काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने जनाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुली लगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे ।
‘साना–साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौं । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔं ।’
मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सिर्जना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै उनले उद्योगका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए ।
उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे ।
यसअघि प्रधानमन्त्री ओलीले शिक्षा, सञ्चार, पर्यटन, स्वास्थ्य, कृषि मन्त्रालयसँग सम्बन्धित विषय र सुधारका योजनाका विषयमा सम्बन्धित मन्त्री र सचिवसँग बेग्लाबेग्लै ब्रिफिङ लिइसकेका छन् ।
डुब्ने र प्रतिफल नदिने उद्योग नचलाउन प्रधानमन्त्रीको आग्रह
राष्ट्रिय वाणिज्य बैंकको फेस्टिभ अफर, ७.७७ प्रतिशत ब्याजदरमै गाडी कर्जा
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत बैंक ७।७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ।
फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ। यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुनेछ।
यो अफर भदौ १ गतेबाट लागू भइसकेको छ। आउँदो कात्तिक मसान्तसम्म यो अफर सञ्चालन हुने बैंकले जानकारी दिएको छ।
राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत सोङको भेट
काठमाण्डौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् ।
राजदूत सोङले आज (बुधबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।
भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको जानकारी दिए।
दुई देशबीचकाराष्ट्रपतिज्यूकै तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणहरुले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरुको विस्तार हुने र पर्यटन प्रवर्द्धनमासघाउ पुर्याउने जनाए।
चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे ।
बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने जनाए।
नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरुको ठूलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सुचारु गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गरे।
जलवायु परिवर्तनबाट हिमाली देशहरु निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरुबीच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको जनाए।
टिआरसी (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएर राष्ट्रिय सभामा आइसकेको जानकारी दिदै अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित हुने विश्वास व्यक्त गरे।
नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन विश्व समुदायको महत्त्वपूर्ण सहयोग रहेको रत्यसमा चीनको विशिष्ट भूमिका रहेको भन्दै अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे।
सो अवसरमा राजदूत सोङलेराष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको भन्दै राजदूत सोङले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको जनाए।
शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टिआरसी विधेयक संसदबाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हुने जनाए।
नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने जानकारी दिए।
प्रधानमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए ।
भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङ्जाबीच संझौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको छ ।
उक्त समझ्दारी पत्रमा बैंकको तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।
चापाकोट क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझ्दारी ५ बर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले जनाए ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्वअध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारीहरु, प्राज्ञिक व्यत्तित्वहरु सिताराम गैह्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र भट्टराई, उप प्राध्यापकहरु, शिक्षक(शिक्षिकाहरु, समज सेवी लगायत वडा नं।९ का वडाअध्यक्ष कृष्ण सुवेदी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शेयर बजारमा २.११ अंकको सुधार, १८ अर्ब ९० करोडको कारोबार
काठमाडौं । भदौ महिना शुरु भएको दिन गत २ गते आइतबार उच्च अंकले घटेको शेयर बजार आज बुधबार भने सम्हालिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.११ अंकले उचालिएको हो । ०.०७ प्रतिशतले बजार बढ्दा नेप्से २९६८.४४ अंकमा पुगेको छ ।
बजारमा झिनो सुधार देखिंदा बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य समूह क्रमशः ०.५९, ०.७२, ४.९९, ०.१२ र ०.१८ प्रतिशतले बढेका छन् भने बाँकी रातम्मे भए ।
आज ३३७ कम्पनीका ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता शेयर किनबेच हूँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२.०१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावरको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् । अरु ४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले बढी नाफा कमाएका छन् ।
त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७३.५९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३४.४७ अंकले घट्दा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६.१२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार जनै पूर्णिमा र मंगलबार गाइजात्रा पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।
कैलालीमा भारी वर्षा, अधिकांश बस्ती डुबानमा
धनगढी । कैलाली जिल्लाका अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएपछि जिल्लाका चुरे क्षेत्र आसपासका वस्ती डुबानमा परेका छन् ।
गौरीगङ्गा, भजनी आसपासका क्षेत्रका दर्जनौ घरमा पानी पसेको छ । मोहना नदी र यसका सबै सहायक नदीहरूमा बहाव सतर्कता तह नजिक पुगेको छ ।
बाढी थप बढ्ने भन्दै तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू भागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
सामान्य घरायसी विवादमा मंगलबार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले जनाए । अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज बुधबार ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयकाअनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त०को बैठक बस्न लागेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारका विषयमा छलफल हुनेछ । बैठक दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवाले जानकारी दिएको छ ।
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने देउवाको धारणा
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने धारणा व्यक्त गरेका छन् ।
समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने जानकारी दिएका हुन ।
संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उनले भने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यही सहमति बन्छ भने ‘।’
कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले जनाए । ‘यसमा कुनै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, ओली र आफूले सोचविचार गरेर सहमति गरेको भन्दै देउवाले भने, ‘माओवादी, माधवकुमार नेपालजीको पार्टी लगायत सबै दलहरुलाई साथ लिएर अघि बढ्ने हो ।’