Page 7

माछापुच्छ्रे बैंकले ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ २४औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाईरहेको छ ।
‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोत्सव अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ ।
हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउंँदै आएको बैंकले यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
केहिदिन अगाडिमात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।
यसैगरी बैंकले २४औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्ग एमबीएलएम स्मार्ट (ृएप), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरुलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहक महानुभावहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गरिरहेको छ । साथै बैंकले मोबाइल बैंकिङ्ग एमबीएलएम स्मार्ट (एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०५ सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
१६५ शाखा कार्यालयहरु २०१ एटिएम, १११ शाखारहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउण्टर मार्फत १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

रूबी खानसहित ३ जना सिंहदरबार अगाडिबाट पक्राउ

काठमाडौं । प्रहरीले रूबी खानसहित तीनजनालाई सिंहदरबार अगाडिबाट पक्राउ गरेको छ ।
सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका खानसहितलाई प्रहरील पक्राउ गरेको हो । निर्मला कुर्मीको न्यायको लागि उनीहरु ५८ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका थिए ।
धर्ना बस्दा पनि सरकारले न्यायका लागि कुनै पहल नगरेको भन्दै उनीहरु सिंहदरबार अगाडि प्रदर्शनका लागि पुगेका थिए ।

 

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारसम्बन्धी संझौता

काठमाडौँ । नेपालको बिजुली बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबिच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । ऊर्जा मन्त्री दीपक खड्का र बङ्गलादेशी ऊर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो ।
सम्झौता अनुसार प्रारम्भिक चरणमा बङ्गलादेशले ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ । यसको आपूर्ति प्रणाली व्यवस्थापनमा भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ । आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बङ्गलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ ।
यो सम्झौताबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या दुई सय ३३ पुग्यो

काठमाडौं । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३३ पुगेको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीकाअनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

आजबाट दशैं सुरु, हनुमानढोकाको दशैंघरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो ।
सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ ।
आज छरिएको जौको अंकुरण (जमरा) लाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना गर्ने दर्शनार्थीको भीड लाग्छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरुको भनाई छ ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

राष्ट्रपतिले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन ।
राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन ।
यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ । बुधबार बसेको बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो ।
यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी छन् ।

 

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर चौबिसै घण्टा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित कल सेन्टर अब चौबिसै घण्टा सञ्चालन हुने भएको छ ।
बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर चौबिसै घण्टा जानकारी लिन सकिनेछ ।
बैंकको सेवाबारे जानकारी लिन चाहनेहरु यो सेवाबाट लाभान्वित हुने बैंकको विश्वास छ । साथै बैंकको सेवा प्रवाह थप सुधार आउने अपेक्षा छ ।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंहको नाम अनुमोदन

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।
यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका थिए ।
संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

शेयर बजारमा २६.०७ अंकको गिरावट, नेप्से २६ सय अंकबाट तल

काठमाडौं । दुई दिन लगातार बढेर २६ सय अंक माथि पुगेको शेयर बजार आज घटेर फेरि २६ सय अंकबाट ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.०७ अंक घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से २५९७.४९ अंकमा झरेको हो ।
समग्रमा बजार घटे पनि फाइनान्स समूह १.७५ प्रतिशतले बढेको छ । बाँकी समूह राताम्मे भएका छन् ।
आज ३१० कम्पनीका १ करोड ५१ लख ९९ हजार ७ सय ६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लख ९५ हजार ८ सय ८१.११ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न ३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतले बढी नाफा कमाएका छन् । थ्रीस्टार हाइड्रो, स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९६र ९.४५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै वीन नेपाल लघुवित्त र ङादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १० र ९.२० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ७१ लख ५५ हजार २ सय ६७.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २२.३६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६.९४ रुपियाँ, सोमबार ४४.४५ अंकले बजार उचालिंदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५.१२ रुपियाँ र हिजो मंगलबार ११४.७० अंकले
बजार बढ्दा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...