काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (असोज १३ गते आइतबार) अन्तिम दिन रहेको छ ।
दुवै फन्डहरुले नगद लाभांश वितरण गर्न असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् ।
आजसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाइधनीले मात्र लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट प्रभु सेलेक्ट फन्डले इकाइधनीलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाइधनीलाई करसहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।
प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
भ्रमण छोट्याएर प्रधानमन्त्री आज स्वदेश फर्कदै
काठमाण्डौं । देशमा आएको प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैछन । उनी आज १० बजे नेपाल आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आफू छिट्टै नेपाल फर्किने तयारीमा रहेको समेत जनाएका छन । काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेका हुन् ।
यसअघि असोज १४ गते स्वदेश फर्किने मिति तय भए पनि प्रधानमन्त्री ओलीले भ्रमण छोट्याएर आजै स्वदेश आउन लागेका हुन् ।
नेपालमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीले कार्यक्रम छोट्याएर स्वदेश फर्किने तयारी गरेको सचिवालयले जनाएको हो । प्रधानमन्त्री एक विश्वविद्यालयमा भएको कार्यक्रममा सहभागी हुन अहिले अमेरिकाको बोस्टन राज्यमा छन् ।
प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा ३९२ जनाले गरे रक्तदान
काठमाडौं । प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बैंकले शुक्रबार आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै मानवजिवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा व्यक्त गरे । उनले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
आजदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने
काठमाडौं । राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि आजदेखि दसैंतिहारका लागि सुकिला नोट सटही सुविधा दिँदै छ ।
राष्ट्र बैंकले दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाइ नगरे पनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।
गत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सयसम्मका ५, १०, २०, ५० र एक सय रुपियाँ दरका नोट साट्न मिल्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ शव निकालियो
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।
शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।
पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै
काठमाण्डु । त्रिकोणात्मक टी २० सिरिजको फाइनलका लागि आज नेपालले नेदरल्यान्ड्सबीच खेल हुँदै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो।
त्यसैगरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अंक हासिल गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई ८.६३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६०७.५७ कायम गरिएको नेप्सेले जानकारी दिएको छ । यसअघि रु. ६६० थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव सम्पन्न
काठमाडौैं । विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय वाणिज्य बैंकले ५९औँ वार्षिकोत्सव मनाएको छ ।
बैंकको ५९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम शनिबार आयोजना गरिएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिदैं सर्वसाधारणप्रति बैंकिङ सचेतना गर्ने उद्देश्यले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अङ्कित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानर सहित भद्रकाली, सहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्मकन्या कलेज, पुतलीसडक, पद्मोदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले विभागीय प्रमुख सञ्जय श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । बैंकको केन्द्रीय कार्यालय परिसरमा तथा देशव्यापी रूपमा सम्पूर्ण प्रादेशिक कार्यालयहरूमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७७ जना रक्तदाताहरूले रक्तदान गरेका छन् ।
बाढी पहिरोका कारण ६६ जनाको मृत्यु , ७९ जना बेपत्ता
काठमाण्डौं । ३ दिनदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।
हालसम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाण्डुमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाण्डुमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएका उनले जनाए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । २०० भन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न संघसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।
प्रधानमन्त्री कप क्रिकेट उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्दै
काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेश भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।
एपीएफ प्रतियोगितामा अपराजित रहेर फाइनल खेल्न लागेको हो। लिग चरणमा अपराजित रहेको एपीएफले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो।
एपीएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।
कोशी प्रदेश भने दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। फाइनलमा कोशी पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिन चाहन्छ।
पहिलो क्वालिफायरमा एपीएफसँग पराजित भएपनि कोशीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
अघिल्लो संस्करण एपीएफ सेमिफाइनलबाटै बाहिरिएको थियो। जुन संस्करणमा सुदूरपश्चिमले कोशीलाई हराउँदै उापधि जितेको थियो।
यसअघि सन् २०२० मा भएको पीएम कप फाइनलमा कोशीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो।