काठमाडौं । नेप्से ३२.२१ अंकले घटेर २७१९.२० अंकमा झरेको छ । सेयर बजारको मापक सूचक नेप्से मंगलबार १.१७ प्रतिशतले घटेको हो ।
बजार घटेको भएपनि १ करोड ५५ लाख कित्ता किचबेचबाट ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबारको सेयर कारोबारमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको भने कारोबार भएन् ।
मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कमाउने कम्पनीमा महालक्ष्मी विकास बैंक छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यो दिन नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी अर्था ६.६९ प्रतिशतले घटेको छ । बजार घटेको दिन विकास बैंक उपसमूहको मात्रै सूचक १.९३ प्रतिशतले सकारात्मक रहेको छ भने बाँकी सबैको सूचक घटेको छ ।
शेयर बजारमा ३२ अंकको गिरावट, कारोबार रकम ८ अर्ब ३९ करोड
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाबाट आ.व. ०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आवको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ का दरले हुन आउने रकम रु. २१,८७,६३,७७३।– बराबरको नगद लाभांश समेत पारित गरियो । यसै साधारणसभाबाट आव ०८१–८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरियो ।
उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको जनाए । साथै उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।
त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको जनाए ।
त्यस्तै साधारण सभामा शेयरहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले ८.७५ नगद लाभांस प्रदान गरेकोमा अधिकांश शेयरधनीहरुले खुशी व्यक्त गरेका थिए ।
साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता
काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।
यस पहलले एन्टी मनी लाउन्डरिङ प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।
यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्दति अवलम्बन गर्न सक्षम बनाउनेछ ।
सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनिकरण (एएमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मङ्गलवार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।
प्रधानमन्त्रीले आज कोशी प्रदेशसभामा सम्बोधन गर्ने
काठमाडौं । आज कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेको छ।
विपक्षी दलहरुले भने विभिन्न सर्तहरु अघि सारेका छन्। मुख्यमन्त्रीले उनीहरुसँग छलफल गरिरहेको बुझिएको छ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । प्रनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।
पार्टी एकढिक्का भए बहुमत ल्याउन सकिने देउवाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकढिक्का भएको खण्डमा एक्लै बहुमत प्राप्त गर्न सकिने दाबी गरेका छन् । सोमबार धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् ।
‘कुनै पनि पार्टीले बहुमत प्राप्त गर्नु सजिलो छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत हामीसँग छैन । भोलि पनि हुने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, सच्चा खण्डमा एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ ।’
यसका लागि पार्टीभित्र भएका आपसी मतभेद र असमझदारी अन्त्य गर्नुपर्ने देउवाको भनाइ छ ।
‘सबै पार्टीका साथिहरूलाई आफ्नो मतभेद, आपसी असमझदारी र आपसी प्रतिस्पर्धालाई एउटा बाटोमा राखेर प्रतिस्पर्धा हुनु आवश्यक छ । यसैबाट पार्टीलाई हानी हुन दिन हुँदैन । हामी सबै लागेको खण्डमा बहुमत आउन सक्छ ,’ देउवाले भने ।
सुदूरपश्चिमबाटै पार्टीलाई बहुमत ल्याउने अभियानको सुरुवात गर्न उनले नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
भोलि प्रचण्डले संसद्मा सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदलाई सम्बोधन गर्ने भएका छन् ।
आज सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा भोलिको प्रतिनिधिसभा बैठकमा सम्बोधनका लागि प्रचण्डले समय माग गरेका र समय तय गरिएको हो ।
नीति निर्माताले निजी क्षेत्रलाई निरुत्साहित गर्न नुहुने चन्द्र ढकालको धारणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने धारणा व्यक्त गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको जनाए ।
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको जिकिर गरे ।
सरकारले उद्योग व्यवसायीहरुले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने उनको भनाइ छ ।
‘रियल रोजगारी सिर्जना गर्ने प्राइभेट सेक्टर नै हो । आएलओका अनुसार करिव ८६ प्रतिशत रोजगारीको सिर्जना निजी क्षेत्रले दिएको छ । हामीले पहिलो प्राथमिकता उद्योग व्यवसाय बढाउने किसिमको वातावरण बनाउनु पर्यो । नेपाल सरकारका पोलिसी मेकरहरु यहाँहरुले वास्तवमा के गर्नु पर्यो भने र, वा, कमा, फुलस्टपको कारणबाट निजी क्षेत्रलाई डिसकरेज गर्नु भएन,’ उनले भने, ‘जब निजी क्षेत्रले निर्धक्कसँग काम गर्न सक्छ निर्धक्क रुपले उद्यमशीलता बढाउन सक्छ तब मात्रै रोजगारीको अवसर प्राप्त हुने भएको हुनाले त्यो वातावरण सिर्जना गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ढकालले उद्योग व्यवसाय बढाउन सकिने वातावरण निर्माण गर्नसके रोजगारी वढाउन सकिने र सोचे जस्तै पारिश्रमिक र सुविधा व्यवस्था गर्न सकिने जनाए ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक सभा भोलि बस्दै
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन २७ गते अर्थात भोलि वार्षिक साधारण सभा बोलाएको छ ।
सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०, ८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१, ८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

















