काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाललाई यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने व्यवस्था गरिएको छ ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिन अर्थात् चैत १४ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंकोमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने पनि कम्पनीले जानकारी दिएको छ ।
सानिमा रिलायन्सको १५.६३ लाख कित्ता संस्थापक शेयरको बिक्री खुल्यो
दाङको टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।
साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिईन ।
विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाज अवतरण गर्न सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।
साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले जनाईन ।
त्रिविको स्ववियु निर्वाचन कार्यतालिका आजदेखि लागू
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ संगठन समूह दर्ताको कार्यक्रम राखिएको छ।
निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घरसङ्गठनरसमूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्षरसभापतिरसंयोजकरप्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।
केपी ओली कपको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै
काठमाडौं । केपी ओली कपको आज फाइनल खेल आज हुँदैछ ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै, शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
फाइनल खेल अवलोकनका लागि इटालीलाई विश्वकप जिताएका लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् ।
आज फाइनल खेलअघि दशरथ रंगशालामा सांगीतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।
पाथीभरा केबलकार विवाद समाधान गर्न एमालेको ध्यानाकर्षण
काठमाडौं । नेकपा (एमाले) ले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
आइतबारको सचिवालय बैठकको निर्णय सुनाउँदै स्थानीय, जनप्रतिनिधि लगायतसँग छलफल गरी समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
“केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको छ,” उनले भने ।
बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य सिलवालले पाए सफाइ
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
आज विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलावाललाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नागरिक लगानी कोषमा सहभागीलाई गंगालाल अस्पतालमा विशेष छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रमा विशेष छुट हुने भएको छ ।
अस्पतालको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
छुट सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अब ७७ वटै जिल्लामा पुग्यो प्रभु बैंक, दार्चुलामा नयाँ शाखा सञ्चालन
काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजेदखि ३१२औं शाखा दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा सञ्चालनमा ल्याएको छ ।
दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।
बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ ।
बैंकको दार्चुला शाखा कार्यालयको उद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि गर्यो ‘वाकाथन’
काठमाडौं । महालक्ष्मी विकास बैंकले बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि वाकाथन सम्पन्न गरेको छ ।
फागुन १५, १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे । यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइयो ।
बैंकले १०३ शाखाहरू संचालन गर्दै ८००,००० ग्राहकहरूमा सेवा पुर्याइरहेको विज्ञप्तिमा उल्लेख छ ।
बैतडीमा गोली हानेर युवकको हत्या
धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अaस्पतालमा मृत्युु भएको मिश्रले जनाए ।
उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।