Page 11

प्रसाईँको पक्षमा भएको फैसला खारेजी माग्दै डा. केसीले दिए सर्वोच्चमा निवेदन

Dr. Govinda KC Photo: THT File

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल बिएण्डसि विरूद्ध डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका छन् ।
बि एण्ड सिको पक्षमा भएको फैसला बदर हुनुपर्ने भन्दै उनले पुनरावेदन निवेदन दिएका हुन् ।
आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा. केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् ।
उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने आदेश खारेज हुनुपर्ने माग राखेका छन् ।
केसीको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुनेछ । अघिल्लो फैसलामा केसी निवेदन र प्रतिवादी दुवै नभएकाले रिट दर्ता गर्ने विषयमा अध्ययन भइरहेको सर्वोच्चले जानकारी दिएको छ ।
बीएण्डसी मेडिकल कलेजले दुई पटक सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो र पछिल्लो रिटनिवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सम्बन्धन दिनु भनी आदेश भएको हो ।

परराष्ट्रमन्त्री देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचमा सोमवार भेटवार्ता हुने भएको छ ।
सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ । सोमबार नै राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने भएकी छिन् ।
चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आइतबार दिल्ली प्रस्थान गरेकी छिन् । राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने जनाईएको छ ।

ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्।
आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने जानकारी दिए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने उनले प्रतिवद्धता जनाए ।
यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोबल आइएमई बैंकको नयाँ सीईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

शेयर बजारमा ३४.४७ अंकको गिरावट, कारोबार रकम भने उत्साहजनक

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजारमा आज भने करेक्शन आएको छ । बजार ओरालो झरेसँगै नेप्स ३ हजार अंकबाट तल झरेको छ, कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.४७ अंकले घटेको छ । १.१४ अंकले बजार घट्दा नेप्से परिसूचक २९६६.३३ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड ०.३८ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । होटल समूह सबैभन्दा बढी ४.४९ प्रतिशतले घटेको छ ।
आज ३३० कम्पनीका ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६.१२ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । राष्ट्रिय बीमा कम्पनी, एलआईसी नेपाल, मल्टिपर्पोस फाइनान्स र सम्पदा लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० प्रतिशतले नाफा कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ९.९३ प्रतिशतले नाफा कमाए ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाए ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ८२ करोड १४ लाख ८१ ह्जार १ सय ३५.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक आज दिउँसो सवा १ मा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
साथै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची छ ।

बाढी, पहिरोका कारण हालसम्म १८१ जनाको मृत्यु

काठमाडौ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५५ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो । साथै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेशमा ११ जना, बागमतीमा २३ जना, गण्डकीमा ४६ जना, लुम्बिनीमा १५ जना, कर्णालीमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा ३ जना, कर्णालीमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेशमा १ जना, बागमतीमा ४१ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा विपद्‍का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।

साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाण्डौं । साफ यू–२० च्याम्पियनसिपको उद्घाटन आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल श्रीलंकासँग भिड्दैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो ।
एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका रहेका छन् ।
समूह ‘बी’ मा भारत, मालदिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

आज परराष्ट्रमन्त्री राणा भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज पाँचदिने भारत भ्रमणमा जाँदै छिन । परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री राणा आज नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन । भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछिन ।
दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।

दीपेश पुनसँग सहकारी छानबिन समितिले लियो बयान

काठमाडौं । सहकारी ठगी आरोपमा मुछिनुएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग सहकारी छानबिन समितिले बयान लिएको छ । उनलाई आज सिंहदरबारस्थित समतिको बैठकमा बोलाएर बयान लिइएको हो ।
दीपेश बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका छन । समितिले सहकारी ठगी आरोपीहरूसँग धमाधम बयान लिइरहेको हो ।
यस्तै समितिले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि बयान लिने जनाईएको छ ।

बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस हेर्दाहेर्दैमा रहेको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो।
सरकारी वकिलको कार्यालय काठमाडौंले बेचनविरूद्व ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्वा दायर गरेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...