Page 3

आइएमई मार्फत विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने

काठमाडौँ । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाइरहेको कम्पनी एम बैंकबीच विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने विषयमा सम्झौता भएको छ ।
सम्झौतासँगै एम बैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने भएका छन् । यसरी मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
आइएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रालिबीच रेमिटेन्स बापत पठाएको रकम सिधै जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
एम बैकंले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैकिङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ । एम बैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।
शुक्रबार ९ औँ वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आइएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको एम बैंकले जानकारी दिएको छ ।
यसबाहेक एम बैंक मार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटेल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अन्य विभिन्न सेवाहरू सहजै लिन सक्ने सुविधा पनि छ ।

प्रस्तावित निर्वाचन आयुक्तबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे अनुमोदनको निर्णय गर्नेछ । बैठक बिहान साढे ११ बजे बोलाइएको छ।
गत असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको र दबाबमा मिलापत्र गरेको भन्दै उजुरी दिएकी थिइन् ।
समितिले उजुरीकर्तासँग र प्रधानसँग यस विषयमा छलफल गरेको थियो । समितिमा प्रधानले पीडित महिलासँग मिलापत्र गरेको स्वीकार गरेका थिए । प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग पनि छलफल गरेका थिए।
नैतिक आचरणमाथि गम्भीर प्रश्न देखिएकाले प्रधानलाई अनुमोदन गर्न नहुनेभन्दै व्यापक आलोचना हुँदै आएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै, सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।
सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन ।
सांसद तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सावर्जनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछिन ।

 

त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय विशेषज्ञ फिर्ता

काठमाडौँ । त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे । तर, बस र यात्रु फेला परेनन् ।
भारतीय विशेषज्ञले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् । उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले असार २८ देखी नै खोजी जारी राखेका छन् ।काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।

गोविन्दराज जोशी भ्रष्टाचार मुद्धामा दोषी ठहर

काठमाडौं । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भएका छन ।
सर्वोच्च अदालतले आज उनलाई दोषी ठहर गरेको हो । अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद फैसला पनि सुनाएको छ ।
विशेष अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलगायत उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

ग्लोबल आइएमई बैंक र र्याडिसन होटलबीच संझौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने संझौता भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरुले ¥याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै ¥याडिसन होटल काठमाडौँले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जानएको छ ।

 

प्रभु बैंकको नयाँ शाखा तेह्रथुम र धनकुटामा

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने आजदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आप्mनो ३०८औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको हो ।
बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
नेपालभर ३०९ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले उल्लेख गरेको छ ।

सेयर बजारमा ११३.४२ अंकको उछाल, ३५ लघुवित्तको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा ११३।४२ अंकको उछाल आएको छ । आज बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
बैंकिङ समूहको उपसूचक करिब १० प्रतिशतले बढ्यो । तर धेरै जसो बैंकको स्वामित्व रहेका माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ ।
आइतबारको कारोबारमा सबै समूहको उपसूचक बढ्यो । तर माइक्रोफाइनान्सको भने घटेको छ । यो दिन माइक्रोफाइनान्स समूहको उपसूचक १०.०६ अंकले घटेको छ ।
साताको पहिलो कारोबार दिन १२ वटा माइक्रोफाइनान्स समूहका कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घटेको छ ।
सेयर मूल्य घटेको कम्पनीमा ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, लक्ष्मी लघुवित्त, एनआईसी एशिया लघुवित्त, एनएमबि माइक्रोफाइनान्सको सेयर मूल्य घटेको छ ।
कारोबारमा आरम्भ चौतारी लघुवित्त, आशा लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, डिप्राृेक्स लघुवित्त, धौलागिरी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, ग्रामिण विकास लघुवित्त, गुँरास लघुवित्तको सेयर मूल्य घटेको छ ।
गणपति लघुवित्त, इन्फिनिटी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, मानुषी लघुवित्त, महिला लघुवित्त, माहुली लघुवित्तको सेयर मूल्य घटेको छ ।
यस्तै नाडेप लघुवित्त, नेष्डो लघुवित्त, आरएसडिसी लघुवित्त, समाज लघुवित्त, सृजनशिल लघुवित्त, स्वरोजगार लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, स्वाबलम्बन लघुवित्त, विजय लघुवित्त, वन नेपाल लघुवित्तको सेयर मूल्य बढेको छ ।

माओवादी केन्द्र पदाधिकारी बैठक ११ बजे बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने जानकारी दिईएको छ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने जानकारी दिईएको छ ।
केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।

टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
आज राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडिबाट ठक्कर दिएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको छ जनाईएको छ।
टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते छन् । उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।
प्रहरीले टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...