Page 12

शेयर बजारमा २२.१४अंकको सुधार, सवा ११ अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि बढेको छ । नेप्से उचालिएसँगै सवा ११ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१४ अंकले उचालिएको छ । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७६०.२१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढेपनि विकास बैंक, फाइनान्स, होटल, हाइड्रो र निर्जीवन बीमा समूह भने राताम्मे भएका छन् । बैंकिङसहितका बाँकी समूहमा हरियाली छाएको छ ।
आज ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कम्पनीका ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १ सय २७.०९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रो र समृद्धि फाइनान्सले क्रमशः १० र ९.७१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सबैभन्दा बढी साहस उर्जाको कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २ सय ४४.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

काटिएको उद्योगको लाइन आज दिउँसो १२ बजेसम्म जोडिने

काठमाण्डौं । विद्युत् बक्यौता नतिरेका उद्योगका काटिएको लाइन सोमवार दिउँसो १२ बजेसम्म जोडिने भएको छ । आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
यसअघि विद्युत नियमन आयोगले कात्तिक १४ गते विद्युत प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको थियो । प्राधिकरणले पनि ५६ किस्तामा रकम बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको थियो ।
केही उद्योगले किस्ताबन्दीमा रकम बुझाउन सुरु पनि गरेका थिए । तर, सरकारले भने बक्यौताको टुङ्गो नभइकनै आइतवार १२ बजेभित्र लाइन जोड्नुपर्ने निर्णय गरेपछि ट्रंक र डेडिकेटेड फिडरको प्रयोगवापत उठाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ फेरि अन्योलमा परेको छ ।
लाइन जोड्ने मन्त्रिपरिपरिष्दको निर्णय अब उर्जा मन्त्रालय जानेछ र उर्जाले प्राधिकरणलाई पत्र पठाउनेछ । त्यसपछि प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गर्नेछ ।
पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले कात्तिक ८ गते ३४ वटा उद्योगको लाइन काटेका थियो । केही उद्योगले बक्यौता रकम किस्तामा तिर्न थालेपछि लाइन पुनः जडान गरिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरूसँग विवादित बक्यौता असुल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै ६ वर्षदेखि विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।
लोडसेडिङका बेला पनि छुट्टै फिडरबाट २० देखि २४ घण्टासम्म विद्युत् लिएका उद्योगी–व्यवसायीबाट लिइने थप शुल्क अर्थात् ट्रंक र डेडिकेटेड बक्यौताबारे ६ वर्षदेखि विवाद हुँदै आएको छ ।
विद्युत प्राधिकरणले शुल्क उठाउने निर्णको विरोध गर्दै केही उद्योग अदालत गएकोमा अदालतले पनि प्राधिकरणकै पक्षमा आदेश दिएको छ ।

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बसिरहेको छ । बिहान ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल केन्द्रीत रहेको सचिव गणेश साहले जानकारी दिए ।
आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।

सिन्धुलीमा प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।
मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन ।
उनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६, ० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो ।
बिजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा २९ टिम सहभागि थिए ।
यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओली १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।
यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । ।
उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्धाटन गरेका थिए । मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक र सहप्रायोजकमा ग्लोबल आइएमई बैक थिए ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं । जिल्ला अदालत काठमाडौंले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले आज चौथो पटक म्याद थप गर्दै थप १३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

शेयर बजारमा ६२.५४ अंकको उछाल, करीब १० अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा आज करीब १० अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.५४ अंकले उचालिएको हो । २.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७३८.०६ अंकमा पुगेको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत समूह ४.२६ अंकले बढेको हो ।
आज ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भयो ।
समग्रमा बजार बढ्दा विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अघिल्लो १० दिने म्याद सकिएपछि आज अदालत उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को सहयोगमा सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबारको अनुसन्धान गरिरहेको छ ।

 

प्रधानमन्त्रीले आज साँझ बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...