Page 17

सानिमा बैंक र श्री एयरलाइन्सबीच संझौता

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको भिसा डेबिट क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्युआर स्यान) गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र एक करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।
सेप्टेम्बर ९ (भदौ २४) देखि सेप्टेम्बर ११ (भदौ २६ गते) सम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस ९.९ वार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरु मध्ये एकको रूपमा, खरिदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रुपैयाँ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरूमार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचरहरू संकलन गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।
त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झै कायम रहने पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीकाअनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसँग मात्र सम्बन्धित नभई आफ्ना उपभोक्ता तथा बिक्रेताहरुसमेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।
दराज नेपालको ९.९ अभियान बारे थप जानकारी दराजडटकमएनपी, दराज नेपालको फेसबुक पेज वा दराज एपमार्फत पाउन सकिनेछ ।

 

शेयर बजारमा २५.४६ अंकको गिरावट, सवा १० अर्बभन्दा कम कारोबार

काठमाडौं । साताको पहिलो दिन आज बजार घटेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.४६ अंकले ओरालो झरेको हो । ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०१.९० अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड क्रमशः ०.५०, १.२१ र ०.२२ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । विकास बैंक समूह सबैभन्दा बढी २.०७ अंकले घटेको हो ।
३२८ कम्पनीका २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता शेयर किनबेच हूँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ बराबरको कारोबार भएको छ ।
आ घटे पनि महुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाए भने मनकामना इन्जिनियरिङ हाइड्रो र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९५ र ८ प्रतिशतले नाफा कमाए ।
त्यस्तै थ्रीस्टार हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४२ करोड १९ लाख २५ हजार २ सय १०.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

 

फेरि एउटा संघर्ष अघि बढाउनु पर्ने प्रचण्डको धारणा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको धारणा व्यक्त गरेका छन ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति सिर्जना भएको जनाएका हुन ।
माओवादी आन्दोलन र क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै उनले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको जानकारी दिए ।
उनले भने, ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ । तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ । गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौँ, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’
नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषकाविरुद्ध संघर्ष अपरिहार्य रहेको भनाइ उनको छ ।
उनले जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरुलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको जानकारी दिए ।

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाण्डौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन ।
ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले गल्तीबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

हिंसाको महिमा मण्डन नगर्न प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न अनुरोध गरे ।
उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको जानकारी दिए । उनले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे । उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने जनाए ।
ओलीले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने जानकारी दिए । झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको जनाए ।
उनले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो रु किन आउनुपर्यो शान्ति प्रक्रियामा रु त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।’
अध्यक्ष ओलीले आफुहरुले पनि झापा आन्दोलनताका लिएका नीतिहरु बदलेर अघि बढेको जनाए । उनले भने, ‘मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । बदल्नुपर्दथ्यो, बदलियो पनि । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ ।’
उनले हिंसाको महिमा मण्डन गर्न नहुने पनि जानकारी दिए ।

कर्मचारीको सेवा प्रवाहलाई सरल बनाउन प्रधानमन्त्रीको अनुरोध

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको जनाएका छन ।
निजामती सेवा दिवसका अवसरमा आज निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको जानकारी दिए ।
निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।
प्रधानमन्त्री ओलीले कर्मचारीहरूले सहभागिता जनाएका र योगदान पुर्‍याएका आन्दोलनहरू सफल भएका र कर्मचारीका माग क्रमशः पूरा हुँदै गएका उल्लेख गरेका छन् ।
‘आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौँ, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुुँदै गएको जनाए ।
निजामती कर्मचारीहरूमाथि लाग्ने गरेका तमाम गुुनासालाई चिर्दै पेसागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव छ ।
जनताले अनुुभूत हुनेगरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ्न प्रधानमन्त्री ओलीले सबै राष्ट्रसेवकलाई अनुरोध गरेका छन् ।

११ दिने अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ।
चौथो पटक गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका ओली त्यसको २ महिना पछि अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री ओली यही असोज ५ गते अमेरिका प्रस्थान गर्ने ओलीको सचिवालयले जानकारी दिएको छ। उनी असोज १५ गते स्वदेश फर्किने कार्यतालिका छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने ओलीको भ्रमणलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
ओली राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुने महासभालाई सम्बोधन गर्नेछन्। त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुने तय भएको छ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत हुनेछन्।
ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए।

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, १ जना बेपत्ता

बागलुङ । बागलुङ नगरपालिका ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ ४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो । शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।

 

 

आज हरितालिका तिज पर्व मनाइँदै

काठमाण्डौं । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।
भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।
तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम जनाउँछन । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तिजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्राडा देवमणि भट्टराई जनाउँछन । ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान छ’,उनले भने ।
नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तिज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...