Page 20

माओवादी अभियानको आजदेखि नयाँ तालिका

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को जारी जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको समय र मिति परिवर्तन भएको छ । फागुन १२ देखि जारी अभियानको तालिका बिहीबारदेखि केही हेरफेर भएको छ ।
अभियान कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका परिवर्तन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
जसअनुसार महोत्तरीमा बिहीबार अभियान सकेर सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६ र चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन २८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम) मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।
चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन । यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब चैत १२ गतेमात्रै सकिने भएको माओवादीले जनाएको छ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानमा जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट भइरहेको छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएको छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।
यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।
अभियानअनुसार यसअघि फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहा र धनुषामा आइतबार कार्यक्रम भएको थियो ।

प्रतिनिधि सभाबाट ५ अध्यादेश स्वीकृत

काठमाण्डौं । सरकारले ल्याएका ५ वटा अध्यादेश प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकबाट विभिन्न ५ अध्यादेश स्वीकृत भएका हुन् ।
गत पुस १४ गते जारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र पुस २९ गते जारी भएका थप ४ अध्यादेश संसद्बाट स्वीकृत भएका छन् ।
पुस २९ गते सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको थियो ।
प्रतिपक्षी दलको विरोधका बाबजुद बुधबारको संसद् बैठकले अध्यादेशहरू बहुमतबाट स्वीकृत गरेको छ ।
बुधबार स्वीकृत भएका अध्यादेश बिहीबारको राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची छ ।
माघ २ गते जारी भएको भूमि सम्बन्धी अध्यादेशलाई भने थन्क्याइएको छ । जसपा नेपालले विरोध जनाउँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकारले प्रतिनिधिसभा बैठकमा भूमि अध्यादेशलाई निर्णयार्थ पेश गरेन ।

मनव अधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिकहकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् ।
बुधवार राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागीतामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने दाबी गरेका हुन् ।
उनले भने,‘अहिले व्यवस्थामा परिवर्तनसँगै अवस्थामा परिवर्तन भइसकेको तर फेन्सी (नक्कली) मानव अधिकारका कुरा गर्नेहरु पनि देखिएका छन् । सरोकार नभएको, अर्थ र मर्म थाहा नभएको वा थाहा पाएर पनि बोल्नका लागि बोल्नेहरु छन् । सत्य कुरा बोल्दा मानव अधिकार रक्षकहरुलाई अमानवीय धम्की दिने असामाजिक क्रियाकलाप भएका छन् ।’
प्रधानमन्त्री ओलीले थप भने,‘अहिलेको सरकारले मानव अधिकार हनन्कर्ताहरुलाई कानुनको दायरामा ल्याउँछ । नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थ रुपमा मानवअधिकार स्थापित हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । प्राकृतिकरुपमा सुन्दर र उर्बर भूमि नेपालका हरेकको नागरिकको जीवन सहज, विभेदरहित, निर्भय र शान्तिपूर्ण हुनुपर्छ भन्नेमा स्पष्ट छ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका शहिदहरुको त्याग र बलिदानबाट आज मुलुकमा मानव अधिकार सुनिश्चितताको स्थिति भएको उल्लेख गरे ।
पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा जेल सार्ने बहानामा वि.सं. २०२९ आजकै दिन झापाको सुखानीको जंगलमा लगेर हत्या गरिएका शहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ तथा अन्य कालखण्डका शहिदहरुलाई सम्झँदै प्रधानमन्त्री ओलीले जनताको अधिकारका लागि लागेकालाई मुत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरुले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको जनाए ।
उनले आफू स्वयंले कठोर जेल यातना भोगेकाले अहिलेको सरकारको पहिलो कर्तव्य मानव अधिकारको रक्षाहुने स्पष्ट गर्दै विश्वयुद्ध प्रारम्भ हुँदाताका नै नेपालमा मानव अधिकारको अभियान प्रारम्भ भएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले कागजमा लेखिएको मानव अधिकारले खान लाउन नदिने भएकाले गरिबी र भोकमा तड्पिएका बालबालिका र सबैले खाना लाउन पाउने अधिकारका लागि आफूहरुले काम गर्नुपर्नेमा जोड दिए ।

आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् प्रस्ताव राखेका थिए । सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
त्यसअघि सांसद डा स्वर्णिम वाग्ले राखेको उक्त अध्यादेश अस्वीकृतको सूचना बहुमतले अस्वीकृत भएको छ । अध्यादेशका विरुद्ध विरोधको सूचना दिने क्रममा आएका जिज्ञासाको उत्तर दिँदै मन्त्री पौडेलले प्रक्रियागत ढंगले नै अध्यादेश आएको जिकिर गरे । अध्यादेश ल्याएर सरकारले संसदको अपमान नगरेको भन्दै उनले संसदलाई कुण्ठा व्यक्त गर्ने थलो भन्दा बिचार राख्ने थलो बनाउन आग्रह गरे ।
उनले सदन नचलेका बेला अध्यादेश ल्याउन पाउन सरकारको अधिकार भएको जनाए । सदनमा अध्यादेश प्रस्तुत गर्दा अपमान हुन्छ भने लोकतन्त्र खोज्न जङ्गल जाने ? भन्दै उनले प्रश्न गरे । उनले सरकारले ल्याएको अध्यादेश पास गर्ने क्षमता सरकारसँग रहेको धारणा राखे । त्यस्तै उनले समयभित्रै नेपाललाई ग्रे लिस्टबाट हटाउने दाबी गरे ।
बैठकमा अध्यादेशको विरोधको सूचना दिने क्रममा विपक्षी दलका सांसदहरूले अर्थ समितिमा विधेयक छलफलमा रहँदा अध्यादेश ल्याएको भन्दै तत्काल नैतिकताका आधारमा राजीनामा गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।

लक्ष्मी सन्राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको सयमसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बिक्री नभएपछि चैत ३ गतेसम्म म्याद थप गरेको छ । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आज बस्दैछ । बैठक बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको थियो ।
आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुनसक्ने जनाइएको छ ।

आज साँझ साढे ६ बजे बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने जनाईएको छ ।

प्रतिनिधिसभा बैठक १ बजे बस्दै, आज ५ अध्यादेश पेश हुने

काठमाडौं । प्रतिनिधिसभामा आज ५ वटा अध्यादेश पेश हुने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यदेशमध्ये भूमिसम्बन्धी अध्यादेश पेश हुनेछैन।
आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन्।
आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ।
यस्तै, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन्। साथै उनले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
नेकपा माओवादीका सांसद माधव सापकोटाले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने, डा. स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
यसैगरी रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै डा. चन्दा कार्कीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछिन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

कांग्रेस र एमालेलाई फकाएर सत्तामा नजाने प्रचण्डको दाबी

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा नभएको दाबी गरेका छन् । मंगलबार कैलालीको टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनअघि सत्तामा नजाने दाबी गरेका हुन् ।
‘कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीलाई कहिले एमाले त कहिले कांग्रेसको रोग सर्‍यो । दुवै पार्टीसँगको सहकार्यमा हामीलाई लागेको रोगको उपचार गर्न तपाईंहरू समक्ष आएका छौं’, प्रचण्डले भने, ‘अब हामी विगतमा जस्तो कांग्रेस वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौं । जनताको विश्वास जितेर माओवादीलाई देशको एक नम्बर पार्टी बनाएर सुशासनको पक्षमा लाग्नेछौँ ।’
उनले २०८४ सम्म अहिलेको सरकार आवश्यक नभएको समेत जनाएका छन् । कांग्रेस र एमालेले संविधान उल्टाउन खोजेको आरोप लगाउँदै उनले उत्पीडित वर्गको थप अधिकारका लागि माओवादी आन्दोलनमा एकाकार हुन आवश्यक रहेको उल्लेख गरेका छन् । आफूले जोखिम उठाएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई रिहा गरेको प्रचण्डले जनाए ।
‘टीकापुर घटनामा मुख्य दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका उहाँ (रेशम) लाई मैले पटकपटक कारागारमा भेटेको थिए । मैले नै मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिलाई भनेर उहाँलाई छुटाएको थिए,’ प्रचण्डले भने, अहिले रेशम कता छन् त्यो थाहा छैन तर ‘रेशमबाट धेरै हुन्छ भनेर सोच्नुभएका साथीहरूलाई उहाँलाई पनि ल्याएर माओवादीमा आउनुभयो भने भलो हुन्छ ।’
टीकापुर घटना थारु पहिचानका लागि भएको आन्दोलन भएको जनाउँदै उनले त्यसको सम्मान गर्ने जनाए । थारु समुदायले जनयुद्धमा समेत ठूलो त्याग र बलिदान गरेको उनको भनाइ थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...