काठमाडौं । अर्थ सचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको वित्तीय स्रोतलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले आम नागरिकलाई कसरी कोषमा आवद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने जनाए ।
सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने अर्थसचिव उपाध्यायले जनाए । आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै अपेक्षा रहेको उनले जनाए ।
कोष सञ्चालक समिति अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिनुपर्ने जनाए । आगामी दिनमा कोषले देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उनले जनाए ।
कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाहरु सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनले जनाए ।
कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले २ करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख पुगेको जनाए । कोषमा आवद्ध करिब ७ लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झट रहित सेवा र कोषको हिसाव किताव चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेको जनाए ।
कोषले लगानी विविधीकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको उनले जनाए । आवश्यकता अनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पुँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने कार्यकारी निर्देशक कार्कीले जनाए ।
चालु आवको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । उक्त स्रोतबाट मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सहायक कम्पनी, सहभागी सापटी तथा आवास कर्जा, ट्रेजरी बिल एवं संगठित संस्थाको सेयर, धितोपत्र लगायतमा २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी रहेको रहेको कार्यकारी निर्देशक कार्कीले जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने जनाए । ढकालले त्यस्ता कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नु पर्नेमा जोड दिए । उनले लगानी कोषको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने जनाए ।
राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माणमा कर्जा विस्तार गर्न नागरिक लगानी कोषलाई सुझाव
ग्लोबल मनी वीक २०२५ ः प्रभु बैंकद्वारा बुर्तिबाङमा र्याली
काठमाडौं । प्रभु बैंकले गण्डकी प्रदेशको बागलुङ्ग जिल्लाको बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना गरेको छ ।
‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं’ भन्ने नाराका साथ आयोजित र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे । उनले बालबालिका बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने जनाए ।
बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको हो ।
माओवादी केन्द्र सरकारमा जाने प्रचार गलत भएको प्रचण्डको कथन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको जनाएका छन् । सरकारमा जाने कुनै नीति नलिएको उनको कथन थियो ।
सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरु नियन्त्रण गर्ने पक्षमा रहेकाले बिमति भएको भन्दै सरकरसँग कुनै मिलन विन्दु नरहेको जनाए ।
उनले भने,‘आजभोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भएरे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि । देशमा संकट आयो विचार गर्छौं । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् । त्यस्तो औपचारिक रुपमा कुरा पनि कसैसँग भएको छैन् । भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो बिमती भएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौं । अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौ ।’
त्यस्तै उनले नेपालमा चुनाव लडेर जित्ने मात्रै सक्षम र नेता हुन्छन भन्ने गलतमान्यता रहेको जनाए। चुनाव नलडेर पनि अध्ययन मेहेनत गरेर विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि रहेको उनको भनाई छ ।
उनले भने,‘मन्त्रीमण्डल बनाउँदा सांसदहरुबाटै बनाउने प्रणालीले सांसद बन्न अत्याधिक खर्च गर्नुपर्ने ,सांसद बनेपछि मन्त्री बन्न करोडौंको चलखेल हुने, मन्त्री बनेपछि सांसद बन्दाको खर्च, मन्त्री बन्दा लगानी गरेको खर्च उठाउनुपर्ने बाध्यता हुने र भ्रष्टाचार संस्थागत हुँदै जाने यो प्रणालीभित्र नै रोग छ । यस्तो प्रणालीगत रोग निको पार्न प्रणालीमानै सुधार गर्न जरुरी छ । नेपालमा चुनाव लडेर जित्ने मात्रै प्रतिभा,सक्षम र नेता हुन्छन भन्ने मान्यता नै गलत छ । चुनाव नलडेर अध्ययन मेहेनत गर्ने विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि हुन्छन् ।’
त्यस्तै उनले जबसम्म पूर्ण समानुपनातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म संघीय लाकतान्त्रिक गणतन्त्रले स्थायित्व नदिने जनाए ।
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा ल्याउने निर्णय
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् ।
सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन् ।
सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घर जग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथअघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।
कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत ऐन २०३४, मालपोत नियमावली, २०३६ तथा जग्गा प्रशासन निर्देशिका, २०५८ बमोजिम सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्वन्धित मालपोत कार्यालयमा पठाइ दाखिल खारेज गराई सरकारका नाममा सम्पत्ति कायम गर्ने निर्णय गरिएको छ ।
गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ ।
‘पाँचजना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, गृहमन्त्रालय कानून महाशाखाका प्रमुख सह–सचिब भरतमणि रिजालले भने,‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भई हाल उक्त अध्यादेश कायम रहेको र प्रस्तुत अध्यादेशको दफा ३ मा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३ पछि थप भएकोले दफा ३ क मा सरकारबाट कार्य सम्पादन भएको मानिने व्यवस्था थप भएको र प्रस्तुत ऐनमा संशोधन भई कायम गर्न दफा ३ क को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बाहेकका विषयमा सम्वन्धित मन्त्री वा मन्त्रीले अधिकार प्रत्यायोजन गरे बमोजिम राजपत्राङ्कित विशिष्ठ श्रेणीको अधिकृतबाट सम्पादन भएको कार्य नेपाल सरकारबाट सम्पादन भएको मानिने गरी व्यवस्था भएकाले सो बमोजिम प्रतिवादीहरुको सम्पत्ति जफत गर्ने निर्णय मन्त्रीज्यूबाट भएको छ ।’
जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानूनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गर्ने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ ।
तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित नभएको प्रचण्डको धारणा
काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको धारण व्यक्त गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले प्रचण्डको फोटो जलाएका थिए।
यसको नेतृत्व गर्ने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौंडा ल्याइएको छ। त्यसलाई संकेत गर्दै प्रचण्डले यो स्टटास लेखेका हुन्।
प्रचण्डले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’
प्रभु बैंकद्वारा घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना
मुस्ताङ । प्रभु बैंक लि। गण्डकी प्रदेशले शनिबार घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्बसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु थियो।
यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ। हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत् छलफल गरेका थिए। कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।
महालक्ष्मी क्यालेन्डर २०८२ को डिजिटल संस्करण सार्वजनिक
काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।
महत्वपूर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।
नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत हेर्न–डाउनलोड गर्न सकिने छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सिद्धार्थ बैंकद्वारा नयाँ अभियान सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले फोन पे र एफ १ सफ्टसंगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।
यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोन पे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने छन् ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्ने छन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
चूडामणि शर्माको मुद्दा न्यायाधीशद्वय रेग्मी र चुडालको इजलासमा
काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको रिट पेसीमा चढेको छ ।
पक्राउ परेपछि उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो ।
यसअघि गत फागुन १९ मा सर्वोच्चले शर्माको मुद्दामा नेपालगन्जस्थित माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टर र पर्वत पुस्तक पसल सप्लायर्सबाट प्रमाण मगाउन आदेश दिएको थियो ।
शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै ९ वर्ष कैदसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो ।
उक्त फैसलाविरुद्ध गत साउनमा उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका थिए । उनले माछापुच्छ्रे बुक्स एन्ड स्टेशनरी सेन्टर, नेपालगञ्जमार्फत पुस्तकहरू विक्री गरी आव २०५८, ०५९ देखि नै आय आर्जन गरेको भनी आय विवरणमा देखाएका थिए ।
तर उक्त पसल २०६२ साउन ४ देखि मात्र दर्ता भई कारोबार गर्न सुरु भएको दाबी अख्तियारले गरेकाले उक्त मितिभन्दा पहिलेदेखि कारोबार गरेको देखिने कर बुझाएको प्रमाण वा अन्य कुनै लिखत प्रमाण भए माछापुच्छ्रे बुक्स एन्ड स्टेशनरी सेन्टर, नेपालगञ्जबाट मगाउन आदेश भएको हो ।
यस्तै पर्वत पुस्तक पसल एन्ड अर्डर सप्लायर्स, नेपालगन्ज कुन मितिमा दर्ता भई कहिलेदेखि कारोबार गरेको वा कर कार्यालयमा कर दाखिला गरेको हो सोको प्रमाण पनि झिकाउने आदेश अदालतले गरेको थियो ।

















