Page 7

टी–२० क्रिकेटमा नेपाल आज भारतसँग भिडदै

काठमाडौं । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आज भारतसँग भिडदै छ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ ।
नेपालको खेल अघि समूह चरणको अन्तिम खेलमा पाकिस्तान र यूएई सवा २ बजे खेल्दैछन् । यो खेलमा पाकिस्तानले हारेमा र नेपाल भारतसँग पराजित भएको अवस्थामा नेपाल, पाकिस्तान र यूएईमध्ये नेट रनरेटमा अगाडि हुने टोलीले सेमिफाइनल खेल्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

डीआईजी जोशी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
एआईजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन्

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ । आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।
यसैगरी, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
बैठकमा सांसद प्रतिमा गौतमले डेंगुको प्रकोपबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।
कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।
ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने सहमति

काठमाडौँ । काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो ।
सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबिच छलफल भएको थियो ।
इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर समितिले मंसिर २ गते प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा त्यसपछि थप कार्य अघि बढाउने सहमति भएको जनाईएको छ ।
न्यूरोडमा काठमाडौँ महानगरले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनसहित स्थानीयले विरोध गर्दै आएका थिए ।

एमाले उपनेता आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन ।
प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।
यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दावी पेश गरेका थिए ।

नेपाल लाइफले दुई शैक्षिक संस्थामा एक अर्ब ३३ करोड लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ ।
लगानी विविधिकरणको रणनीतिलाई मूर्तरुप प्रदान गर्दै कम्पनीले उक्त दुई शैक्षिक संस्थामा लगानी गर्ने निर्णय गरेको हो । दुई संस्थामा गरेर कम्पनीले एक अर्ब ३३ करोड ७२ लाख रुपियाँ लगानी गर्नेछ ।
आइतबार काठमाडौंमा एक कार्यक्रम गरेर यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि गरिएको छ । त्यसमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्राडा खगेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी लगानी गर्नेछ । त्यसपछि उक्त संस्थामा कम्पनीको ३५.३२ प्रतिशत शेयर स्वामित्व हुनेछ । यसैगरी युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड लगानी गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसो गर्दा त्यसमा कम्पनीको शेयर स्वामित्व ७.६२ प्रतिशत हुनेछ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको जनाए । सोही क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने उनले जनाए । यसैगरी कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उनको भनाइ छ ।
यस कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरुका आधारमा नेपाल लाइफ सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी भएको जनाए । कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको उनको भनाइ छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दुमा राखेको जनाए । यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको उनको भनाइ छ । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेका उनले जनाए ।
प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष ओझाज्युले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको जनाए । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बीमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि भएको जनाउँदै आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने जनाए ।

शेयर बजारमा २.१५ अंकको सुधार, करीब १४ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज झिनो अंकले मात्रै उचालिएको छ । बजार आज २५ सय अंक पार गरेर तल झरेको हो । नेप्सेमा झिनो बढोत्तरी भए पनि कारोबार रकम भने उत्साहजनकनै छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१५ अंकले उचालिएको हो । ०.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २४८८.०९ अंकमा पुगेको छ ।
बजार झिनो अंकले मात्रै उचालिंदा बैंकिङ, विकास बैंक, होटल, लगानी, लघुवित्त र निर्जीवन बीमा कम्पनी भने घटेका छन् । आज उत्पादनमूलक समूह सबैभन्दा बढी २.१६ प्रतिशतले बढेको छ ।
आज ३०९ कम्पनीका ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ बराबरको कारोबार भएको हो ।
मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले आज सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै गणपति लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ६१.६१ ऋंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

वाग्मतीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले दाबी पेस गर्दै

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् ।
नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

नबिल बैंकले पायो एकसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार अवार्ड प्राप्त गरेको छ ।
नवीन प्रयोग र ग्राहकको सुविधामा बैंकले पुर्‍याएको ध्यानले यी अवार्ड प्राप्त गरेको हो ।
बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए) २०२३’ प्राप्त गरेको हो । बैंकले वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड जितेको हो ।
बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको जनाईएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकले संयुक्त अधिराज्य (युके) को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको ‘बेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४’ प्राप्त गरेको छ । यो सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको जनाईएको छ । अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिशका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो ।
त्यस्तै बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत ‘नेपालको बेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) पनि प्राप्त गरेको छ । सामाजिक उतरदायित्त्वअन्तर्गत देशमा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड बैंकले हासिल गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत नेपालको ‘बेस्ट बैंक फर एसएमइज’तर्फको अवार्ड पनि प्राप्त गरेको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा शुरू गरिएको पहिलो अवार्ड हो, जसले बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्ने जनाईएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...