काठमाण्डौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्छन् ।
विगतका कामको समीक्षा गर्दै कमजोरी सुधार गरेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलनसमेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउनको लागि योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन् । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ ।
आजबाट नयाँ वर्ष २०८२ शुरू, शुभकामना आदानप्रदान गरी मनाईंदै
तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र
काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् ।
नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।
‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’
पूर्वराजामाथि पनि प्रश्न उठेका बेला उनले त्यस घटनाबारे धारणा सार्वजनिक गरेका हुन् । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ जनगुनासो, राम्रो नराम्रो गुणगान सुन्ने संस्कार हुन्छ’, ज्ञानेन्द्रले भनेका छन् ।
एमालेले बोलायो भोलि बिहान साढे ११ बजे सचिवालय बैठक
काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार बिहान साढे ११ बजेका लागि डाकिएको हो ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
काठमाण्डौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।
आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेशको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो ।
भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।
रवि पत्नि निकिता पौडेल आफै गएर निवेदन दर्ता गराएकी थिइन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न दिएको आदेश उल्ट्याउदै उच्च अदालत बुटवल तुलसीपुरले चैत २२ गते थुनामा राख्न आदेश दिएको थियो ।
वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले तोके ब्याजदर
काठमाण्डौं । नयाँ वर्ष २०८२को पहिलो वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।
२० वटा वाणिज्य बैंकहरूमध्ये अधिकांशले ब्याजदर स्थिर राखेका छन् ।
१६ वटाले बैंकले चैत महिनाको ब्याजदरलाई वैशाखमा पनि यथावत् राखेका छन् भने ३ बैंकले ब्याजदर घटाउँदा १ वटाले बढाएको छ।
कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले वैशाखका लागि व्याजदर घटाउँदा एभरेष्ट बैंकले बढाएको छ ।
चैतमा ६ प्रतिशत ब्याजदर रहेको एभरेष्ट बैंकले वैशाख महिनामा ६.६१ प्रतिशत पुर्याएको छ ।
यस्तै व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याज दिँदै आएको कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.९२ प्रतिशत र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिने भएको छ ।
यस्तै सानिमा बैंकले ब्याजदर घटाएर वैशाखमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याज दिने छ। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाउँदै ५.१५ प्रतिशत पुर्याएको छ।
ग्लोबल आईएमई बैंकले ६ कृषि विकास बैंकले ५.५, हिमालयन बैंकले ५.५, लक्ष्मी सनराइज बैंकले ५.७५, माछापुच्छ्रे बैंकले ६ ,एनएमबि बैंकले ६.६ , प्राइम कमर्सियल बैंकले ६.२५, प्रभु बैंकले ६.१०, राष्ट्रिय वाणिज्य बैंकले ६, नेपाल एसबीआई बैंके ५.५, सिद्धार्थ बैंकले ६ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याजदर दिने छन्। यी बैंकहरुले चैत महिनाका ब्याजदरलाई निरन्तरता दिने छन् ।
सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो छुटैछुटको योजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गतेदेखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।
सो योजना अन्तरगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाईन मार्फत रु १,००० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइने छ । यसैगरी सिटिजन्स मोबाईल बैंकिङ मार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक प्रदान गरिने छ ।
साथै फोन पे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआरमार्पmत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई रु १,८०० सम्म क्यासब्याक प्रदान गरिने छ । साथै बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बंैकिङ्ग मार्पmत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा रु ५० क्यासब्याक उपलब्ध पाउनु हुनेछ । साथै बैंकको एक मोबाईल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ ।
वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।
देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कोषको ९७ करोड रुपैयाँ इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव गरेको हो ।
यसमध्ये क वर्गका वाणिज्य बैंकमा ७७ करोड ७६ लाख रुपैयाँ, ख वर्ग स्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्न योग्य रकम रहेको जनाएको छ ।
उक्त लगानी योग्य रकम प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा हुनुपर्ने जनाइएको छ ।
साथै बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको साथै निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
प्रभु क्यापिटलको नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाईने विविध चाडपर्व तथा सांस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेको छ ।
क्यालेन्डरमा क्यापिटलले दिने सेवा बारे ग्राहक महानुभावहरूलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ । उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुबिधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको छ ।
कुनै पनि कम्पनीका प्रथमत् कर्मचारी नै ब्रान्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारी मार्फत नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रडक्ट तथा योजनाहरु क्यालेन्डरमा प्रस्तुत गरेको छ । यसका साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चाँडपर्वहरुमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहार स्वरुप भविष्यमा लगानी वृद्धि हुदै जाने खालका वित्तीय साधनहरु दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरुले वित्तीयसुरक्षा समेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिएको छ ।
मर्चेन्ट सम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादी स्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुबिधा दिएको छ भने ग्राहकले अनलाईन मार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने छन् ।
ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु
भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
टी–२० आई सिरिजको फाइनलमा नेपाल र कुबेत भिड्दै
काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा आज नेपालले फाइनल खेल कुबेत सँग खेल्दैछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो ।
आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ । हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।
लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको बर्षाका कारण रद्द भए पनि तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता, हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग भिडन आएको हो । समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

















