Page 23

रेविका र दिनेशलाई झुक्किएर गोली लागेको प्रहरीको स्पष्टिकरण

काठमाडौं । घर फर्किँदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले जनाएको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनमा चैत्र १५ गते भएको घटनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा उनीहरुमाथि झुक्किएर गोली लागेको जनाएको हो ।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो। उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’
प्रहरी प्रवक्ता आचार्यका अनुसार लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्‍ने स्पष्टीकरण दिएका छन् ।

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । मङ्गलवार सुनुवाइ नभएपछि बुधबारका लागि पेसी तोकिएको थियो ।
रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।

सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच संझौता

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले यापिटल हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबिच छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडकस्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

 

सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा भोलि

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले भोलि अर्थात चैत २१ गते बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छ्न।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा रिलायन्सको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गराएको छ ।
कम्पनीको चैत ८ गतेको आठौं वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको हो ।
फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गरेका छन् । साधारणसभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेको थियो ।
त्यस्तै २५ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि नगद लाभांश बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।
साथै सातौं वार्षिक साधारणसभाबाट पारित १८.३८११ प्रतिशत बोनस शेयरमा लाग्ने लाभांश कर नतिरेका शेयरधनीको हकमा चालू आवमा वितरण गरिने नगद लाभांशमा कट्टा गरी हितग्राही खातामा जम्मा गरिनेछ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रदूषित शहरको सूचीमा काठमाण्डौं दोस्रो स्थानमा

काठमाण्डौं । प्रदूषित शहरको सूचीमा काठमाण्डौं बुधबार विश्वको दोस्रो स्थानमा परेको छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डौंका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ ।
बुधबार आईक्यू एअरको तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डौं विश्वकै दोस्रो नम्बरमा परेको हो  ।
एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।
मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ ।
वायु प्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायु प्रदूषणले निम्त्याउने भएकाले सजग रहन विभागले आग्रह गरेको छ ।
विभागले थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्न, फोहोर नजलाउन, धेरै धुवाँ फ्याँक्ने गाडीको नियमित जाँच र मर्मत गर्न, उद्योग तथा कलकारखानामा स्वच्छ उर्जा प्रयोग गर्न आग्रहसमेत गरेको छ । वायु प्रदुषण धेरै हुँदा भिजिबिलिटी कम भएर हवाई उडानसमेत प्रभावित बन्ने गरेको छ ।
धुवाँधुलोसहितको प्रदूषण बढ्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु पनि मुख्य कारण रहेको मौसमविद्ले जनाएका छन् । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले सुक्खा खडेरीसँगै डढेलो पनि बढ्ने भएकाले प्रदूषण कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ ।
थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो ।
यस अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री शिनावातसँग भेटवार्ता गर्दै छन् ।
दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
यसैगरी, दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बैंककमा ओली र मोदीबीच शुक्रबार ४ बजे भेटवार्ता हुने

काठमाण्डौं । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने तय भएको छ ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी छैटौं बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा छन् ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार बैंकक प्रस्थान गरेका हुन् ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षमा नेपाली प्रधानमन्त्रीको थाइल्याण्डको यो पहिलो औपचारिक भ्रमण हो ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड भ्रमण गरेका प्रधानमन्त्री ओलीले एक दिने औपचारिक भ्रमणमा पनि छन् ।
औपचारिक भ्रमणका क्रममा बुधबार दुई सरकारबीच सम्झौता र नेपाल र थाइल्याण्डका निजी क्षेत्रहरूबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुँदैछ । यी सम्झौताहरूले संस्कृति, पर्यटन र कृषि लगायतका क्षेत्रहरूलाई समेट्नेछन् ।
गत असारमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमणको खोजीमा छन् । बैंककमा मोदीसँगको उनको भेट बहुपक्षीय मञ्चमा उनीहरूबबीचको दोस्रो भेट हुनेछ । दुई प्रधामनन्त्रीले यसअघि गत सेप्टेम्बरमा न्यूयोर्कमा राष्ट्रसंघीय ७९ औं महासभाको क्रममा साइडलाइन भेटेवार्ता गरेका थिए । त्यसयता उनीहरूबीच भेटवार्ता भएको छैन ।
बैंककमा रहेका नेपाली अधिकारीहरूका अनुसार शुक्रबार स्थानीय समय अनुसार दिउँसो ४ बजे बैंककमा दुई प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली अधिकारीहरूले बैंककमा ओली र मोदीबीच भेटवार्ता हुने आशा गरेका छन् । ओलीको लामो समयदेखि प्रतिक्षा गरिएको भारतको औपचारिक द्विपक्षीय भ्रमणको लागि यो भेटवार्ताले मार्ग प्रशस्त गर्ने विश्वास पनि अधिकारीहरूले गरेका छन् ।
ओली प्रधानमन्त्री भएपछि न त उनको भारत भ्रमण सुनिश्चित भएको छ न त भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नै तय भएको छ । गत भदौमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । तर ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमण दुवै भएको छैन ।
भारतीय प्रधानमन्त्री मोदी बाहेक प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको क्रममा अन्य बिमस्टेक नेताहरूसँग पनि साइडलाइन भेटघाट गर्नेछन् । तर भारतीय प्रधानमन्त्री मोदीसँगको भेट बहुप्रतीक्षित मानिएको छ ।

प्रधानमन्त्री ओली थाइल्यान्डमा

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक आइपुगेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६ः१५ बजे बैंकक आइपुगेका हुन् । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे ।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको छ ।
लोडसेडिङ हटेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुसी व्यक्त गरेको छ ।
औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडसेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, ऊर्जा मन्त्रालय र सरकारलाई एसोसिएसनले धन्यवाद समेत दिएको छ ।
एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगमा प्रत्यक्ष असर परिरहेको समेत जनाएको छ ।
एसोसिएसनमा आबद्ध संघमा सदस्य रहेका उद्योगहरूले क्षमताअनुसार निर्यातमुखी उत्पादन गर्न नपाएको, जसकारण उद्योगले आम्दानी तथा राज्यले राजश्व गुमाइरहेको र त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...