Page 10

एनपीएल एलिमिनेटरमा चितवन र कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ ।
बुधबारको पहिलो एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ । यो खेलमा हार्ने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।
यस्तै, आजको दोस्रो खेल भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । यो खेलले फाइनलको यात्रा सुनिश्चित गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुँदैछ । यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत अन्तिम अवसर पाउनेछ । लिग चरणमा सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित र एक हारसँगै १२ अंक जोड्दै शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान बनाएको हो । जनकपुरले भने पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो । जनकपुरका कप्तान अनिलकुमार साहले चोटका कारण बाँकी खेल खेल्न नपाएको अवस्थामा कप्तानीको जिम्मेवारी आसिफ शेखले लिएका छन् ।

एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
स्थायी कमिटी बैठकले ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगं नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र ं प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा ए।टि।एम। सञ्जाल रहेका छन् ।

बैंकर्स संघको अध्यक्षमा कोइराला सर्वसम्मत

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् ।
मंगलबार अध्यक्षका अर्को प्रत्यासी अशोक शेरचनले उम्मेदवारी फिर्ता लिए पछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला निर्विरोध अध्यक्ष बनेका हुन् ।
सोमबार पूर्व अध्यक्षहरुबीच सहमती बनेपछि शेरचनले उम्मेदवारी फिर्ता लिन तयार भएका थिए । मनोनयन फिर्ता लिने अन्तिम दिन मंगलबार उनी फिर्ता भएपछि कोइरालाको अध्यक्ष पक्का भएको हो ।
यता संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी चयन भएका छन् ।

ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ स्टार सेफ्टी रेटिङ

काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ(स्टार सेफ्टि रेटिङ हासिल गरेको छ ।
यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र एएसइएएन एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ(स्टार रेटिङ प्राप्त गरेको थियो ।
सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, ओमोडा इफाइभको बिइभि संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गर्‍यो र सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्‍यो।
यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली) को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा) को लागि ८७ प्रतिशत अंक प्राप्त गर्‍यो । त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७,प्रतिशत चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८, प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ ।
ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियो (अनुपात) को ‘हाइ स्ट्रेन्थ स्टिल बडी’ रहेको छ जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ ।
‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ ।
यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ ।
उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज(लेभल १२० किमि प्रतिघण्टाको स्पिडमा रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाईको इभि रहेको छ ।
ओमोडा इफाइभको यो सफलताले विश्वव्यापी शीर्षनेता तथा व्यक्तित्वहरूको पनि समर्थन प्राप्त गरेको छ । विभिन्न देशका सरकारहरूले ओमोडाको ‘न्यु इनर्जि स्ट्राटेजि’ (नयाँ ऊर्जा रणनीति) लाई बलियो समर्थन देखाएका छन् भने इन्डोनेसिया, मलेसिया र टर्कीका विभिन्न अधिकारीहरूले ओमोडाको नयाँ ऊर्जा प्रविधि र डिजाइनको प्रशंसा गरेका छन् । यो समर्थनले विश्वव्यापी बजारहरूमा ओमोडाको स्थान र लोकप्रियतालाई थप जोड दिन्छ । विभिन्न क्षेत्रमा ओमोडाको विश्वव्यापी नेताहरूसँगको यो सम्बन्ध र अन्तरक्रियाले ब्रान्डको विश्वव्यापी प्रतिस्पर्धात्मकता झल्काउँदै अन्तर्राष्ट्रियस्तरमा विस्तारलाई थप प्रवर्द्धन गर्दछ ।
डबल फाइभ(स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाई हासिल गरेको छ ।
ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो(बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १००० भन्दा बढी सोरुम र ३,७०,००० भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ ।

एनपिएल विजेता टोलीले एक करोड १० लाख पाउने

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।
सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

बसको ठक्करबाट महोत्तरीमा पैदलयात्रीको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १२ः५० बजे ठक्कर दिँदा अन्दाजी ४५, ५० वर्षको पुरुषको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।
डिएसपी जयसवालका अनुसार पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपुर्‍याइएको र थप अनुसन्धान भइरहेको डिएसपी जैसवालले जानकारी दिए ।

यू – १९ महिला एसिया कप ः नेपालले भारतसँग खेल्दै

काठमाडौं । एसीसी यू १९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलपछि समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्ने छ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो।
आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो। पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो।

आज रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज आठौँ पटक म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइँदैछ ।
लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

 

रविसहित ५१ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले बुझायो प्रतिवेदन

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रतिवेदनमा उल्लेख गरिएका ३७ जनामध्ये १४ जना पक्राउ परेका छन् भने अन्य फरार छन् ।
प्रहरीले उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गर्न पनि माग गरेको हो ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...