काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ घटेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत छ ।
नयाँ मूल्यसूची अनुसार काठमाण्डु, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर, जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्ने जनाइएको छ ।