ हजार ७ सय ३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ बराबरको कारोबार भएको छ ।
हिमालयन उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७४ प्रतिशतले नाफा कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

कांग्रेसको पदाधिकारी बैठक आज ३ बजे बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने एक नेताले जानकारी दिए । ‘सभापतिजीले हिजो मात्र एमाले अध्यक्ष केपी ओलीजीसँग वार्ता गरेको विषय उठ्ने नै भयो । छलफलको एजेण्डा भने पार्टीको आन्तरिक विषय हो ।’
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने जनाए । उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।

 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ दफावार छलफलका लागि प्रस्ताव गर्नेछन्।
यस्तै ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।
सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...