काठमाडौं । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् ।
मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले मोर्चा घोषणा गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न। गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू रहेका छन् ।
घोषणा कार्याक्रममा वितरण गरिएको विज्ञप्तिमा राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा–सुविधानहरू जनतामा पुर्याउन प्रदेशलाई सक्षम बनाई स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने प्रतिबद्धताहरू पनि उल्लेख गरिएको छ ।
मोर्चाले विगतमा नेपाल सरकार र आन्दोलनकारी शक्तिहरूबीच गरिएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौतका साथै अन्य राजनीतिक दल, संगठन र सरकारबीच गरिएका सहमति तत्काल कार्यान्वयन गराउने उद्देश्य राखेको छ ।
मोर्चाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, जनआन्दोलन, मधेश जनविद्रोह र आन्दोलन, थरुहट, लिम्बुवानलगायत विभिन्न आन्दोलनमा पक्राउ गरी राज्यले मुद्दा लगाएका बन्दीहरूलाई रिहाइको माग गरेको छ ।
मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा
प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
बैंकक । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैंककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग भुटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो । उनीहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
कुलमानको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आज न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निर्वाध काम गर्ने बाटो खुलेको छ । इजलासले रिटलाई अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश भने दिएको छ ।
त्यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको मुद्दामा पनि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो ।
सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले टुङ्ग्याएको छ ।
सभाका अध्यक्ष कुनाल कयालले सभालाई सम्बोधन गर्दै उपस्थित सम्पूर्ण शेयरधनीहरुले राखेर कुराको जवाफ दिदै आउँदो सभा समयमै सम्पन्न गर्ने र कम्पनीको व्यवसाय बृद्धिको लागि व्यवस्थापक तथा सम्पूर्ण सञ्चालक कटिबद्ध भएर लागेकोे जनाएका छन् ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।
महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रुपमा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ द्वारा ग्राहक केद्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मुल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।
विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ ।
यस सम्मानको प्राप्ती सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणाली भित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ ।
कर्पोरेट खबरद्वारा आयोजित इश्वरलाल १७ औं कर्पोरेट बिजनेश अवार्ड २०२५ कार्यक्रममा शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
बाक्लो तुवाँलोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित
काठमाडौं । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान अवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।
आज बिहान निर्धारित धेरैजसो उडान प्रभावित भएका थिए । अहिले पनि आकासमा केही फन्को मारेपछि मात्र जहाजहरूले अवतरणको मौका पाइरहेको देखिन्छ ।
आज बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन् ।
विमानस्थलका अनुसार बुद्ध एयरका तीन वटा माउन्टेन फ्लाइटमध्ये दुइटा भैरहवा र एउटा जनकपुर डाइभर्ट भएका छन् ।
त्यस्तै यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा डाइभर्ट भएका छन् ।
ताला फोडेरै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यकक्ष प्रवेश गरेका छन् ।
उनलाई रोक्ने मेयर बालेन शाहको योजना असफल पार्दै उनी कर्मचारीको सहयोगमा कार्यकक्षमा प्रवेश गरेका हुन् ।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने जनाए । महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए ।
ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा प्रवेश गराएका हुन् ।
आजै गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो। छलफलमा वडाध्यक्षहरू पनि सहभागी थिए। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएनन्।
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् ।
‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्, ‘ विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।’
पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो ।
रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।