Page 19

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको यही वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरी कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात् लगानीकर्तामा वितरण हुनेछ ।

 

नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सन्चालन गरेको हो ।
यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी, सम्पूर्ण ग्राहक‍, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथै सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उदेश्य उद्यमीहलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय वस्तुहरुमा साक्षर गराउनु रहेको बैंकले जनाएको छ । यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ ।
बैंकले हालै ‘मोबाइल एक, फाइदा अनेक’ मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायत जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको ब्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुनेछ ।
यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

 

पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेपालको केहीबेर अघि निधन भएको हो । पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ ।’
उनले नेपालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री ओलीको दोष नभएको देउवाको धारणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको धारणा व्यक्त गरेका छन् ।
विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारणगभर्नर नियुक्तिमा ढिलाइ भएको जनाएका हुन् ।
उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ । गठबन्धनमा कुनै समस्या छैन । अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै समस्या छैन । गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्कभित्रकै समस्याले हो । ओलीको कारणले होइन ।’
साथै उनले वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको जनाए । उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैकिङ् लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे ।
उनले भने, ‘नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले २०४६ सालपछि आर्थिक विकासमा महत्वपूर्ण सफलता हासिल गरेको छ । शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैकिङ् लगायतका क्षेत्रमा उल्लेखनीय प्रगती हासिल गरेको पनि छ । पार्टी संग्लग्न रहेको वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी छ ।’

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ।
आज नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।
उनीमाथि २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी २० क्रिकेट लिग प्रतियोगितामा स्पष्ट फिकिसङ गरेको आरोप लागेको थियो ।
आरोप लागे लगत्तै उनी पक्राउ परेका थिए भने प्रतिबन्ध पनि लगाइएको थियो । तर अदालतले उनलाई सफाइ दिइसकेको छ ।

 

रविले दायर गरेको रिटमा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी‍का सभापति रवि लामिछानेले दायर गरेको रिटमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख धरौटी माग गरेको थियो । उक्त धरौटी बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा रिट दायर गरेका थिए ।
आज न्यायाधीश शान्ता सेढाइँको इजलासले जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

हिमालयन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो।
कम्पनीले २४ वटै बीमालेखको प्लान कोड र बीमा अवधि अनुसार प्रति हजार बीमाङ्कमा बोनस दर निर्धारण गरेको छ। जसमा बीमालेख र बीमा अवधिअनुसार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।
त्यस्तै अग्रिम भुक्तानी सावधिकमा ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ रुपैयाँ, जीवन उपहार (सावधिक) मा ३१ रुपैयाँ र सावधिकमा ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
यता सावधिक तथा आजीवन बीमा योजनामा (१३) मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक (१०, १२ र १५) मा ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता (२३ र २५) मा ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना (२८) मा न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर दिने भएको छ।
यी बोनसदर कम्पनीले अर्को नयाँ बोनसदर निर्धारण नगरेसम्म र मृत्यु, पूर्ण वा आंशिक अवधि, समर्पण मूल्य, चुक्ता मूल्य दाबी भुक्तानी र चालू बीमालेखमा समेत लागू हुने जनाएको छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...