Page 10

एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो

काठमाडौं । एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १६.२७ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १७.२३ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ४९ करोड रुपैयाँ छ ।
लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम पहिले ८० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २९ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८६ बाट बढेर ४.४७ प्रतिशत पुगेको छ ।
प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ । आधार दर पहिले ९.१५ प्रतिशत रहेकोमा अहिले ६.४९ प्रतिशत छ । वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

राप्रपाले आज प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शनको तयारी गरेको छ । गत साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शनको तयारी गरेको हो ।
गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि प्रदर्शनमा संलग्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको रिहाईको मागसहित राप्रपाले बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने जनाईएको छ ।
यसैबीच, निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैहृय नहुने स्पष्ट पारेको हो ।
‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सहृय नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सुचित गरिन्छ । साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

काठमाडौं । समन्यायीक समाज नेपालले सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पूजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।
समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पूजाकुमारी घरबाट राति एक्कासि बेपत्ता भएपश्चात् घरदेखि एक किलोमिटर दक्षिणतर्फ तिनगक्षियोंमा यही वैशाख २ गते मङ्गलबार मृत भेटिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको हो ।
समाजले दलित महिलामाथि हुने यौन हिंसा र त्यसले जन्माएको मृत्युको दुःखद् घटनाप्रति विरोध गर्दै घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन नेपाल सरकार, प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।
त्यसैगरी, समाजले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३ जगतपुर, दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माथि यौन दुर्व्यवहार तथा बलात्कार प्रयासपश्चात् आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा यही वैशाख ३ गते मृत फेला परेको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
पीडितले युवा २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी गर्न प्रयास गरेपछि प्रहरीमा उजुरी दिएको तर प्रहरीले जाहेरी लिन नमानेको देखिएको छ । घटनाको गम्भीर अध्ययन गरी दोषीलाई कारबाही गर्न समाजको आग्रह छ ।

शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी, रमिता बढी भयो, अब स्कूल फर्किनुस्

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनप्रति कडा टिप्पणी गरेकी छन् ।
उनले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै शिक्षक आन्दोलनप्रति रोषक प्रकट गरेकी छन् । उनले मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लागेर शिक्षक, सरकार र संसद्को बीचमा समन्वय र संवाद गराउनु पर्‍यो भनेर धेरै कोणबाट प्रयास गरे पनि शिक्षकहरू संवाद गर्न तयार नरहेको टिप्पणी गरेकी छन् ।
‘उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिल्यै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौं भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र?’, झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘विधेयक पास गर्ने संसद् र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ ? राज्यको तलब खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’
उनले आन्दोलन रोकर अब विद्यालय फर्किन शिक्षकहरूलाई आग्रह गरेकी छन् । सरकार र संसद्लाई विश्वास गर्न पनि उनले आग्रह गरेकी छन् ।
‘सर, मेडमहरू अब विद्यालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसद्लाई विश्वास गर्नुस् । जिम्मेवार नेता साथीहरू ऐक्यवद्धताको रमिता तपाईंहरू पनि नगर्नुस् । बल र कोर्ट दुवै तपाईंकै खुट्टामा छ’, झाँक्रीले लेखेकी छन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् ।

आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाण्डौं । देशभरका २२ लाख बालबालिकालाई शनिबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । भिटामिन ए र जुकाको औषधि आइतबार पनि खुवाइने छ ।
बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ए र जुकाको औषधि खुवाइने गरिन्छ ।
जुका सरसफाइको अभावले हुने गर्दछ । यसले आन्द्रामा घाउ बनाएर त्यसबाट पोषक तत्त्व सोस्ने गर्छ । बालबालिकालाई बिस्तारै कुपोषित बनाउँदै जान्छ ।
कर्बोहाइट्रेड, फ्याट (चिल्लो), प्रोट्रिनलाई बढी खाइए पनि सूक्ष्मपोषक तत्त्व कम मात्रामा खाइने हुँदा भिटामिन ‘ए’ को कमी हुने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल जनाउँछन ।
‘बालकालिकामा भिटामिन ए अभाव भयो भने दृष्टिमा असर पर्न सक्छ । रतन्धो, आँखामा घाउ भएर दृष्टिविहीन हुने समस्या पहिला धेरै देखिन्थ्यो । यसलाई न्यूनीकरण गर्न पाँच वर्षमुनिका बालबालबलिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा जुकाको औषधि र भिटामिन ए खुवाइने गरिन्छ ।
भिटामिन ए र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिन्छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यस पटक राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।
२०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ए कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।
प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
आँखाको देख्ने शक्तिलाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका सङ्क्रामक रोगहरूबाट बचाइराख्न भिटामिन ए आवश्यक पर्दछ । भिटामिन एको कमीले गर्दा नेपालमा प्रतिदिन एक जना बालबालिका अन्धो हुने गरेको सरकारी तथ्याङ्क छ ।

कक्षा १२ को परीक्षा सरेको छैन ः परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सरेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।
शिक्षक आन्दोलनका कारण परीक्षा सरेको भन्दै चलाइएको हल्लामा सत्यता नरहेको बोर्डले स्पष्ट पारेको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ ।
‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पर्सिसम्म दर्ता हुन नआए फेसबूक बन्द गर्ने सञ्चारमन्त्रीको चेतावनी

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता हुन नआए फेसबूक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाण्डौंमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्मले नेपालको नियम मान्नुपर्ने जनाउँदै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने जनाए ।
सञ्चार मन्त्रालयले चैत ७ गते सूचना निकालेर १ महिनाभित्र फेसबूक दर्ता हुन आह्वान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको १ महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबूक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको स्पष्ट पारे ।
सामाजिक सञ्जाल सम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको उनले जनाए ।

देश विकासमा पूर्वाग्रह राख्न आवश्यक नभएको प्रधानमन्त्रीको धारणा

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन् ।
नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने जनाए ।
“अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।’’, प्रधानमन्त्री ओलीले भने, “विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भू–भाग भएको जनाए ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।

 

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् ।
एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।
एनसेल एपमार्फत रु. १०० देखि रु. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । यस्तै, रु. २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन ।
यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरुले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरि त्यसको फाइदा लिन सक्छन् । ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको छ ।
एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । साथै ग्राहकले प्याकहरु उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधाहरू उपयोग गर्न सक्छन् ।
अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश छन् ।
विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरुका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ ।
एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लाभ लिन सक्छन्।

 

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ ।
उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...