Page 3

स्थानीय तह उपनिर्वाचन ः आज रातिदेखि मौन अवधि सुरु

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन।
निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भए नभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।
मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन्। पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन्।
४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन्।
यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्ने छन् ।
परराष्ट्रमन्त्री डा. राणा मंसिर १५ गते स्वदेश फर्कनेछिन् ।

मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।
आज न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै अफवाह फैलाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाईँका छोराले उनको रिहाइका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सर्वोच्चले रिट खारेजसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको जनाईएको छ । निर्देशनात्मक आदेशमा के छ भन्ने जानकारी दिइएको छैन ।

सेयर बजारमा ३८.८१ अंकको सुधार, ह्वात्तै बढ्यो कारोबार रकम

काठमाडौं । सेयर बजारसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । यो दिन कारोबारको सुरुदेखि नै बजारमा हरियाली छाएको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो ।
बजार मापन गर्ने सूचक ३८.८१ अंकले बढेर परिसूचक २७५५.४७ बिन्दु कायम भएको छ । १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ ।
३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारमा वित्त बाहेक सबै उपसूहको उपसूचक बढेको छ । लगानीकर्ताको आकर्षण भने जलविद्युत कम्पनीमा देखिएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्दा उत्तम विकल्प अरू केही नहुने जनाएका छन् ।
मंगलबार एमाले निकट जिफन्टले सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।
‘नेपाल समृद्ध हुनुपर्छ, नेपाली जनता सुखी हुनुपर्छ । त्यसका लागि एक ठाउँमा मात्र प्रयास गरेर हुँदैन । सम्पूर्ण ठाउँ, कृषि, उद्योग, शिक्षा,स्वास्थ्यलगायत सबै ठाउँमा ध्यान दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यही कुरालाई ध्यानमा राखेर एमालेलाई सरकारमा हुँदा र नहुँदा जिम्मेवार पार्टी भनेका हौँ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि मुलुकबाट तुइन विस्थापित भएर पुल युगको सुरुवात गरेको भन्दै अहिले त्यो क्रम सुरुङ युगमा प्रवेश गरेको जानकारी दिए ।
उनले परिवर्तन गर्न खोज्दा गर्न सकिने भन्दै हुलाकी मार्ग, सयौँ पुल, मदन भण्डारी राजमार्ग, उत्तर दक्षिण करिडोर निर्माण गरेर महत्त्वपूर्ण परिवर्तन गरेको दाबी गरे ।
नेपालमा रोजगारीको अवसर हुँदै नभएको अवस्था नरहेपनि भनेजस्तो नभएको मात्र रहेको ओलीले जनाए ।
उनले २०७२ सालपछि नेपालले तीव्र विकास भएपनि अझै बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । कृषिमा नयाँ ढङ्गले जानुपर्ने,औद्योगिक क्षेत्र, पर्यटन र पूर्वाधारका क्षेत्र बढाउनुपर्ने काम गर्ने मजदुर नै भएकाले सामाजिक सुरक्षा क्षेत्रमा मजदुर अनिवार्य समेटिनुपर्ने जनाए ।

लाइन नकाटी बक्यौता उठाउन प्राधिकरणलाई आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले आज प्राधिकरणलाई पत्र पठाउँदै डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको हो ।

नेशनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत संग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ ।
बागतमी प्रदेशबााट योग्य भएका करिब ११० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनोट हुने अभिकर्ताहरुलाई सम्मान गरे ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरु छनोट भएकोमा बागमती प्रदेशबाट मात्रै ११० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरे ।
यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

नबिल एसएसईले मनायो तेस्रो वार्षिक उत्सवः ८२० भन्दा बढीलाई प्रशिक्षण, १२ सयले पाए रोजगारी

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
२०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।
नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।
“नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौँ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जनाए । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, “तीन वर्षको दौरानमा देशमा सयौँ मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौँ ।”
स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ ।
सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ । नबिल एसएसई अन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् ।
तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ । यस कोर्सका सहभागीहरूमध्य ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् ।
नबिल एसएसईले सामाजिक उद्यमीहरूलाई महत्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ । यसले सामाजिक उद्यमका लागि अवधारणा निर्माण, त्यसलाई लगानीयोग्य बनाउने, र साना उद्यमीहरूलाई सशक्त बनाउने कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।
तेस्रो वार्षिक उत्सव मनाउँदै, नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा सामाजिक उद्यमशीलतालाई अझ विस्तार गर्ने र नेपालका समुदायहरूको उत्थानमा निरन्तर योगदान दिने लक्ष्य राखेको विज्ञप्ति मार्फत जनाएको छ ।

सेयर बजारमा ३३.४१ अंकको सुधार, तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा सुरुदेखि नै आएको सुधार तथा उतार चढाबकाबिच सेयर बजारमा हरियाली छाएको छ ।
बजार मापन गर्ने सूचक ३३.४१ अंकले बढेर परिसूचक २७१६.६६ बिन्दु कायम भएको छ । ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ सेयर किनबेच भएको छ ।
कारोबारमा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचक बढेको छ । जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
यो दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँ । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जानकारी दिएको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...