Page 18

शेयर बजारमा १०८.३५ अंकको उछाल, करीब १८ अर्बको कारोबार

काठमाडौं । हिजो उच्च अंकले करेक्शन आएको शेयर बजार आज फेरि उच्च अंकले उकालो चढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार १०८.३५ अंकले बढेको हो । ४.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७५९.६७ अंकमा पुगेको छ ।
बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ । अन्य समूह ७.८९ र वित्त समूह ७.६३ प्रतिशतले बढेका छन् ।
आज ३३० कम्पनीका ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७.८३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
आज विभिन्न १० कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । अरु ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत नाफा कमाए ।
सबैभन्दा बढी एनआईसी एशियाको ऋणपत्र २०८३–८४ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.८२ प्रतिशतले घाटा व्यहोरे ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार ४०.७६ अंकले बजार बढ्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ र हिजो मंगलबार १४५.०५ अंकले बजार घट्दा हालसम्मकै उच्च ३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४.१० रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रधानमन्त्री काभा महिला भलिबलको फाइनल खेल हेर्न जाने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने नेपाल र भारतबीचको काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न त्रिपुरेश्वर जाने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ पाँच बजेपछि खेल हुनेछ ।
मङ्गलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । यसैगरी भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो ।
पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् । पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो ।

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन ।
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन ।
मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।
८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह नराख्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको दाबी गरेका छ ।
मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको जनाउँदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको जनाएका हुन । उनले भने,’तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दुःख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन,’ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गर्दै भने,‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ । भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।,’

बागलुङमा पहिरोमा परेर ८ जनाको मृत्यु

बागलुङ । पहिरोमा परेर बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षापछि मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको हो । पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाबारे थप बिवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
वडा नं १० को आरुपाटामा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।
प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएकाले घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।
घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते भएकाले उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको छ । वडाध्यक्ष वीरेन्द्र बुढाले पनि घटनास्थल जाने झोलुंगे पुल भत्केकोले उद्धारमा कठिनाइ भएको जनाए ।
घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय सम्झौता

काठमाडौं । जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी भएको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा र जाल्टानका अध्यक्ष राजेन्द्र केसीले समझदारी पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका लागि आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गएपछि विद्यार्थीहरुले जापानबाट आइएमईबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

नबिल बैंक र नमस्ते पे वालेटबीच संझौता

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग संझौता गरेको छ । यो संझौताले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे ।
यो सहकार्यसंगै अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन् ।
उक्त अवसरमा नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्नुहुने जनाए । उनले भने, ‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ ।’
नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा भने, ‘नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने जानकारी दिए ।
यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

शेयर बजारमा १४५.०५ अंकको पहिरो, २३ अर्ब ७१ करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । केही सातादेखि बढिरहेको शेयर बजारमा आज उच्च अंकको पहिरो गएको छ । बजार बढेर हिजो २७९६.३८ अंकमा उक्लिएको नेप्से आज झरेर २६५१.३२ अंकमा ओर्लिएको छ ।
गत साउन १६ गते एकै दिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँको कारोबार भएको रेकर्ड आज तोडिएको छ । आज एकै दिन २३ अर्ब २१ करोडको शेयर किनबेच भएर नयाँ रेकर्ड बनेको छ । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको रेकर्ड विद्यमान छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४५.०५ अंकले घटेको हो । ५.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५१.३२ अंकमा झरेको छ ।
बजार ओरालो लागेसँगै आज सबै समूह राताम्मे भएका छन् । वित्त र होटल समूह सबैभन्दा बढी क्रमशः ८.२७ र ८.०३ प्रतिशतले घटेका छन् ।
आज ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४.१० रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार घटे पनि थ्री स्टार हाइड्रो र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले क्रमशः १० र ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज विभिन्न २० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहोरेका छन् । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्यामाई हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर र हाथवेका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
त्यस्तै ओरियन्टल होटल, श्री इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल, मोलुङ हाइड्रो, वेस्ट फाइनान्स, नेपाल वायरहाउजिङ, रिलायन्स फाइनान्स, सिटिजन्स बैंक, एचआईडीसीएल, सानिमा बैंक, मकर जितुमाया हाइड्रो, हिमालयन बैंक र एनआईएमबि बैंकका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी घाटा व्यहोरेका छन् । आज ३० कम्पनीबाहेक अन्यको सबैको शेयर मूल्य घटेको छ ।
हिमालयन रि–इन्स्योेरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख ८० हजार ३ सय ८३.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
शेयर बजारबारे सांसदहरुकाले गरेको नकारात्मक टिप्पणी र बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटेको रिपोर्ट सार्वजनिक भएसँगै बजारमा करेक्शन आएको विश्लेषकहरुको प्रतिक्रिया छ ।
साताको पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने हिजो सोमबार ४०.७६ अंकले बजार बढ्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

चारवटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्का चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलवार राज्यव्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनलगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न प्रस्ताव

काठमाडौं । बंगलादेशमा आन्दोलनलत पक्षले अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनीहरुले अन्तरिम सरकारको खाकासमेत तयार पार्दै युनुसको प्रस्ताव गरेका हुन् ।
आज बिहान जारी गरिएको एक भिडियो सन्देशमा आन्दोलनका संयोजकहरु नहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले अबको २४ घण्टाभित्र अन्तरिम सरकारको पूर्ण खाका तयार पारिने जनाएका हुन् ।
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेर देश छाडिसकेपछि पनि रातभर प्रदर्शन र हिंसा जारी रहेका कारण आन्दोलनका संयोजकहरुले राति नै नयाँ अन्तरिम सरकारबारे आफ्नो धारणा राखेका हुन् । यसअघी हिजो राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार बनाउन आफ्नो अनुमति जनाएका थिए ।
सेना, नेभी, एयर फोर्स, विभिन्न राजनीतिक पार्टी र समाजका प्रतिनिधिहरुसँग गरिएको छलफलपछि राष्ट्रपति भवनमा सो निर्णय लिइएको बंगलादेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । शेख हसिनाले देश छाडे पश्चात प्रदर्शन झनै उग्र भएको अवस्थामा शान्ति, सुरक्षा र कानुनको पालना गराउने जिम्मेवारी हालका लागि सेनालाई दिइएको छ ।
हसिना विदेश पलायन भएको केही घण्टापछि नै राष्ट्रपति शाहबुद्दीनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालेदा जिआ र विरोधका क्रममा थुनिएका सम्पूर्ण विद्यार्थीहरुलाई रिहा गर्न आदेश दिएका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...