Page 5

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषदको छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९, २०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०, २०८१)’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
आइतबार गणपूरक नपुगेपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी संसद् बैठक स्थगित भएको थियो । आजकै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक,२०८१’ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
चौथो कार्यसूचीमा ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले नै ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

आज प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै छन् । सोमबार बस्ने प्रदेश सभाको बैठकमा प्रधामनन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो । ओलीले सोमबार नै एमाले दाङले घोराहीमा आयोजना गर्ने जनसभालाइए पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस पछि तुल्सीपुरमा रहेको एक होटेलको उद्घाटन पनि प्रधानमन्त्रीले गर्नेछन् ।

एक जना सांसदले कोरम नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६८ जना सांसद मात्रै उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद आवश्यक हुन्छ । एक जना सांसदले कोरम नपुग्दा संसद् बैठक स्थगित भएको हो ।
अर्को बैठक सोमबार दिउासो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले गणपुरक संख्या यकिन गर्न माग गरेकी थिइन् ।
नागरिक ऐन संशोधन विधेयकमाथि छलफल गरेपछि संसदमा सभामुख देवराज घिमिरेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा सांसद डाँगीले गणपुरक संख्या माग गरेकी हुन् ।
नेपालको संविधानको धारा ९४ मा संसद्मा कुनै पनि विधेयक वा प्रतिवेदन वा कुनै प्रस्ताव प्रस्तुत गर्न एक चौथाइ सदस्य उपस्थित रहेको हुनुपर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार सांसद संख्या यकिन गर्न सांसद डाँगीले माग गरेकी थिइन् ।
कोरमको प्रश्न उठेपछि सभामुख घिमिरेले यकिन गर्न निर्देशन दिए । संसद सचिवालयले गणना गर्दा सभामा ६८ जना मात्रै सांसद रहेको थाहा लाग्यो । त्यसपछि प्रतिनिधि सभाको बैठक अगाडि बढ्न सकेन ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् ।
प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन ।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।
यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो ।
अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो ।
‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो ।
यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
इन्स्योरेन्सले फागुन २७ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता, नाम ‘आईएमई खल्ती’

काठमााडौं । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पे बीच मर्जरको सम्झौता भएको छ । आइतबार दुई कम्पनीबीच मर्जरको लागि सम्झौता भएर स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएको हो ।
भुक्तानी सेवा प्रदायकहरुबीच पहिलो मर्जर हुन लागेको हो । आइएमई ग्रुपको लगानी रहेको आईएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाउने पहिलो कम्पनी समेत हो । यस्तै खल्तीमा इन्टरनेट सेवा प्रदायक वर्डलिंक सहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवाल र उनका अन्य ३ जना साथीहरुको लगानी रहेको छ ।
हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा गएराति भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ ।
शनिबार राति करिब ९ः२६ बजे रेलवे स्टेशनमा भागदौड मच्चिएको थियो । दुर्घटनामा ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटना प्लेटफर्म नम्बर १३ र १४ मा भएको हो ।
प्लेटफर्म नम्बर १४ मा आउँदै गरेको ट्रेन प्लेटफर्म नम्बर १६ मा आइपुग्छ भनेर घोषणा गर्दा त्यहाँ भागदौड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भीडभाडका कारण मानिसहरु निसास्सिएर बसेका थिए । धेरै अचेत भएका थिए भने आतंक मच्चिएको थियो र भागदौड मच्चिएको थियो ।
रेलमन्त्रीले दुर्घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी व्यवस्थाको आवश्यक्तासम्बन्धी प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्नेछिन् ।
यसैगरी, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...