Page 15

सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले एमडिआरटी लक्ष्य पुरा गरेका उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुनर्तागजी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी र टिओटी भएकाहरुलाई सम्मानित गरिएको थियो ।
गत शुक्रबार राजधानी काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजित भव्य कार्यक्रममा २७ जना एमडिआरटी लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कम्पनीका सिईओ शिवनाथ पाण्डे, उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा सिईओ पाण्डेले पुरस्कृत तथा सम्मानित बीमा अभिकर्ताहरुलाई सम्बोधन गर्दै बीमा सेवालाई जनताको घरदैलोमा पुर्याउन आग्रह गरेका थिए ।

भीम रावलको अभियानमा लागेको भन्दै एमालेका पाँच नेता निष्कासित

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएको भन्‍दै पाँच नेतालाई निष्कासन गरेको छ । प्रदेश सचिवालय बैठकले पाँच नेतालाई निष्कासित गरेको हो ।
प्रदेश सचिव रणबहादुर चन्दका अनुसार निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर विक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।
स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिइएको भन्दै कारबाही गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक दिवसीय सेल्स ट्रान्स्फर्मेशन सेशन सम्पन्न, व्यवसायिक रणनीति तयार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय सेल्स ट्रान्सफर्मेशन सेशन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१, ८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत जनाए । उनले ग्राहक मैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न संचालक समिति सदैव तयार रहेको समेत जनाए ।
बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल झन् वृद्धि होस् भन्ने हेतुलेनै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिकाको अधीनमा रहेर लगानी गर्दै आएको उनले जनाए । साथै कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न पनि आग्रह गरे ।
कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिकबीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको जनाए ।
कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको जनाए । लगानीको प्रतिफललाई उच्च राख्न लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै विभिन्न कार्यहरू गरेको कुरा समारोहमा व्यक्त गरे ।
सीईओ पराजुलीले कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजीटलाइजेशनको कार्य थालनी गरिसकेको जनाए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा जनाए ।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगेसीलाई थप उचाइमा पु¥याउन कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले जनाए ।

सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्सबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रा. लि.(राधे राधे भक्तपुर) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले भक्तपुरस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा इन् हाउस् ल्याब टेस्टमा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन् । सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
नेपालले आइतबार आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यस्तै शनिबार थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो । यसअघि थाइल्याण्डले नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा सोमबार नेदरल्यान्ड्स र थाइल्याण्डबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
संसदको चालू हिउँदे अधिवेशन गत शुक्रबारबाट सुरू भएको थियो । राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको छ ।
थाइल्याण्डले शनिबार नेपाललाई ४ विकेटले हराएको हो । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् । १६औं ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन् । रुविना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरेकी थिइन् । १७ औं ओभरको अन्तिम बलमा नेपालकी मनिषा उपाध्याय घाइते भएर मैदान छोडेकी थिइन् । सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनमा आउट भइन् ।
नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिइन् । तेस्रो ओभरको अन्तिम बलमा बलिङका क्रममा कविता घाइते भएकी थिइन् । उनको ढाडमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । कविताले ३२ बलमा २ चौका प्रहार गरिन् । बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन् ।
ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुविना ४ रनमा आउट भइन् । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भइन् ।
जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंकविहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढ्दै गएको प्रचण्डको दाबी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढ्दै गएको दाबी गरेका छन् ।
शनिबार नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको समेत जनाएका हुन् ।
उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालनमा, सातै प्रदेशमा विस्तारको योजना

बागलुङ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ ।
बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक समारोहमा इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको जनाए ।
मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवद्र्धन गर्न सरकार दृढ रहेको उल्लेख गरे ।
सो अवसरमा, गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपलेमुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे ।
उनले भने , ‘अध्यक्ष ढकालले मुलुकका सातवटै प्रदेशसहित विभिन्न ठाउँमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै हुनुहुन्छ । कुनै कुनै ठाउँमा केही अवरोध भएको सुनिएको छ । यदि त्यस्तो हो भने तपाई आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आउनुस् । हामी गण्डकीका जनता थप पर्यटकीय पूर्वाधार निर्माण गर्न तपाईलाई स्वागत गर्दछौ ।’
सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
साथै उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको जनाए।
‘पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउने भएकोले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौँ,’ उनले भने ।
आज उद्घाटन भएको यस होटलले पर्यटक तथा अन्य पाहुनाहरूका लागि स्तरीय सेवा सुविधा उपलब्ध गराउने र यसबाट कालीगण्डकी कोरिडोर मार्फत भारतको सुनौली तथा चीन सँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटकको सख्याँमा पनि उल्लेख्य वृद्धि भई बागलुङ तथा समग्र काली गण्डकी क्षेत्रको पर्यटकीय, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने पनि उनले जनाए ।
कार्यक्रममा संघीय सांसदहरु दिपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरे ।
करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन्।
प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढङ्गले असाधारण अनुभव महसुस हुने गरी तयार पारिएको छ ।
इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने जनाएका छन् । प्रमुख ढकालले भने, ‘इला कम्फर्ट बागलुङमा, हामी केवल कोठाहरू प्रदान गर्दैनौँ हामी हाम्रा पाहुनाहरूलाई उनीहरूको प्रस्थान पछि पनि लामो समयसम्म सम्झन लायक क्षणहरू सिर्जना गर्ने छौँ।’
पोखरा विमानस्थलबाट केवल १.५ घण्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङ बिच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकोले, होटलले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सुविधाजनक पहुँचमा रहेको छ ।
इला कम्फर्ट बागलुङले इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ।
नवलपरासिको गैंडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना छ ।

नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाण्डौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले शनिबार थाइल्याण्डसँग खेल्दैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले शनिबार आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
शृङ्खलामा यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा सोमबार नेदरल्यान्ड्स र नेपालबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...