Page 19

राष्ट्रपति पौडेलद्वारा पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन । साथै उनको प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको जनाए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिईन ।

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया , संचालक समितिका सदस्यहरू , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न ठाउँहरुबाट आएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुमा न्यानो अभिवादन टक्रयाएका छन् । साथै उनले कम्पनीप्रति अभिकर्ताहरुले देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उहाहरुले पु¥याउनु भएको अतुलनीय योगदान प्रति हार्दिक आभार व्यक्त समेत गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गरे । कम्पनीका डेपुटी सिईओ निराजन कंडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा आफ्नो धारणा राखेका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागीहुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
२००२ का मिस नेपाल माल्विका सुब्बा कार्यक्रम संचालिका रहेकी थिइन भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करन परियारले आफ्ना प्रस्तुतिहरु पस्कदै कार्यक्रमको माहोलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनको लागि बिच बिचमा नृत्यको कार्येक्रम पनि समाबेश गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘आरबीबी शैक्षिक कर्जा योजना’, रु. १ करोडसम्म पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विदेश पढ्न जान चाहनेहरुका लागि ‘आरबीबी शैक्षिक कर्जा योजना’ ल्याएको छ ।
‘पढाईको लागि पैसा, नो टेन्सन’ भन्ने थिमसहित सार्वजनिक गरिएको उक्त कर्जा योजनामा रु. ५ लाखदेखि १ करोडसम्म कर्जा पाइने छ ।
पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेको छ ।

निसानको ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स(ट्रेलमा लागू हुने कम्पनीले जनाएको छ ।
नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरी लागू हुने कम्पनीले जनाएको छ ।
‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनुहुनेछ जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टि र १५ लाख रुपैयाँसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।
निसान म्यागनाइट( एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास(लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन् ।
त्यसैगरी, निसान एक्स(ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स(ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् । यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुने कम्पनीले जनाएको छ । यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने पायोनियर मोटो कर्पको विश्वास छ ।

 

प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ ।
जिकर चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।
ह्यात रिजेन्सि काठमाडौंमा भव्य समारोहकाबीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिति रहेको थियो ।
पायोनियर मोटो कर्पले हालै सम्पन्न नाडा अटो शो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो । जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपङ्तिमा उभिन्छ । यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

शेयर बजारमा ९०.७३ अंकको पहिरो, करीब १३ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन घटेपनि दुई दिन लगातार बढेको शेयर बजारमा आज भने उच्च अंकको पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९०.७३ अंकले तल झरेको हो । ३.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३९.४६ अंकमा ओर्लिएको छ ।
बजार उच्च अंकले घटेसँगै सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी फाइनान्स समूह ५.१५ अंकले घटेको हो ।
आज ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५.२२ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीमा भने पोजेटिभ सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १०, १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कुमारी इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सको उच्च करोबार भएको छ । उक्त कम्पनीको ३० करोड ५२ लाख ६१ हजार ३ सय ११ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ, सोमबार १२७.३२ अंकले बजार उचालिंदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ र हिजो मंगलबार ६.९० अंकले बजार उचालिंदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बिमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा मर्मस्पर्सी तिज गित “तीजको बेलामा” सार्वजनिक

काठमाडौं । नजिकिँदै गरेको तीजको अवसरमा विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन्। तर, तीजका परम्परागत गीतहरूको सट्टा रत्यौली पाराका गीतहरू बढी बजारमा भेटिन्छन् । सस्तो लोकप्रियताका लागि बनाइएका यस्ता दुई अर्थी शब्द र अश्लील भिडियोहरू सहितको तीजको गीतहरूले हाल बजारमा समस्या उत्पन्न गरिरहेका छन् । यस्तो समस्याको समाधानका लागि मौलिक तीज गीतहरूको आवश्यकता अत्यन्त महत्वपूर्ण छ।
मौलिक गीतकै सन्दर्भमा, बिमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको नयाँ नेपाली तीज गीत “तीजको बेलामा” बजारमा आएको छ । बिष्णु भण्डारीले लेखन र संगीत रहेको यस गीतमा सरोज प्रजा, बिना राउत, बिमला ज्ञवाली, र न्युसागर लामाले अभिनय गरेका छन् । यो मौलिक तीज गीत बिष्णु भण्डारीको आधिकारिक यूट्युब च्यानलमा मात्र उपलब्ध छ ।
नेपालका धेरै दाजुभाइहरूको विदेश जानु एक बाध्यता बनेको छ, जसले गर्दा तीजको बेलामा चेलीहरूले माइत जान र रमाउन सकिरहेका छैनन्। यही पीडा र भावना गीत “तीजको बेलामा” मा व्यक्त गरिएको छ। तीज, नेपाली समाजमा विशेष महत्वका साथ मनाइने पर्व हो, जसलाई महिलाहरूले विशेष गरी आफ्नो माइत जाने र परिवारसँग समय बिताउने अवसरको रूपमा मनाउँछन् । तर, ती महिलाहरू, जसले विभिन्न कारणले गर्दा माइत जान पाउँदैनन्, तिनको पीडा गहिरो हुन्छ।
माइत जान नपाएका महिलाहरूको दुःख केवल भौतिक अभाव मात्र होइन, भावनात्मक स्तरमा पनि गहिरो हुन्छ । विशेष गरी ती महिलाहरूका लागि, जो लामो समयदेखि परिवारसँग टाढा रहँदै आएका छन्, यो पीडा अझ बढी हुन्छ । यही सन्दर्भ बिमला ज्ञवाली र महेन्द्र भण्डारीको “तीजको बेलामा” मा प्रस्तुत गरिएको छ ।
आठ दिनअघि यूट्युबमा अपलोड गरिएको यस गीतमा अहिलेसम्म १२० हजार भ्युज प्राप्त भएको छ । तर, रत्यौली पाराका गीतहरूमा बढी भ्युज आउने गरेकोले यस्ता मौलिक गीतहरूले अपेक्षित चर्चा पाउन सकेका छैनन् । यदि यस्ता मौलिक गीतहरूलाई पर्याप्त समर्थन र हेराइ प्राप्त भएन भने, अर्को वर्ष तीजको गीति बजारमा मौलिक गीतहरूभन्दा छाडा गीतहरूले बजारलाई ढाक्ने सम्भावना बढ्दो छ । त्यसैले, मौलिक तीज गीतहरूको संरक्षण र प्रवर्द्धनमा सबैको साथ र सहयोग आवश्यक छ ।

संखुवासभामा १५ वर्षीया बालिका बलात्कृत

संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरिबहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
हरिबहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत

काठमाडौं । पेरिस पारा ओलम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन काठमाडौं आइपुगेकी छिन । पेरिसमा ओलम्पिक २०२४ को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कास्य पदक जितेकी थिइन् ।
ऐतिहासिक पदक विजेता पलोशासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेशासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किंएका छन् ।
पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्  । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो  ।

पाँच संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाईएको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...