Page 12

विपक्षी दलको बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौँ । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।
बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।
यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।

बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् ।
बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग ३ च ३८९ नम्बर पिकअप जिप ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा गएराति ८ः३० बजे दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका १० जना मध्ये ६३ वर्षीय काजी कामी र ३८ वर्षीय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिए । अन्य आठ जनाको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भइरहेको डा. ढकालको भनाई छ ।

आज रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता हुँदै

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा कास्की र काठमाडौंबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको अर्को मुद्दा रुपन्देही जिल्ला अदालतमा पुगेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारीमा ठगीको अभियोजनपत्र बिहीबार अदालतमा पेश गरेको छ । प्रहरीले अनुसन्धान गरिसकेको मुद्दा अदालतमा रुजु गर्ने क्रममा रहेकाले शुक्रबार दर्ता हुनेछ ।
गत वैशाख ३ गते सुप्रिम सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई समेत २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा अब पुरक अभियोजन दर्ता हुन लागेको छ ।
बिहीबार समय अभाव भएपछि पूरक अभियोजनअन्तर्गत शुक्रबारमात्र अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ ।
बिहीबार १७ जनालाई सहकारी ठगीसँगै संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् । लामिछाने र छविराज जोशी सहितको पुरक अभियोजन शुक्रबार हुनेछ ।
सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोप छ, जसमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको जनाईएको छ ।

आज ललितपुरका यी स्थानमा बिजुली काटिने

काठमाण्डौं । ललितपुरका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंङ्गलबजार, छवाल क्षेत्रमा बिजुली काटिनेछ।
बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।

सर्वोच्चले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई सर्वोच्च अदालतले उनलाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।
झाले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । झाले बुधवार सर्वोच्चमा वन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको आरोप छ । गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सोही आदेश गैरकानुनी भएको दाबी गर्दै झा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन । झामाथि सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा लागेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउने प्रधानमन्त्रीको दाबी

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको दाबी गरेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गरे ।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराएका छन् ।
“हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ ।”, प्रधानमन्त्री ओलीले भने, “चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।”
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको जनाए ।
कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएस मा उत्तिर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । यसैगरीकुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरे ।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरेका थिए । प्रतिष्ठानकाा उपकुलपति प्रा.डा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० श्यैयाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए ।

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।
बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०, ८१ को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यता, बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

आज रातिदेखि ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने भएको छ ।
बैंकको कार्ड स्विच अपग्रेड कार्यका लागि आज (माघ ३) गते राति १२ बजदेखि भोलि शुक्रबार साँझ ७ बजेसम्मका लागि सेवा अवरुद्ध हुने भएको हो ।
सो अवधिमा मोबाइल बैंकिङ तथा क्युआर पेमेन्टलगायतका भुक्तानी सेवा भने सुचारु नै रहने बैंकले जानकारी दिएएको छ ।

 

महालक्ष्मी विकास बैंकद्धारा मुद्दती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज पाइने ‘महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट’ सञ्चालनमा ल्याएको छ ।
यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखी १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् । जसबाट १ वर्षको व्यक्तिगत मुद्धती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् । अभिभावकद्धारा सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्ती पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ ।
मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र रु ५०० बाट समेत शुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

इजरायल र हमासबीच सहमति, १५ महिनादेखि चलिरहेको युद्ध रोकिने

काठमाडौं । गाजामा १५ महिना लामो युद्ध अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल सानीले बुधबार युद्धविराम सम्झौताको घोषणा गरेका छन् । कतारको राजधानी दोहामा सम्झौताको घोषणा गर्दै प्रधानमन्त्री शेख मोहम्मदले युद्धविराम सम्झौता आइतबारदेखि लागू हुने जनाए । उनले यस सफलता इजरायल र हमासले सम्झौता तोड्न नदिने कुरामा आफू विश्वस्त रहेको जानकारी दिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौताको प्रशंसा गर्दै इजरायल र हमास दीर्घकालीन युद्धविरामका लागि वार्ताको टेबलमा रहेसम्म युद्धविराम कायम रहने जनाएका छन् ।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम सम्झौता अझै पूरा नभएको र अन्तिम विवरणमा काम भइरहेको जनाएको छ ।
नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भन्यो कि ‘सम्झौताको विवरण आज राति अन्तिम हुने अपेक्षा गरिएको छ ।’ यद्यपि, नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग कुरा गरे र गाजामा बन्धकहरूको रिहाइको लागि सम्झौता सुरक्षित गर्न मद्दत गरेकोमा धन्यवाद दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...