Page 2

ग्लोबल आइएमई बैंकले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा गर्यो प्रभातफेरि कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।
यही पुस १८ गतेदेखि बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा भई १९औँ वर्षमा प्रवेश गर्दैछ ।
काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरहरु परिक्रमा गरेका थिए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ(संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ ।
आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् ।
राजनीतिमा प्रवेश गर्नुअघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको जनाईन्छ ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाई रहेका छन् । उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाए ।
उनका अनुसार पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ ।
उनीमाथि पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको आरोप छ ।

ग्लोबल आइएमई बैंकले विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्दैछ । १८औँ वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । सचेतना कार्यक्रममा बैंकले आधारभुत बैंकिङ सेवा, डिजिटल, नविनतम बैंकिङ सेवाहरु, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरुलगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

नबिलको वरिष्ठ डीसीईओमा मनोज ज्ञवाली बढुवा, सीईओमा पदोन्नती गर्ने पूर्वतयारी

काठमाडौं । नबिल बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा मनोज ज्ञवालीको बढुवा भएको छ ।
बैंक सञ्चालक समितिले हालैको बैठकले उनलाई डेपुटी सीईओबाट वरिष्ठ कायम गरेको हो । समितिको यो निर्णय ज्ञवालीलाई सीईओको रुपमा नियुक्त गर्ने पूर्वतयारीको रुपमा हेरिएको छ ।
यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । तीब्ररुपमा बढुवा हुँदै हाल उनी वरिष्ठ डीसीईओ हुन पुगेका हुन् ।

 

युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने देउवाको धारणा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने धारणा व्यक्त गरेका छन् । आइतबार काठमाडौँमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सभापति देउवाले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने जानकारी दिए । उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने जनाए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्त्वपूर्ण रहेको जनाए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरू मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने उनले जनाए ।
उनले भने, ‘नेपालमा खेलकुद जगतमा बढी व्यस्त लागेका साथीहरूले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ । कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन । खेलकुदमा युवाहरू बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरू लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’
सभापति देउवाले खेलकुद जगतलाई कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मधेश र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्ने प्रधानमन्त्रीको दाबी

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको जनाएका छन् ।
आईतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा नेकपा एमाले पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले मधेशको विकास एमालेले नै गर्ने दाबी गरे ।
उनले भने, ‘देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार छ । मुलुकमा रहेका बेथिति, अस्थिरतालाई हटाउन यो सरकार बनेको हो ।’
विगतमा एमाले नेतृत्वको सरकारले थालनी गरेर बीचमा पार्टी सरकारमा नहुँदा अधुरा र अलपत्र परेका विकास निर्माणका योजनाहरू अहिलेको सरकारले सम्पन्न गर्ने उनले जानकारी दिए । ‘विश्वास गर्नुस्, मधेश र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ । एमालेकै नेतृत्वले गर्छ । अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले नै गर्छ । मधेश र देशको विकासको गति अब अगाडि बढिसक्यो, कसैले रोक्न सक्दैन,’ उनले भने ।
मिसन–८४ सफल बनाउनका लागि देशभरका एमाले नेता–कार्यकर्ता अहिलेदेखि नै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले जनाए । उनले भने, ‘देश बनाउने पार्टी एमाले नै हो । त्यसकारण अरु पार्टीमा रहेकाहरूलाई एमालेमा प्रवेश गर्न आह्वान गर्छु ।’
एमालेले भन्दै आएको मिसन २०८४ बारे प्रस्ट्याउँदै उनले भने, ‘हामीले मिसन ८४ भनेका छौं । अब हुने निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सके मात्रै एमालेको मिसन ८४ सफल हुन्छ । एमालेको एकल बहुमतको सरकार बन्यो भने मात्रै हाम्रो मिसन ८४ सफल हुन्छ ।’

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित श्री विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रमका बीच इसिडी र कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो ।
विकट हिमाली भेगका न्यून आय आर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी रोकायाले पाइन् रु एक करोड पुरस्कार

काठमाडौँ । विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) द्वारा नेपाल पठाएबापत प्रमिला रोकायाले रु एक करोड पुरस्कार जितेकी छिन । जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत रु एक करोडको चेक हस्तान्तरण गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि उनले आइएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको जनाईन ।
गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बनेकी थिइन् ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो ।
आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले रु एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । साथै प्रत्येक महिना एक जनाले रु एक लाख नगद प्राप्त गरेका छन् ।
आइएमई गरी ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको आइएमईले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...