Page 8

आज ४ बजे माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

 

‘पूर्णबहादुरको सारङ्गी’को १८ दिनसम्मको कमाइ ३६ करोड

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । यो अवधिमा पनि चलचित्र ३०० भन्दा धेरै शोसहित प्रदर्शन भइरहेको छ ।
‘सर्वकालीन ब्लकबस्टर’ यस चलचित्रले धेरै व्यावसायिक कीर्तिमान रचिरहेको छ, जुन अझै जारी छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे चलचित्रले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । यद्यपि, यसका लागि केही दिनसम्मको अकुपेन्सी ट्रेन्डलाई पर्खनुपर्छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १८ दिनसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ । जसअनुसार २ मङ्सिर आइतबारसम्म चलचित्रको कुल कलेक्सन ३५ करोड ९६ लाख रुपैयाँ छ । आइतबार मात्रै फिल्मले १ करोड ६० लाख ग्रस कमाएको छ ।
विजय बराल स्टारर यो चलचित्र अहिले पनि ८० देखि शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ । सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको यो फिल्म अहिलेसम्म सबैभन्दा नाफा गर्ने फिल्म समेत बनेको छ ।
विजयसहित अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा भन्छ ।

चुनाव हुने स्थानीय तहलाई सडक र गाडी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
त्यस्तै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि भनेको छ ।
मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
उपनिर्वाचनको काममा स्थानीय तहका कर्मचारी पनि खटाउन सकिने भन्दै आयोगले कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र मागेको बेला उपलब्ध गराउन भनेको छ ।
उपनिर्वाचनका बेला निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न, मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आयोगले आग्रह गरेको छ ।

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।
उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजक बनेको छ ।
क्यानले कात्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्‍याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको बैंकले जनाएको छ ।
यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्‍याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे ४ घण्टा बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।
निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट बिहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले जानकारी दिए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जनाए ।
उनले भने, ‘मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।’ यस अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।
त्यस्तै, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

 

प्रधानमन्त्रीले आज ९ बजे बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको र राज्यले उनलाई दिने सम्मानका विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जनाईएको छ ।
पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन भएको थियो ।

 

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ ।
निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ ।

 

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
“विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु”, प्रधानमन्त्रीले भनेका छन् ।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

 

पूर्वसभामुख एवम् संविधानविद् ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुंगानाको निधन भएको छ ।
उनको आज उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।
कलेजोको समस्याबाट पीडित ढुंगाना लामो समयदेखि उपचाररत थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

 

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...