काठमाण्डौं । काठमाडौंका केही स्थानमा सोमबार पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार इमाडोल १ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
यस्तै, कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् सेवा बन्द गर्नुपरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ। माघ १५ गते गोठाटार जोरपाटी फिडरअन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै माघ १७ गते शंखमुल फिडर बानेश्वरअन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र पुरानो एयरपोर्ट फिडर बानेश्वर अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ।
आज काठमाडौंका यी स्थानमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने
प्रधानमन्त्री ओलीले ५ बजे बोलाए सत्तारुढ दलको बैठक
काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसद्मा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने जनाईएको छ ।
सत्तापक्षमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।
रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश
काठमाडौं । सुप्रिम सहकारी ठगीमा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिएको छ ।
आइतबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।
थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउन इजलास समक्ष माग गरेका थिए भने लामिछाने पक्षका वकिलले राष्ट्रिय पार्टीका सभापति लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै उनलाई थुनामा पठाउन नहुने माग गरेका थिए ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा भएका थिए ।
बेचन झाको मुद्दामा सर्वोच्चद्वारा ‘अन्य’ आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ ।
याधीशद्धय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा अदालतले अन्य आदेश जारी गर्दै मुद्दाको फाइल मगाउने आदेश गरेको हो । झालाई भारतबाट पक्राउ गरी ल्याएको थियो ।
जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए ।
सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच संझौता
काठमाडौं । सिद्धार्थ बंक र हार्ड रक क्याफे काठमाडौं बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले दरबारमार्ग स्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज (नन्–अल्कोहलिक) मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्ने छन् ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ८९ जना नवनियुक्त कर्मचारीहरुलाई दियो तालिम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र अधिकृत स्तरका ६ जना गरी जम्मा ८९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आफुले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने जनाए ।
विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीहरुलाई नियुक्ति दिएको जनाउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृट हुने जनाए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक ८३ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए भने माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जि।सी।लगायत कर्मचारीहरुके उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेशनल लाईफ इन्स्योरेन्सले सौराहमा गर्यो लिडर्स नाइट कार्यक्रम
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालज्यूले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे ।
समारोहमा योजनामा छनौट भई सहभागि हुनु भएका अभिकर्ताहरुलाई प्रमुख अतिथि एवम् वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गरेका थिए ।
सहभागी अभिकर्ताहरुले नेपालकै चर्चित पत्रकार भुषण दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार (आज) बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने जनाईएको छ ।
संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । संसद्को हिउँद अधिवेशन माघ १८ शुरु हुँदैछ ।
बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने घिमिरेले जानकारी दिए ।
अछाममा २ किशोरी मृत फेला
काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन् ।
शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन् । ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो ।
‘अलग अलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले भने, ‘प्रहरी घटनास्थल पुगेको छ ।’
शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको उनले जनाए ।
‘अन्दाजी १४, १५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ ।’
भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए । बेलुका बाख्रापाठा घर फर्किए तर किशोरी फर्किएनन् ।
शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो । ‘गाउँलेले दुई जनाको शव फेला पारी पहिचान गरेपछि प्रहरीलाई खबर आएको थियो,’ भण्डारीले भने ।
आज पनि रवि लामिछानको थुनछेक बहस जारी रहने
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा आइतबार पनि जारी रहने भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।
यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको हो ।
शुक्रबार बहस नसकिएले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आइतबार नै आदेश आउन सक्ने सम्भावना छ ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले आइतबार बहस गर्ने छन् ।
शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका थिए ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।