Page 18

उदयपुरको कटारीमा आमा छोराको हत्या

उदयपुर । कटारी नगरपालिका १० सोरुङ छविसेमा आमाछोराको हत्या भएको छ । वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए ।
‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको हो”, वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ ।’
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर जानु भएको थियो ।
खड्काले भने, ‘तीनसय मिटर पर मूलघर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना भएछ ।’

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकैसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।
यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।
यी सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।

संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा हुँदै

काठमाडौँ । संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निर्णय गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
असोज ३ मा रिहा हुनेगरी ४९२ जनाको कैदकट्टा गर्न सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए ।
यसअघि गणतन्त्र दिवसको अवसरमा कैदकट्टा गर्न सिफारिस भएकाहरूको पनि निर्णय भएको छैन । जेठ १५ मा ६०१ जनालाई कैदकट्टा गर्न विभागले सिफारिस गरेको थियो । सिफारिस भएका कुल १ हजार ९३ जनाबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसबारे निर्णय भएपछि उनीहरू रिहा हुन्छन् ।
फौजदारी कसुर सजाय निर्धारण ऐन आउनुअघि सजायबारे फैसला भएका कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशत सजाय छुट पाउने व्यवस्था थियो । फौजदारी कसुर सजाय निर्धारण ऐन आएपछि ५० प्रतिशत कैद भुक्तान गरेका र नकारात्मक सूचीमा नपरेकाहरुको कैद कट्टा गरिन्छ । जन्मकैद पाएका र लागु औषध मुद्दामा जेल परेकाहरूले कैद छुट पाउँदैनन् ।
यसबारे विभागले सार्वजनिक सूचना पनि जारी गरेको छ ।

नेपाल लाइफको मोटिभेसनल तालिम सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिव पाँच हजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।
असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आउनुभएका चिर परिचित अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पार्नुभएको थियो । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरूले बीमाको महत्व माथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावनाहरू रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नका लागि उत्पे्ररणा प्रदान गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा पाल्नुभएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरे । अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको कुरा जनाए । यस किसिमको कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बीमाको बजारीकरणका निम्ति चाहिने सीप ज्ञान हासिल गर्न सहयोग पुग्ने जनाए । यस कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनहरूको ज्ञान सीप लाई निखार्नका निम्ति यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको र आगामी दिनमा पनि यस किसिमको उपलब्धिमूलक र लर्निङ कर्भलाई थप सबल सशक्त बनाउन कम्पनी आतुर रहेको समेत अभिव्यक्त गरे ।
कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य हुनुभएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । यसका साथसाथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई बधाई ज्ञापन गरेका थिए । उनहरुले जीवन बीमाको महत्वलाई समाजको तल्लो तहसम्म सम्प्रेषण गरी जीवन बीमाको दायरामा नरहनु भएका आम नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याई जीवन बीमाको पहुँचलाई विस्तार गर्न सबैमा आग्रह गरे ।

‘द डार्क फाइल’ प्रकरणको फैसला सुनाउने मिति सर्‍यो

काठमाडौं । ‘द डार्क फाइल’ प्रकरणमा सर्वोच्च अदालतले आज पनि फैसला सुनाएन ।
आज फैसला सुनाउने तय भएकोमा अन्तिम समयमा फैसला सुनाउने मिति सारिएको हो । सिधा कुरा डट कमले प्रकाशनरप्रशारण गरेको ‘द डार्क फाइल’ विरूद्व सिधाकुराविरूद्व सर्वोच्च अदालतमा अवहेलना मुद्वा दायर भएको थियो ।
सिधाकुराले द डार्क फाइल नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।

कुमारी बैंकको तीज पर्वको अवसरमा ‘क्यास ब्याक’ योजना संचालन

काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।
बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट(क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तीजको शुभकामना स्वरुप भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु। १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

शेयर बजारमा १२.१० अंकको गिरावट, साढे ९ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि साढे ९ अर्बमै खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.४४ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक २७२७.३६ अंकमा झरेको छ ।
समग्रमा बजर घटे पनि लघुवित्त र ट्रेडिङ समूह भने क्रमशः १.६८ र ०.१६ प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भए ।
आज ३१६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हूँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६.३१ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्त र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.१४ प्रतिशतले नाफा कमाए ।
त्यस्तै आज नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९१ प्रतिशतले घाटा व्यहोरे ।
आज नेपाल फाइनान्सकै उच्च कारोबार भयो । उक्त कम्पनीको ४० करोड ५० लाख ९९ हजार ९ सय ४७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ, सोमबार १२७.३२ अंकले बजार उचालिंदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ, मंगलबार ६.९० अंकले बजार उचालिंदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९.१७ रुपियाँ र हिजो बुधबार ९०.७३ अंकले बजार घट्दा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५.२२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयकाअनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ । यसका लागि बिहान ११ बजे बैठक बस्नेछ ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजबाट तीज पर्व सुरु, आज दर खाने दिन

काठमाण्डौं । महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरूले दर खाने परम्परा छ ।
आज हिन्दु महिलाहरू दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।
आजको दिन विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । यस्तै मौसमी तरकारी–अचार बनाएर पनि खाने चलन छ ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
भोलि मनाइने तीज पर्वको समयमा कतिपय महिलाहरूले पानी समेत नखाइ व्रत बस्ने हुनाले त्यसो नगर्न चिकित्सकहरूले भने सुझाव दिएका छन् । साथै नियमित औषधि सेवन गरिरहेका महिला, गर्भवति, अस्वस्थ रहेका महिलाहरूलाई सकेसम्म व्रत नबस्न, बस्नै पर्ने भए आवश्यकता अनुसार पानी र फलफूलको सेवन गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।

 

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई आदेश दिएको छ ।
मंगलबार न्यायाधीशहरु हरि फुयाल र विनोद शर्माको इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्न आदेश दिएको हो ।
२०७५ सालमा सर्वोच्च अदालतमा चार जना न्यायाधीश पद रिक्त हुँदा पनि पदपूर्ति भएको थिएन । अधिवक्ता दीपकबिक्रम मिश्रले न्याय परिषद ऐनको पालना नभएको भन्दै न्याय परिषद सचिवालय समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
सो रिट पटक पटक पेशी सर्दै ६ वर्षपछि मंगलबार फैसला भएको हो । सर्वोच्च अदालतमा अहिले पनि ४ जना न्यायाधीश पद रिक्त छ ।
सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था भए पनि हाल १७ जना मात्र कार्यरत छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...