Page 8

आज पनि ५२ पदाधिकारीको नियुक्ति विवाद हेर्दाहेर्दैमा

काठमाडौं । संवैधानिक पदमा ५२ जनाको नियुक्तिविरूद्व दायर रिटको सुनुवाई आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
बहस नसकिएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा रहेको हो । आज सरकारी वकिलको बहस सकिएर विपक्षीतर्फको बहस सुरू भएको छ।
चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो।

नेशनल लाइफका अभिकर्ता र कर्मचारीबाट बिरामी बालक सायनको उपचारका लागि देशभर सहयोग संकलन

काठमाडौँ । तनहुँको शुक्लागण्डकी–७ का ७ वर्षीय सायन खत्रीको उपचार सहयोगका रकम संकलन भएको छ । नेशनल लाइफका अभिकर्ता, कर्मचारीहरू तथा अन्य कम्पनीका अभिकर्ता र सर्वसाधारणले देशभरबाट संकलन गरेको रकम सायनको परिवारलाई बैशाख ५ गते हस्तान्तरण गरिएको हो ।
बोनम्यारोमा गम्भीर समस्या देखिएपछि उपचारमा कठिनाइ भोगिरहेका सायनको परिवारलाई दुलेगौंडा शाखाका इन्चार्ज छविलाल पौडेलको उपस्थितिमा सहयोग रकम प्रदान गरिएको हो । दुलेगौंडा शाखाबाट सिनियर बिजनेस म्यानेजर (एजेन्सी) निर्मला अधिकारीको अग्रसरतामा सहयोग संकलन गरिएको थियो । देशभरबाट ४८ जनाबाट संकलन गरिएको ५१ हजार ६९३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
सायनका बुवा ध्रुब खत्रीले उपचार खर्च अभावका कारण मिडियामार्फत सहयोगको अपिल गरेपछि सामाजिक उत्तरदायित्वको अनुभूति गर्दै नेशनल लाइफका विभिन्न शाखाका अभिकर्ता तथा कर्मचारीहरूले आ–आफ्नो नास्ता खर्च कटौती गरेर सहयोग रकम एकत्रित गरेका थिए । सायनको प्रारम्भिक उपचार काठमाडौंका अस्पतालमा गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आएको थियो । सहयोग रकम सायनकी आमा सोगिता थापा खत्रीलाई हस्तान्तरण गरिएको हो । उनी आफैँ पनि नेशनल लाइफ दुलेगौंडा शाखामा अभिकर्ताका रूपमा कार्यरत छन् ।
कम्पनीका कर्मचारीहरूको सक्रियता र सहानुभूतिको भावनाले संकटमा परेको खत्री परिवारलाई ठूलो राहत प्रदान गरेको छ । साथै, अभिकर्ताहरूको यस्तो सामाजिक योगदानले बीमा व्यवसायसँगै मानवता पनि जोडिएको उदाहरण प्रस्तुत गरेको छ ।

नेपाल लाइफद्वारा सेल्स रणनीति तर्जुमा कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेशन सेसन सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१–८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।
कम्पनीका संचालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका संचालक अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखिनै धन्यवाद ज्ञापन र आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गरे । जीवन बीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको जनाए । जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको जनाए ।
बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बीमाको चेतना अभिवृद्धि गर्न आग्रह गरे । उनले सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोष, जाँगर, इमान्दारिता, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको जनाए । विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा जनाए । जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहँचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्नु हुने कर्मचारीहरु, अभिकर्ताहरूलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । कम्पनीले २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको जनाए ।
यस आ.ब.मा नेपाल लाइफले जीवन बीमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरूलाई धन्यवाद ज्ञापन गरे । बजार हिस्सालाई अग्रस्थानमा राख्दै जीवन बीमाको पहुँच लाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न सबैलाई आग्रह गरे ।
कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटाइजेशनको कार्य थालनी गरिसकेको जनाए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा जनाए ।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिसेसीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले जनाए ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे । जीवन बीमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रूपान्तरणहरु हुने र सोलाई अङ्गीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न आग्रह गरे । भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकास सँगै जीवन बीमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसरहरू सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी गरि सकिएको जनाए ।

महालक्ष्मी विकास बैंकः ‘सबैभन्दा कम कोष लागत भएको बैंक’

काठमाडौं । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१, ८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१, ८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो ।
कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ, जसअनुसार बैंकको आधार दर चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१–८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०–८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो ।
न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो रुफटप सोलार कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।
यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।
यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरु जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउसो १ बजे सुरु हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै

काठमाण्डौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।

वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने प्रचण्डको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने दाबी गरेका छन् । भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
ुमहान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको मार्क्सवादी सिद्धान्तको विकास गर्नुभयो। पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छु, शुभकामना सन्देशमा उनले भनेका छन् ।
सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको पनि उनले उल्लेख गरेका छन् ।
ुकम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं। यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दै छन्ु, उनले सन्देशमा भनेका छन् ।
संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना भएकोले यसको रक्षा र थप विकासबाट मात्रै देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने उनले उल्लेख गरेका छन् ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो ।
आयोगले प्राप्त उजुरीका आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा निजले वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।
अनुसन्धानमा दिनेश यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको देखिएको छ।
तर, सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको छ ।
निजको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको आयोगले जनाएको छ ।
त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २० (२) बमोजिम सजाय माग गरिएको छ ।
यस्तै, सो गैरकानूनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा अमृता कुमारी यादवलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ ुखु बमोजिम प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुनको मूल्य अहिलेसम्मकै धेरै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबारकै मूल्यमा आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १ हजार २ सय रुपैयाँले बढ्दै १ लाख ९१ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य १ हजार ९६० कायम भएको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...