Page 8

आज लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ ।
हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

ध्यान मावन जातिको कल्याणका निम्ति ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको जनाएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।’
ध्यान मावन जातिको कल्याणका निम्ति भएको जनाउँदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गरेका छन् । ‘वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ’, उनले भनेका छन् ।
मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने जनाएका छन् ।

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधिका लागि आज शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आसिफ शेख रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।
उपाधि विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् ।

आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै

कामठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।
बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

आज रवि लामिछानेविरुद्ध मुद्दा दायर गरिने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आज मुद्दा दर्ता गरिँदैछ ।
कास्की जिल्ला अदालतकी न्यायाधिवक्ता कमला काफ्लेले रविसहितविरुद्ध आज मुद्दा दर्ता गरिने जानकारी दिइन् । शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गरिने छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
लामिछाने पक्राउ परेकै प्रकरणमा पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको आज ९० दिन पूरा हुँदै छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अभियुक्त पक्राउ परेको ९० दिनभित्र अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ । अभियुक्तलाई ९० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन ।
पछिल्लोपटक पुस २ गते जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद आजै राति १२ बजे सकिँदै छ ।

इन्डोसकोपी गरेपछि प्रधानमन्त्री ओली आराममा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेका छन् । बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोसकोपी गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
इन्डोसकोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ भने नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी भएनन् ।
‘उहाँको (प्रधानमन्त्रीको) नियमित इन्डोसकोपी गर्नुपर्ने थियो र गरेको हो’, बालुवाटार स्रोतले भन्यो, ‘धपेडी नहोस् भनेर बिहीबारको औपचारिक कार्यक्रममा सहभागी नहुनुभएको हो ।’

एनपीएल फाइनलमा जनकपुर र सूदुरपश्चिम भिड्ने

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुरले सनदार जित निकालेको छ । कर्णालीलाई २ विकेटले हराँउदै जनकपुरले जित निकालेको हो ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
जनकपुरका लागि सर्वाधिक जेम्स निशमले ४५ रन जोडे भने मायन यादवले १४,हर्ष थेकरले १७ रन जोडे ।
कर्णालीका लागि बिपिन शर्माले ३ विकेट लिए ।
यसअघि,टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो । यो जित सँगै जनकपुर फाइनल पुगेको छ । शनिबार जनकपुरले सूदुरपश्चिमसँग फाइनल खेल्नेछ ।
कर्णालीका लागि देव खनालले सर्वाधिक २४ रन जोडे । उनले २० बलमा ३ चौका र १ छक्का हान्दै २० रनमा आउट भए । गुलशन झाले २० बलमा २५ रन जोडे ।
यस्तै जीशान मक्सुदले ११ बलमा १२ रन, विलियम बोसिस्टोले १५ बलमा १४ रन, चाडविक वाल्टनले १३ बलमा ११ रन जोडे ।
जनकपुरका लागि ललित राजवंसी र मोहम्मद मोसिनले समान २–२ विकेट, जेम्स निशाम, हर्ष थेकरले एक एक विकेट लिए ।

कृषि विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।
आव २०८०, २०८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्नु हुने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरेकी थिइन् ।
सो अवसरमा वनले आ.व. २०८०, ८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरुको अतुलनिय योगदान रहेको जनाईन । साथै कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको जनाईन ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसंग सम्वन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरुलाई प्रत्यक्ष लाभ पुगेको जनाए । साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगत देखि नै प्रयास गर्दै आई रहेको हँुदा उत्कृष्ट व्यवसाय गर्ने व्यवसायिक अभिकर्ताहरु थप उत्साहित भएको जनाए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्वन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरिएको थियो भने चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए, उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने जनाए ।
सो समारोहमा आ।व। २०८०, ८१ मा १०० वा सो भन्दा बढि बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आ।व। २०८०, ८१ मा संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।
यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जनाएका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...