Page 6

प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्सोट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ ।
जेठ १२ गते एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
इला कम्फर्ट होटल एण्ड रिर्सोटका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एन.बि.सि.ओ।) राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिती हुने गर्दछ । बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ । पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोट विच भएको यो साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

महालक्ष्मी विकास बैंकद्वारा ३१ जना महिला उद्यमीहरु सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक महिनासम्म वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।
साथै बैंकले जेठ ७ गते बुधबार केन्दि«य कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्द्रिीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ ।
त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
वार्षिक उत्सवको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ बर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैैंकले जेठ २१, २२, २३ र २४ गते सञ्चालन गर्ने विज्ञप्ति मार्फत जनाएको छ ।

दमौलीको मादी पुलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शनिबार राति करिब साढे ११ बजे उक्त जिप दुर्घटनामा परेको हो ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।
घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिपमा पाँच जना यात्रु सवार थिए ।

जापान भ्रमण उपलब्धिमूलक भएको परराष्ट्रमन्त्री राणाको दाबी

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँच दिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको दाबी गरेकी छिन् । गएराति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा राणाले भ्रमणका क्रममा जापानका उच्च अधिकारीहरूसँग भएका भेटवार्ता तथा छलफल नेपालका लागि महत्त्वपूर्ण रहेको जनाईन ।
उनले जापानका विदेशमन्त्री इवाया ताकेसीसँग टोकियोमा भएको द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध, आपसी हितका विषय र साझा चासोका मुद्दाहरूमा गहन छलफल भएको जनाईन । साथै, जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोसँगको भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन् । जाइका सहयोगमा सञ्चालित तथा सम्पन्न परियोजनाहरुका बारेमा समेत विस्तृत छलफल भएको उनले जनाईन ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले जापानका उपविदेशमन्त्री इकुइना अकिकोसँग पनि शिष्टाचार भेट गरेकी थिइन्। गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई उनले धन्यवाद दिएकी थिइन् ।
त्यसैगरी, मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकि थिइन् ।
गत सोमबार जापान प्रस्थान गरेकी मन्त्री राणा पाँच दिने भ्रमण सकेर गएराति स्वदेश फर्केकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अन्य अधिकारीहरुले स्वागत गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेकी छन् ।
चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारी बेइजिङ गएकी हुन् । भ्रमणमा क्रममा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत भेटघाट गर्ने सम्भावना रहेको जनाईएको छ ।
चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ ।
पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र नेकपा (एमाले) का विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी छन् ।

 

 

एमाले सचिवालय बैठक २ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२, ८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौं । नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म सडक बन्द गरेर काम थालेको जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा निर्णय भएको जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको जनाएको छ ।
नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।
प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई शेखरको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने जनाएका हुन् ।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने जनाए ।
नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेन्ट क्लबजस्तो बनेकाले कर्मचारीहरूका लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे ।
उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमतसंग्रहबाट डराउन नहुने जिकिर गरे । कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमतसंग्रह गराउन सक्नुपर्ने उनको भनाइ छ ।
नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको जनाए । उनले कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे ।

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले आज सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सर्वोच्चको आदेशपछि उत्पन्न परिस्थितिकाबारे छलफल गर्न बैठक बोलाएको जनाएको छ । यस्तै केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालयमा बोलाइएको छ ।

अब ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाइने

काठमाण्डौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ ।
कार्ययोजना स्वीकृत भएसँगै सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उक्त कार्ययोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ ।
सरकारले आगामी बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी गरेको हो ।
अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।
भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...