पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज पनि जारी रहने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको थियो ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन । सोही बीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
लामिछानेविरुद्ध भने संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
रवि लामिछानेको बयान आज पनि जारी रहने
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह रहेनन्
काठमाण्डौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।
९२ वर्षीय सिंह घरमा अचानक बेहोस भएपछि दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० लगिएको थियो । उपचारको क्रममा उनको गएराति निधन भएको हो ।
सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।
सन् १९३२ मा पञ्जाबमा जन्मिएका सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् प्रधानमन्त्री भएका थिए ।
यस्तै सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकालमा पनि प्रधानमन्त्री भएका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिेका थिए ।
भारतीय प्रधानमन्त्री मोदी लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले सिंहलाई असल एवम् कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।
प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफूलाई दुःखी तुल्याएको बताएका छन् । सिंहलाई भारतको उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छ ।
नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र मानिन्छन् । उनी भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।
एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्चद्धारा खारेज
काठमाण्डौं । एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको हो ।
प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत जारी गरेको छ।
यसअघि मल्ल र ढुंगानाको इजलासले पुस १ गते इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको हो।
लामिछानेसँग ३ घण्टा बयान, शुक्रबार पनि हुने
कास्की । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।
अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् ।
आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो ।
स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय बस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन । एक्स्पोमा हस्तकलाका बस्तु, सवारी साधन, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, ज्वेलरी, कस्मेटिक बस्तु, निमार्ण सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।
स्वदेशी र विदेशी गरी २ सय भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन । ५ दिन सम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले जनाए । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।
हिमाल र विभान्ता डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं महानगरपालिका ,वाड नं ०४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रालि र हिमाल डेन्टल हस्पीटल प्रालिमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बीच सम्पन्न भयो ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
जाजरकोटमा भूकम्पको धक्का
काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ ।
जाजरकोटको नायकवाडा क्षेत्रमा आज बिहान ६ः३३ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ ।
यसै क्षेत्रमा गत वर्ष कात्तिक महिनामा गएको ६.४ म्याग्निच्यूडको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्याएको थियो।
आज पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्यरप्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रमा समितिको गरेको स्थलगत अनुगमनको क्रममा देखिएका समस्या र समाधानका विषयहरूमा छलफल हुनेछ ।
३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
काठमाडौं । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो ।
गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका–३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ का बुद्धिमान तामाङ छन् । सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
आमिर खानलाई आफ्नो कम उचाइको डर
मुम्बई । आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिन्छ । तर, फिल्ममा आउनुअघि उनलाई आफ्नो कम उचाइको डर थियो । आमिर खानले हालैको एक अन्तर्वार्तामा आफ्नो कम उचाइलाई लिएर आफूमा ‘इन्फिरियोरिटी कम्प्लेक्स’ रहेको र यस कारणले गर्दा मानिसहरूले उनलाई अस्वीकार गर्न सक्ने डर रहेको जनाएका हुन् ।
आमिरको उचाइ करिब ५ु. ५ इन्च छ, जुन उनको जमानाका कलाकारहरू भन्दा कम हो । उनको उचाइका कारण दर्शकले उनलाई अस्वीकार गर्नेछन् कि भन्ने आफूमा डर रहेको, तर अन्ततः त्यस्ता कुराले केही फरक पर्दैन भन्ने कुरा आफूले बुझेको उनले जनाए।
आमिर खानले जी म्युजिक कम्पनीको युट्युब च्यानलमा नाना पाटेकरसँगको कुराकानीमा यो डरको बारेमा जनाए । ‘वनवास’ लाई लिएर यतिबेला चर्चामा रहेका अभिनेताले उनलाई सोधे, ‘तपाईँको उचाइलाई लिएर तपाईँको दिमागमा कहिल्यै असुरक्षा भएको छ ?’
यसमा आमिरले भने, ‘हो, यो डर थियो । मेरो उचाइको कारणले मलाई मानिसहरूले स्वीकार गरेनन् भने के हुन्छ भन्ने सोच्थेँ तर पछि थाहा भयो कि केही फरक पर्दैन । तर त्यसबेला मनमा यस्तै डरले घर बनाएको थियो ।’
उनको कुरा सुनेर नानाले आमिरलाई उनको अनुहार राम्रो भएको जनाए । उनले भने, ‘मेरो अनुहार हेर । म यो अनुहारको साथ त ५० वर्षसम्म काम गर्न सक्छु।’ आमिरले सुरुमा आफू स(साना कुरामा चिन्तित हुने गरेको सुनाए । तर जब उनले महसुस गरे कि उनको काम सबैभन्दा महत्त्वपूर्ण कुरा हो, उनले चिन्ता लिन छाडे ।
उनले भने, ‘सुरुमा जुन कुराले हामीलाई तनाव दिन्छ, पछि थाहा हुन्छ कि त्यो कुराले खासै फरक पर्दैन । तपाईँ कत्तिको इमानदारीपूर्वक काम गरिरहनु भएको छ र तपाईँको कामले मानिसहरूमा कसरी जादु सिर्जना गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण छ। त्यसपछि अरु कुरा महत्त्वपूर्ण हुँदैन।’