Page 12

शेयर बजारमा २२.१४अंकको सुधार, सवा ११ अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि बढेको छ । नेप्से उचालिएसँगै सवा ११ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१४ अंकले उचालिएको छ । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७६०.२१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढेपनि विकास बैंक, फाइनान्स, होटल, हाइड्रो र निर्जीवन बीमा समूह भने राताम्मे भएका छन् । बैंकिङसहितका बाँकी समूहमा हरियाली छाएको छ ।
आज ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कम्पनीका ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १ सय २७.०९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रो र समृद्धि फाइनान्सले क्रमशः १० र ९.७१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सबैभन्दा बढी साहस उर्जाको कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २ सय ४४.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

काटिएको उद्योगको लाइन आज दिउँसो १२ बजेसम्म जोडिने

काठमाण्डौं । विद्युत् बक्यौता नतिरेका उद्योगका काटिएको लाइन सोमवार दिउँसो १२ बजेसम्म जोडिने भएको छ । आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
यसअघि विद्युत नियमन आयोगले कात्तिक १४ गते विद्युत प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको थियो । प्राधिकरणले पनि ५६ किस्तामा रकम बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको थियो ।
केही उद्योगले किस्ताबन्दीमा रकम बुझाउन सुरु पनि गरेका थिए । तर, सरकारले भने बक्यौताको टुङ्गो नभइकनै आइतवार १२ बजेभित्र लाइन जोड्नुपर्ने निर्णय गरेपछि ट्रंक र डेडिकेटेड फिडरको प्रयोगवापत उठाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ फेरि अन्योलमा परेको छ ।
लाइन जोड्ने मन्त्रिपरिपरिष्दको निर्णय अब उर्जा मन्त्रालय जानेछ र उर्जाले प्राधिकरणलाई पत्र पठाउनेछ । त्यसपछि प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गर्नेछ ।
पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले कात्तिक ८ गते ३४ वटा उद्योगको लाइन काटेका थियो । केही उद्योगले बक्यौता रकम किस्तामा तिर्न थालेपछि लाइन पुनः जडान गरिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरूसँग विवादित बक्यौता असुल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै ६ वर्षदेखि विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।
लोडसेडिङका बेला पनि छुट्टै फिडरबाट २० देखि २४ घण्टासम्म विद्युत् लिएका उद्योगी–व्यवसायीबाट लिइने थप शुल्क अर्थात् ट्रंक र डेडिकेटेड बक्यौताबारे ६ वर्षदेखि विवाद हुँदै आएको छ ।
विद्युत प्राधिकरणले शुल्क उठाउने निर्णको विरोध गर्दै केही उद्योग अदालत गएकोमा अदालतले पनि प्राधिकरणकै पक्षमा आदेश दिएको छ ।

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बसिरहेको छ । बिहान ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल केन्द्रीत रहेको सचिव गणेश साहले जानकारी दिए ।
आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।

सिन्धुलीमा प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।
मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन ।
उनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६, ० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो ।
बिजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा २९ टिम सहभागि थिए ।
यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओली १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।
यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । ।
उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्धाटन गरेका थिए । मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक र सहप्रायोजकमा ग्लोबल आइएमई बैक थिए ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं । जिल्ला अदालत काठमाडौंले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले आज चौथो पटक म्याद थप गर्दै थप १३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

शेयर बजारमा ६२.५४ अंकको उछाल, करीब १० अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा आज करीब १० अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.५४ अंकले उचालिएको हो । २.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७३८.०६ अंकमा पुगेको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत समूह ४.२६ अंकले बढेको हो ।
आज ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भयो ।
समग्रमा बजार बढ्दा विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अघिल्लो १० दिने म्याद सकिएपछि आज अदालत उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को सहयोगमा सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबारको अनुसन्धान गरिरहेको छ ।

 

प्रधानमन्त्रीले आज साँझ बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन ।

 

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...