Page 22

सानिमा रिलायन्सको १५.६३ लाख कित्ता संस्थापक शेयरको बिक्री खुल्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाललाई यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने व्यवस्था गरिएको छ ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिन अर्थात् चैत १४ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंकोमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

दाङको टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।
साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिईन ।
विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाज अवतरण गर्न सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।
साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले जनाईन ।

त्रिविको स्ववियु निर्वाचन कार्यतालिका आजदेखि लागू

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ संगठन समूह दर्ताको कार्यक्रम राखिएको छ।
निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घरसङ्गठनरसमूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्षरसभापतिरसंयोजकरप्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।

केपी ओली कपको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै

काठमाडौं । केपी ओली कपको आज फाइनल खेल आज हुँदैछ ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै, शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
फाइनल खेल अवलोकनका लागि इटालीलाई विश्वकप जिताएका लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् ।
आज फाइनल खेलअघि दशरथ रंगशालामा सांगीतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।

पाथीभरा केबलकार विवाद समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले) ले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
आइतबारको सचिवालय बैठकको निर्णय सुनाउँदै स्थानीय, जनप्रतिनिधि लगायतसँग छलफल गरी समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
“केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको छ,” उनले भने ।

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य सिलवालले पाए सफाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
आज विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलावाललाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

नागरिक लगानी कोषमा सहभागीलाई गंगालाल अस्पतालमा विशेष छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रमा विशेष छुट हुने भएको छ ।
अस्पतालको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
छुट सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अब ७७ वटै जिल्लामा पुग्यो प्रभु बैंक, दार्चुलामा नयाँ शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजेदखि ३१२औं शाखा दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा सञ्चालनमा ल्याएको छ ।
दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।
बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ ।
बैंकको दार्चुला शाखा कार्यालयको उद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि गर्यो ‘वाकाथन’

काठमाडौं । महालक्ष्मी विकास बैंकले बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि वाकाथन सम्पन्न गरेको छ ।
फागुन १५, १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे । यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइयो ।
बैंकले १०३ शाखाहरू संचालन गर्दै ८००,००० ग्राहकहरूमा सेवा पुर्याइरहेको विज्ञप्तिमा उल्लेख छ ।

बैतडीमा गोली हानेर युवकको हत्या

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अaस्पतालमा मृत्युु भएको मिश्रले जनाए ।
उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...