काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ ।
बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान भएको हो ।
विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकिङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।
विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
दक्ष बैंकरहरु उत्पादन गर्न एनएमबि बैंकद्वारा छात्रवृत्तिको घोषणा
भ्रष्टाचार विरुद्ध अभियान छेडेपछि आफुलाई सरकारबाट हटाएको प्रचण्डको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र भूमिफिया विरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन्। उनले दलाल पूँजीवादीहरूले संख्याको बलमा आफू नेतृत्वको सरकार ढालेको समेत दाबी गरे।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निक्लेको छु। दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं। हामी जितको पक्षमा छौं।’
उनले भ्रष्टाचार विरुद्ध अभियान छेडेपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने जानकारी दिए। प्रचण्डले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो। हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं। अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ। हामीले त्यसको घेरा तोड्दै आएका छौं।’
उनले दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने उनले जनाए।
‘सिधा कुरा’ विरुद्धको मुद्दाको फैसला आज पनि स्थगित
काठमाडौं । ‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डटकम विरूद्वको मुद्वाको फैसला आज पनि स्थगित भएको छ ।
सिधाकुराविरूद्व परेको अवहेलना मुद्वाको फैसला सर्वोच्च अदालतले आज पनि नसुनाएको हो । सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशनरप्रसारण गरेको थियो ।
सिधाकुराले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोस्ट दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसहितको नाम मुछ्दै अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार प्रकाशन, प्रसारण गरेको थियो ।
४०० बढी भ्रष्टाचारका मुद्वा मिलाउने सेटिङ भएको भन्दै अडिओसहिको समाचार सार्वजनिक भएपछि सिधाकुराविरूद्व अवहेलना मुद्वा दायर भएको हो ।
फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ ।
अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने कम्पनीको विश्वास छ ।
कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् ।
हाम्रोबीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन् । आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्युआर कोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् ।
‘हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन । यो नेपाली उपभोक्ताहरुका लागि इ कमर्समा गेमचेन्जर फिचर हो । हाम्रो बजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौँ । यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ ।’ फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने ।
शेयर बजारमा ३२.८१ अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार
काठमाडौं । शेयर बजार फेरि तल झरेको छ । हिजो सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.८१ अंकले घटेको छ । १.३० प्रतिशतले बजार घट्दा नेप्से २४८६.७६ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि ट्रेडिङ समूह १.०१ प्रतिशत बढेको छ भने उत्पादनमूलक समूह स्थिर छ । आज होटल समूह सबैभन्दा बढी २.३४ प्रतिशतले घटेको छ ।
त्यस्तै ३२२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार ५ सय ५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २०.१४ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ९.८५ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ अर्ब ७९ करोड ९६ लाख ७ हजार २ सय २४.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ, सोमबार ५९.०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३ लाख रुपियाँ, मंगलबार ५८.९३ अंकले बजार घट्दा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६.६९ रुपियाँ र हिजो बुधबार ४९.१८ अंकले बजार बढ्दा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४.४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
सर्लाहीमा श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या, बुवा घाइते
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा एक युवकले आफ्नी श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटनामा युवकका बुवा पनि गोली लागेर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार २७ वर्षीय धीरेन्द्र यादवले गएराति आफ्नी २३ वर्षीया श्रीमती चित्रलेखा यादवलाई गोली प्रहार गरी हत्या गरेका हुन् ।
कार्यालयका डीएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार चित्रलेखाको टाउको र आँखामा दुई गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो ।
घटनामा धीरेन्द्रका ५४ वर्षीय बुबा रामदिनेश घाइते भएका छन । उनको कुहिनोमा गोली लागेको छ । प्रहरीकाअनुसार बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुनसक्ने अनुमान गरिएको छ ।
घाइते रामदिनेशको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले दिएको जानकारीअनुसार आरोपी धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारी (कुवेत) बाट फर्किएका थिए । गोली प्रहार गरी फरार रहेका धीरेन्द्रको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता
अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छिन ।
त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
आज ५ बजे राष्ट्रसङ्घीय महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
महासभामा भागलिने सिलसिलामा बुधबार साँझ ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।
राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी छन् ।
लुटपाटको अभियोगमा ३ जना पक्राउ
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गएराति पक्राउ गरिएको हो ।
विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।
एनएमबि बैंकद्वारा सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि २० मिलियन डलरको सम्झौतामा हस्ताक्षर
काठमाडौं । एनएमबि बैंकले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासकोलागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य उर्जा सगँ आवद्व ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको उर्जा कृषी तथा अन्य क्षेत्रमा दीगो रुपमा प्रयोग गर्नसहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।
त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघि बढेको छ । बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ । जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरुको वसोवासस्थलको स्तर उन्नती सुनिश्चित गर्दछ ।
यी पहलहरुले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।