काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।
बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपियाँ तोकिएको छ ।
सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
एनएमबि बैंकको ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रभु बैंक र एनसीएचएलबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र नेपाल क्लिरिङ हाउस (एनसिएचएल) बीच आज सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको खातामा सिधै रकम पठाउन सक्नेसुविधा उपलब्ध हुनेछ ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपियाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ ।
हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपियाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजारसम्म भारतीय रुपियाँ पठाउन सक्ने व्यवस्था रहेको छ ।
यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम् लाभ उठाउने छन् भन्ने बैंकले विश्वास लिएको छ ।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० सम्पन्न
काठमाडौं । नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को ग्राण्ड फिनाले तथा सांगीतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
‘नेपाली गीत, संगीत कर्मीहरुको सम्मान संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराकासाथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको हो ।
गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच ‘चन्द्र सूर्य‘’ गीतबाट गायक हरि गोपाल प्रधानले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पार्न सफल भएका छन् भने सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड सूर्य क्रियशन प्रालिका सूर्यबहादुर मगरले पाएका छन् । ‘दशैं तिहार आउँदा’ गीतबाट गायिका सविना बुढा मगरले सर्वोत्कृष्ट चाडपर्व गीत तर्फको अवार्ड हात पार्न सफल भईन् ।
‘धासी पूर्वेली तेर्से भाका’तर्फ गायक धन बहादुर दमाई (दिपक लाखे) ले सर्वोत्कृष्ट अवार्ड पाए भने, सर्वोत्कृष्ट कस्टम डिजाईनरको अवार्ड जानकी थापा मगरले पाएकी छन् । सर्वोत्कृष्ट लोक विधातर्फ गायक नेत्र भण्डारीले ‘झरी‘’गीतमार्फत सवोत्कृष्ट गायकको अवार्ड जितेका छन् । खुकुरी रमको गीतबाट लक्ष्मी रेग्मीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् ।
यस्तै, रोम बहादुर श्रेष्ठ (ओइ साईली)का लागि सवोत्कृष्ट नव गायक चुनिए भने (भोक)गीतमार्फत सवोत्कृष्ट नव मोडलको अवार्ड स्पेश लामिछानेले जितेका छन् ।
चरी बासैँमा गीतबाट सर्वोत्कृष्ट महिला गायिकातर्फ कमला पोखरेलले पब्लिक च्वाईसको अवार्ड जित्दा फूल जस्तै लोकगीतबाट पुरुषतर्फको पब्लिक च्वाईस अवार्ड गायक दिप सागर थापाले हात पार्न सफल भए ।
पप विधातर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले जिते भने,गायक धुर्ब खनालले राष्ट्रिय भावको विधामार्फत जुरी अवार्ड सगै आधुनिक गीतको सर्वोत्कृष्ट शब्दमार्फत अवार्ड हात पार्न सफल भए। यस्तै, आधुनिक गीततर्फको सर्वोत्कृष्ट म्युजिकको अवार्ड थाहा छैन् गितका लागि निरज कुमारले हात पारे भने, आधुनिक गीततर्फ स्मारिका ढकाल (धोकेवाजं–२) का लागि सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड हात पार्न सफल भईन्।
लाइभ दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘माली गाइलाई‘’बाट प्रकाश दुराले जिते भने तमान खोला लाइभ दोहोरी गायकको अर्वाड जगत बहादुर घर्तीले पाए, मेरो राजा बोलको तीज गीतबाट सर्वोत्कृष्ट महिला गायिका रिता रावतले अवार्ड जितेकी छन् । खुचिङ खुचिङ पपगीतबाट गायक योगेश पानले अर्वाड जित्दा भेरी र कर्णाली लोक गीततर्फ सर्वोत्कृष्ट शब्दको अवार्ड शक्ति चन्दले हात पारेका छन् ।
यसैगरी क्यारी हासम खै लोक गीततर्फ सर्वोत्कृष्ट मोडल पुरुषको अवार्ड शिवन पोखरेल र सकम्बरी लोक गीततर्फ सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड कुशुम शर्माले पाए ।
हुदैनकी हाम्रो भेट लोक गीततर्फ सर्वोत्कृष्ट जुरी अर्वाड बसन्त राज गौतमले पाए भने, बादल पारी पप विधाको जुरी अर्वाड गणेश कुँवरले हात पार्न सफल भए ।
सरकारी अड्डा गीतबाट पदम राईले सर्वोत्कृष्ट पुरुष गायक तर्फको अर्वाड जितेका छन् भने तिमीबिना आधुनिक गीतबाट आनन्द सिंहले पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भए । मोटर साईकल आधुनिक गीतबाट पब्लिक च्वाईस अवार्ड सुवास श्रेष्ठ प्रधानले पाए।
अनायासै आँधी चल्यो मार्फत सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड मिलन मोक्तानले पाए भने निरोज कुमारले झरनाको चिसो पानी आधुनिक गीतबाट जुरी अर्वाड हात पारे । युवराज छन्त्यालले गाँउको माया लोक गीतबाट पब्लिक च्वाईस अवार्ड पाउँदा ध्रुव खनालले मनैमा बस्ने राष्ट्रिय भावको गीतबाट पब्लिक च्वाईसको अर्वाड जित्न सफल भए ।
गीत संगीतका लोकप्रिय श्रष्टालाई पुरस्कृत तथा सम्मान गर्न पहिलो आयोजित ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को पहिलो संस्करण भव्य रुपमा सम्पन्न भएको र सुरुवाती संस्करणमै अवार्डले उचाई लिएको नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरले समारोहमा जनाए ।
नेपालको मौलिक कला संस्कृतलाई बचाइ राख्नको लागि नेप्को अर्वाडले ठूलो भूमिका राख्ने संघका अध्यक्ष मगरले जिकिर गरे । कम्पनी र संस्थाले अवार्डका कार्यक्रमहरू गर्न गाह्रो र खर्चिलो हुने भएकाले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न सहयोग पुग्ने यस्ता अवार्ड कार्यक्रम राज्यले गर्नु पर्नेमा जोड उनले जोड दिए ।
नेपाल संगीत उद्योग संघका महासचिव तथा कार्यक्रका अध्यक्ष जीत बहादुर रावतले ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’को वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको जानकारी दिए ।
नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बर्द्धन, प्रवर्द्धनका साथै नेपाली मौलिक गीत संगीत क्षेत्रको विकासका निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरुमा क्रियाशिल रहेर यस क्षेत्रमा क्षेत्रमा योगदान पुऱ्याउने श्रष्टा, सर्जक, कलाकारलाई उच्च कदर गर्दै नेप्को इन्टरटेन्मेन्ट म्युजिक अर्वाड प्रदान गरिएको कार्यक्रमका अध्यक्ष रावतले जनाए ।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को फाइनल अवार्ड कार्यक्रममा गायिका सर्मिला गुरुङलाई राष्ट्रिय गायिका सम्मान, ख्याम नारायण पौडेललाई राष्ट्रिय व्यवसायी सम्मान, कमला श्रेष्ठलाई राष्ट्रिय नारी उद्यमी सम्मान, प्रविण कला राईलाई राष्ट्रिय नारी उद्यमी सम्मान, होम गैरेलाई राष्ट्रिय नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड दर्शक गायक सम्मान, देवी हमाललाई राष्ट्रिय नारी उद्यमी सम्मान, डा. भोला रिजाललाई राष्ट्रिय श्रष्टा सम्मान, दिनेश मोक्तानलाई राष्ट्रिय व्यवसायी सम्मान, ईशा लोहागुन कौशललाई ध्वनी सम्मान, रोशनी रसाईलीलाई धन्यवाद सम्मान, सन्जिव बर्मासाखालाई आईटी सम्मान, पत्रकार उमेश विकलाई पत्रकारिता सम्मान, राज कार्कीलाई राष्ट्रिय व्यवसायी सम्मान, पूर्ण बहादुर खत्रीलाई राष्ट्रिय समाजसेवी सम्मान, प्रेम कुमार भारती, दिनेश मुस्कान,उत्साह घिमिरे , लक्ष्मन राज आचार्य लाई राष्ट्रिय श्रष्टा सम्मान, खड्ग वीर रावत, मुकेश कुमार चौधरी, तुल बहादुर थापा, आशिक लामा र केशवराज पाण्डेलाई राष्ट्रिय व्यवसायीक सम्मान तथा नेपाल एयर लायन्सलाई धन्यवाद पत्रसहितको सम्मान प्रदान गरिएको थियो ।
‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को फाइनल अवार्ड कार्यक्रमको प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले रहँदा कार्यक्रमको सभा अध्यक्षता नेप्को इन्टरटेन्मेन्ट म्युजिक कम्पनीका संचालक तथा नेपाल संगीत उद्योग संघका महासचिव जीत बहादुर रावत गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषदका सभापति हेमराज ढकाल विशिष्ट अतिथिको रुपमा कार्यक्रममा सरिक भए ।
अर्वाड वितरण कार्यक्रममा नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका उपाध्यक्ष होम गैरे, संगीतकार संघ नेपालका महासचिव बसन्त सापकोटा, नेपा उद्योग बाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, कमला श्रेष्ठ, शिव घिमिरे, अरनिकाराज भण्डारी, कलाकार, पत्रकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति थियो ।
ग्लोबल आइएमईका क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ ।
बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रुपैँया र विदेश भ्रमणको लागि ६,००० रुपियाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।
बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने छन् । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनेहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिनेछ ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।
निर्वाचन आचारसंहिता पालना नगरे कारबाही हुने आयोगको चेतावनी
काठमाडौँ ( निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।
त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ ।
आचार संहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।
अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ । आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।
प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सन्टुबीच संझौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट दिने भएको छ ।
एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । दुई पक्षीय समझदारी अनुसार छुट सुविधाका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ ।
नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । साथै छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायत स्वास्थ सेवाहरु उपलब्ध गराउने जनाएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्मको छुट व्यवस्था रहेको स्वस्तिक हेल्थ केयर सेन्टरले जानकारी दिएको छ ।
यस्तै, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ । प्रभु बैंकका नेपालभर ३ सय २ वटा शाखा कार्यालयहरु छन् । २ सय ८५ एटीएम र ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले जनाएको छ ।
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मै पढ्नुपर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
एसइईको नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने भएको छ ।
‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोराएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७. ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । त्यस्तै २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९,८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
काठमाडौं । मलेसियामा एक नेपालीको चक्कु प्रहारबाट हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो ।
उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।
साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।