Page 14

नेशनल लाइफ लमजुङद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले लमजुङ शाखा कार्यालयले बीमित स्व. बिबा बोगटीलाई बीमा दावी वापतको चार लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीको लमजुङ शाखा प्रमुख हिरा सिं गुरुङको अध्यक्षता र बेसीशहर नगरपालिका –११ का वडा अध्यक्ष शिब जोसी, चिती प्रहरी चौकी प्रमुख साथै स्थानीय बुद्धिजीवी तथा आम नागरिकको सहभागितामा बीमा दावी रकम हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा, भाषा परीक्षामा लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।
यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ । अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

जनकपुरमा बस दुर्घटना, २० जना घाइते

जनकपुर । जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् । शुक्रबार जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् ।
बस बिसौनीमा रोक्ने क्रममा दुर्घटना भएको ढल्केवर प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादवले जनाए । उनका अनुसार बसमा करिब ३०÷३५ जना यात्रुहरु थिए । बस बिसौनीमा रोक्न खोज्दा बे्रकले काम नगरेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
घाइतेहरुलाई ६ वटा एम्बुलेन्स र प्रहरी भ्यानमा राखेर उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्थाको बारेमा यथेष्ट विवरण लिने काम भइरहेको जनकपुर प्रहरीले जनाएको छ ।

मधेशमा आज हर्षोल्लासका साथ होली मनाइँदै

काठमाण्डौं । होली पर्व शुक्रबार तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा शुक्रबार मनाउन लागिएको हो ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको छ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको हो ।

सुनको भाउ प्रतितोला चार हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको जनाए । “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो ।
अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उनले भने । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

समाजवादी मोर्चाले १५ चैतमा विरोध प्रदर्शन गर्ने

काठमाण्डौं । समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन विरोध प्रदर्शन तथा बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शन तथा बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने निर्णय गरेको नेकपा नेता खड्गबहादुर विश्वकर्माले जनाए ।
बैठकमा संसद भित्र र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय भएको छ ।
‘परिस्थिति एकपछि अर्को गरी जटिल बन्दै गएको विषयमा हामीले छलफल ग¥यौँ । यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत विरोध कार्यक्रम गर्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसअघि तत्कालै वुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग शनिबार छलफल गर्छौँ ।’

साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
“लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उनको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।
साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । आज अपराह्नपछि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । ‘बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ’, मौसमविद् झाले भने, ‘प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जनरचट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।’
बुधबार साँझपख काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।
विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तरराष्ट्रिय उडानतर्फ हवाइजहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए ।

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय महिला टी–२० सिरिजअन्तर्गत आयोजक युगाण्डाको सामना गर्दैछ ।
नेपाली समय अनुसार यो खेल अपरान्ह ४ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।
यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।
फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरे ।
“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ह्याप्पी होली ”

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...