Page 6

संसद्मा अध्यादेशको विरोध नगर्न कांग्रेसको निर्देशन

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशमा आफ्ना फरक मत वा असहमति भए पनि संसद्मा त्यसलाई व्यक्त नगर्न निर्देशन दिएको छ ।
शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले अध्यादेशमा विमति राख्न रोक लगाएको छ ।
संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसद्मा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले जनाए । ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरूका बीचमा पनि सघनरूपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ ।’
बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद् र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएका घिमिरेले जानकारी दिए ।
उनले भने, ‘केही कुरा छन् भने यहीभित्र कुरा राखौं, नेपाली कांग्रेस एक भएर संसद् अधिवेशनमा प्रस्तुत हुने र बाहिर पनि एक भएर प्रस्तुत हुने भन्ने नै सभापतिज्यूको निर्देशन हो ।’
आर्थिक क्षेत्रमा देखिने गरी सुधारका काम गर्न केही विधेयकलाई संशोधन गर्नैपर्ने बाध्यता भएको हुँदा अध्यादेशका रूपमा ल्याइएको देउवाको भनाइ रहेको जनाईएको छ ।

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब प्रधामन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो ।
शनिबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । एपीएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाएकी थिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्न सफल भएको थियो ।
नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनमा भएको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो ।

प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।
उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा प्रचण्डलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी दिएका थिए । साथै, सोही क्रममा प्रचण्डले स्थानीयसँग भेटघाट गरेका थिए ।

प्रहरीका १८ एसएसपी सरुवा, काठमाडौं प्रहरी प्रमुखमा विश्व अधिकारी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ एसएसपीको सरुवा गरेको छ।
गृह सचिवस्तरीय निर्णयमा प्रकाशित सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारी तोकिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन्।
काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन्। अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन्।
एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन्।
नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ। भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ।
उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ।

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको दाबी गरेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।
उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्त्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा (एमाले) र नेपाली काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने जनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज पनि सकिएन रवि लामिछानेको थुनछेक बहस

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ। बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका तर्फबाट दुई जना र अभियुक्त रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्।
थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

२० विमानस्थल बन्द गरेर थप नयाँ बनाउँदै सरकार, ६ स्तरोन्नतिसहित तीनवटा नयाँ निर्माण हुँदै

काठमाडौं । सरकारले देशभरका विभिन्न आन्तरिक विमानस्थल स्तरोन्नति गर्ने र नयाँ विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाइहेको जानकारी दिएको छ ।
देशैभरका ५५ विमानस्थमध्ये २० वटा सञ्चालन गर्न नसकेर बन्द गरेको सरकारले थप नयाँ विमानस्थल बनाउने र स्तरोन्नति गर्ने कार्य कार्यलाई भने निरन्तरता दिइरहको छ ।
नेपाल नागरिक उड्डय प्राधिकरणको तथ्यांकअनुसार हाल देशैभरका विमानस्थमध्ये ५२ आन्तरिक, तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल नै काठमाडौंबाहेक सञ्चालन हुन सकेको छैन । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आक्कलझुक्ल उडान हुने गरेको भए पनि पोखरामा भने सञ्चालनमा आएको दुई वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय उडान ठप्प छ ।
आन्तरिकतर्फ पनि ३५ वटा मात्रै विमानस्थल सञ्चालनमा छन् भने २० वटा अझै बन्द छ । सञ्चालनमा रहेका विमानस्थलमा पनि ३ वटा हव विमानस्थल छन् ।
सरकारले २० वटा विमानस्थल सञ्चालन गर्न नसक्दा समेत थप विमानस्थल बनाउने कार्यलाई रोकेको छैन ।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको १ कात्तिकदेखि पुस मसान्तसम्मको विवरणमा तीनवटा नयाँ विमास्थल निर्माणसहित ६ वटाको स्तरान्नति भइरहेको उल्लेख छ ।
पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डले सार्वजनिक गरेको एक विवरणमा अर्खाखाँची विमानस्थल, दाङको नारायणपुर र तेह्रथुमको चुहानाडाँडा विमास्थनस्थल निर्माणाधीन अवस्थामा छ ।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार अर्खाखाँची विमानस्थलको धावनमार्ग, ट्याक्सिवे, एप्रोन कालोपत्रे तथा ड्रेनेजको ठेक्का सम्झौता सम्पन्न भइ निर्माण कार्य सुरु भएको उल्लेख छ ।
विवरणअनुसार दाङको नारायणपुर विमानस्थल निर्माण कार्यका लागि विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ भने चुहानडाँडाको पनि अध्ययन प्रतिवेदन तयार हुँदै गरेको उल्लेख छ ।
चुहानडाँडा विमानस्थलको भने २०७९ जेठमै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार भइसकेको छ । करिब १ अर्ब रुपैयाँ लागतमा बन्ने यो विमानस्थल ११ हेक्टर क्षेत्रफलमा बन्ने छ भने विमानस्थलको धावनमार्ग ६४० मिटर लामो र २० मिटर मात्रै चौडाइ हुने छ । यो विमानस्थल साना जहाजको उडान अवतरणको लागि मात्रै उपयुक्त हुने गरी बन्ने छ । यो विमानस्थलबाट सुकेटार ११ नटिकल माइलमै छ भने चन्द्रगढी ४१ र विराटनगर ४७ नटिकल माइलमा पर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार राजविराज विमानस्थल स्तरोन्नति भएर रात्री उडान सुरु भएको र जनकपुरमा सामान्य काम मात्रै भएको बताए । केही विमानस्थलमा अघिल्लो वर्षदेखि भइरहेको काममलाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ ।
‘प्राधिकरण अन्तर्गतका यी विमानस्थलको निर्माण, स्तरोन्नति गत वर्षदेखि भइरहेको र यो वर्ष पनि निरन्तरता पाएका आयोजना मात्रै हुन नयाँ नै काम गर्ने गरी अगाडि बढेको होइन,’ पाण्डेले भने ।

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल लघुवित्तकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि बैंकले बिक्रीमा राखिएको शेयर संख्या र शेयर मूल्य भने खुलाएको छैन ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जानकारी दिएको छ ।

करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त

काठमाडौँ । यशोदा फुड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाहलाई नियुक्त गरेको छ । कम्पनीले चौधरी समूहको सीजी फुड्समा काम गरेका शाहलाई आफ्नो कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालको खाद्य बजारकै अग्रणी तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी भएको दाबी गरिएको यशोदा फुड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको हो ।
चौधरी ग्रुपमा झण्डै तीन दशक काम गर्दा वाईवाईलाई विश्वबजारमा पुर्याउन सफल भएका जीपी शाहले अब करेन्ट चाउचाउको अन्तर्राष्ट्रिय बजार बढाउने जिम्मा लिएका छन् ।
यशोदा फूड्सले अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापूर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको जानकारी दिएको छ ।
ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । शाहको आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीको विश्वास रहेको छ ।
ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा कम्पनीको रहेको छ ।

ट्रम्पलाई झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।
सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् ।
ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए । यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो ।
त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...