Page 3

गभर्नर विश्व पौडेल विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । साथै अन्तरिम आदेशका बारेमा छलफलका लागि समेत बोलाएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले पौडेललाई नियुक्ति गर्नुको कारण माग गरेको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको थियो भने उक्त मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।
रिटमा पराजित प्रतिनिधि सभाको सदस्य उम्मेदवारलाई अघि सारेबाट समेत स्पष्ट कानुन व्यवस्थाको विपरित सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं सोमा छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकोले उनको नियुक्त बदरभागी भएको उल्लेख गरिएको छ।
रिटमा मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्नेगरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।
यसअघि उनीहरूले पौडेलको नियुक्ति रोक्न माग गर्दै रिट निवेदन दिएका थिए तर सर्वोच्च प्रशासनले मुद्दा दरपिठ गरेको थियो । दरपिठविरुद्धको निवेदन इजलासमा पुगे पनि जेठ ६ गते न्यायाधीश सपना मल्ल प्रधानको इजलासले दरपिठ आदेशलाई सदर गरेको थियो ।
सोही दिन डा. पौडेल लगायत तीन जनालाई सिफारिस समितिले गभर्नरमा सिफारिस गरेको थियो भने त्यसको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई गभर्नर नियुक्त गरेको थियो । पौडेलले कार्यभार सम्हालि सकेका छन् ।
निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्र सम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख गरिएको छ।
सिफारिस समितिमा रहेका व्यक्तिले राजीनामा गरी नीहित स्वार्थका आधारमा प्रतिस्पर्धा नगरी नियुक्त गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
पौडेल आफैं पूर्वसिफारिस समिति सदस्य भएकाले यस नियुक्तिमा पूर्वनिर्धारित योजनाअनुसार निर्णय गरिएको र यस्तो प्रक्रिया राष्ट्र बैंक ऐनको दफा २१, ३२ र सुशासन ऐन, २०६४ को दफा १८ को उल्लंघन भएको दाबी गरिएको छ।

सानिमा रिलायन्स धन सञ्चय जीवन बीमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई

काठमाडौं । जीवनमा आइपर्न सक्ने जोखिमहरू जस्तै रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न उचित तयारी गर्नुपर्ने हुन्छ । आफू रहँदा आफूलाई र आफू नरहँदा परिवारलाई पनि हुने गरेर तयारी गर्नु उतम रहन्छ ।
यस्तो अवस्थाको लागि तयार रहन, सानिमा रिलायन्स लाईफ इन्सोरेन्सले धन सञ्चय जीवन बिमा योजना ल्याएको छ । जसबाट तपाइले बचतका साथै अन्य थुप्रै सुविधाहरू पाउन सक्नुहुन्छ ।
यस बीमा योजनबाट आफूले सक्रिय आम्दानी गर्न नसक्ने समयमा समेत आर्थिक सुरक्षा पाउन सकिनेछ । आफूले अनुशासित रुपमा बचत गरेको रकम केही वर्ष पछि बोनस सहित फिर्ता पाउन सकिनेछ। साथै आफ्नो जीवन काल पश्चात पनि परिवारले बिमांक रकम यस योजना अन्तर्गत पाउन सक्नेछन।
यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ३ किसिमका थप सुविधा प्राप्त गर्न सक्छन्। जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता र बीमा शुल्क छुट सुविधा प्राप्त गर्नेछन् । बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रीतले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ।
साथै पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ । यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी असक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पुरै मिनाहा हुनेछ ।
बीमितले ५, १०, १५, २०, २५ र ३० वर्ष अवधिको बीमा छनोट गर्न सक्नेछन् । भुक्तानी अवधि भने आफ्नो अनुकुलता अनुसार ५, १०, १५, २० र २५ वर्षको रोज्न सक्नेछन्। सबै खाले बीमा अवधिमा एकमुष्ट बीमा शुल्क भुक्तानीको सुविधा समेत समावेस गरिएको छ । योजनामा सहभागी हुनको लागि बीमितको प्रवेश उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । न्यूनतम ५० हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। ।
यो जीवन बीमालेख किन खरिद गर्ने ?
यो बीमालेख अन्तर्गत बीमितले बिमा समाप्ति मिती र बीमितको उमेर १०० वर्ष पुग्दा दुई पटक रकम भुक्तानी पाउँछन् । सावधिक र आजीवन बीमाको सुविधा समावेश गरिएको यो जीवन बीमाले बीमितलाई आजीवन आर्थिक सुरक्षा र बचतको प्रत्याभूति प्रदान गर्दछ । सक्रिय जीवन यापनको निश्चित उमेर पछि जीवनको उत्तरार्धमा नियमित आम्दानी समेत नहुने समयका लागि आर्थिक
सुरक्षाको बाटो अवलम्बन गरेर सार्थक जीवन जिउनका लागि यो जीवन बिमा महत्त्वपूर्ण छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ ।
यो बीमालेख खरिद गर्ने उचित समय कुन हो ?
आजीवन आर्थिक सुरक्षा प्रदान गर्ने यस बीमालेखमा बिमीतले दुई पटक सम्म रकम भुक्तानी पाउने हुँदा आफ्नो आर्थिक योजना बमोजिम पहिलो भुक्तानी जीवनको सक्रिय अवस्थामा र दोस्रो भुक्तानी जीवनको उत्तरार्धमा पाउने गरी बिमा आरम्भ गर्नुपर्छ । बिमा आरम्भ तपाईँको नियमित आम्दानीको सुरुवात सँगै गर्नु पर्दछ । यदि तपाईँले आज भन्दा पहिले बिमा गर्नु भएको छैन वा यस खालको बिमा गर्नु भएको छैन भने पनि धन सञ्चय जीवन बिमा आजै गर्नु उचित हुन्छ ।
सानिमा रिलायन्स जीवन बिमा नै किन ?
सानिमा रिलायन्सले नेपाल मै उत्कृष्ट जीवन बिमाहरू प्रदान गर्दछ ।
नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरु पस्कन कम्पनी सफल र सक्षम रहेको छ ।
आर्थिक रूपमा सुदृढ र सम्पन्न तथा सामाजिक हिसाबले प्रतिष्ठित घरानाबाट प्रवर्धित यस कम्पनीको वित्तीय अवस्था सबल हुनुका साथ पारदर्शी र उत्कृष्ट संस्थागत सुशासनबाट सञ्चालित रहरेकाले तपाइको बिमा लेख हरेक प्रकारले सुरक्षित रहेको छ ।
बिमा अवधिको समाप्तिमा बिमा रकम तथा नियमानुसार आर्जित बोनस रकम तथा सो पश्चात् बीमालेखको सर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिले मृत्यु भएमा बिमा रकम बीमितको कानुनी हकवालालाई भुक्तानी गरिन्छ । यसरी यो बिमा अवधि समाप्ति पश्चात् पनि चलिरहन्छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ ।

अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द

वासिङ्टन डीसी । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो ।
ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।
ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिसा प्रक्रियालाई ढिलो बनाउने जनाईएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्न सक्ने समाचारमा जनाईएको छ ।
पोलिटिकोका अनुसार भविष्यमा सामाजिक सञ्जाल जाँचले के खोज्ने हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर, यसले आतंकवादीहरूलाई र यहुदीविरोधी भावना रोक्ने कार्यकारी आदेशप्रति लक्षित रहेको सङ्केत दिएको छ ।

बुटवलमा आमासहित २ छोरीको हत्या

काठमाण्डौं । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की ३ जनाको हत्या भएको जानकारी दिए। आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको छ ।
हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुजन कोइराला छन्। प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्। अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुलेको छ ।
सुजन यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका थिए । तर केही वर्षपहिले उनलाई कैद माफी दिइएको जनाईएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।
सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स आज नेपाल आउँदै

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनी दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय जनाएको छ ।
दुईदिने नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन् ।
त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

नेपालमा वंशवादमा आधारित राजतन्त्र सम्भव नभएको प्रचण्डको धारणा

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको धारणा व्यक्त गरेका छन् ।
गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने जनाए ।
नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । “राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ”, उनले भने, “यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।”
अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको जनाए ।

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

पोखरा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् ।
निर्वाचनबाट पुरीलाई १८८ मतले पछि पार्दै थेबे अध्यक्षमा निर्वाचित भएका छन् ।

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाण्डौं । विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
संसद् सचिवालयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलहरूले मंगलबारको बैठक अवरुद्ध गरेका हुन् ।
बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि मंगलबारको बैठक स्थगित गरिएको छ ।

गभर्नर पौडेलविरुद्धको रिट दर्ता, बुधबारलाई पेसी

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट दर्ता भएको छ । नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएको हो ।
सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिए । रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ ।
राष्ट्र बैंक जस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् । पौडेल गएको जेठ ६ गते गभर्नर नियुक्त भएका थिए ।

अर्थमन्त्रीले गरे आगामि बजेटबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ०८३ को बजेटबारे जानकारी गराएका छन् ।
संवैधानिक व्यवस्था अनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...