Page 18

पूर्वमन्त्री अधिकारीलाई पुनः पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा सरकारी वकिलको कार्यालयबाट सफाइ पाएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता भएको हो ।
यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दे दरपिठ गरिदिएको थियो । वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अधिकारीलाई क्लिन चिट दिनु गलत भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।
रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।

प्राइम बैंकको १७औं साधारणसभा सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपयाँ रहेको छ ।
आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभामा अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०, ८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याएको जानकारी दिए ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्षभन्दा १७।७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गर्नुका साथै यसले दीर्घकालीन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिनसक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गरिरहेको अध्यक्ष श्रेष्ठले जनाए । आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको पनि अध्यक्ष श्रेष्ठले जनाए ।
साधारणसभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकुल परिस्थितिका बावुद निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैह्रकोषमा आधारित अन्य आम्दानीमा पनि उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी दिए ।

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आह्वान

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आह्वान गरेको छ ।
बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भन्दै ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप एनआईसी एशिया मोबाइल बैंकिङको ‘प्यान अपडेट’ अप्सनमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटिडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको जनाईएको छ । उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण ईटिडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।
जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्था पनि अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराउँदा ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याजकरमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले आफ्ना ग्राहकलाई जानकारी दिएको छ ।

एनएमबि बैंकले पायो लैङ्गिक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

काठमाडौं । एनएमबि बैंकलाई २०२४ को यूएन वुमन एशिया–प्यासिफिक वेप्स अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो ।
यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ ।
ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसिप एनएमबि नेक्टजेन बैंकिङ लिडर्स स्कलरसिप महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा वेप्स अन्तर्गतको यूएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।
यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहान मिलेको विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनपीएल ः जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स पहिले बलिङ गर्दैछ ।
पोखरा एभेन्जर्सविरुद्ध टस जितेपछि जनकपुर बोल्ट्सले बलिङ राजेको हो ।
जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । दुवै टोली जितको लक्ष्य राख्दै मैदानमा उत्रिएका छन् ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बैंक अफ द इयर २०२४ बन्यो सिटिजन्स बैंक इन्टरनेसनल

काठमाडौं । सिटिजन्स बैंक इनटरनेसनलले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ । द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२४ का लागि बैंकलाइ सो अवार्ड प्रदान गरेको हो।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरे ।
द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एकरएक वटा बैंकलाइ विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको हो । नेपालको तर्फबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा बैंकको महत्त्वपुर्ण योगदान सहितको उत्कृष्ट वित्तीय सेवाको कारण प्राप्त गरेको बैंकको दाबी छ ।
‘बैंक अफ द इयर’ अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनले प्रदान गर्दै आएको छ ।

चितवनबाट रातारात लामिछानेलाई पोखरा ल्याइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको हो ।
लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।
सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।
हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको थियो । आज पनि प्रदर्शन हुनसक्ने भएकोले लामिछानेलाई राति नै पोखरा ल्याइएको हो ।

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेश प्रस्थान

बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...