Page 9

सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौं । नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। उनलाई अख्तियारले आज नियन्त्रणमा लिएर टंगालस्थित कार्यालयमा राखेको छ।
त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख रहेका भट्टराई हिजो मात्रै गृह मन्त्रालय तानिएका थिए । यसअघि अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा पनि मारेको थियो।
त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको छ। भट्टराईविरू नेपालीलाई भिजिट भिसामा विभिन्न मुलुक पठाउने गिरोहसँग मिलेर रकम उठाएको उजुरी परेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदन अख्तियारमा पठाउने लेखा समितिको निर्णय

काठमाण्डौं । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले अख्तियारमा प्रतिवेदन पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि आएको विषयहरू सचिवालयले ड्राफ्ट बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसनलाई सहयोग गरेको हो ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालीकालाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिनासम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुसस भएको जनाए ।
संस्था तथा त्यहाँ रहेका बालबालिकाको प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको उल्लेख गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो ।
साथै, मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत सुविधा ल्याएको छ ।

सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् ।
कम्पनीको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजु नियुक्तलाई वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ।

 

सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा राउत

काठमाडौं । नेपालमा इलेक्ट्रिक आयोन गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘एक्स्ट्राअर्डिनरी आयोन–भीको आधिकारिक ब्रान्ड एन्डोर्सरमा नियुक्त गरेको छ ।
उक्त घोषणा गर्दै सीजी माटर्सले गाडी हस्तान्तरण पनि गरेको छ।
नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब आयोन–भी परिवारको हिस्सा बन्न पुगेकी हुन् ।
सीजी मोटर्सका जीएम सेल्स सुशील क्षेत्रीले भने, ‘हामी वर्षा राउतलाई आयोनको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं ।’

विभिन्न पाँचवटा समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक आज (बुधबार) बस्दैछन् । बुधवार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने छ ।
आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्दैछ । बैठकमा दुई वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको पनि आज बस्दैछ । बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन सहित दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको २ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।
यसै गरी आज सार्वजनिक लेखा समितिको ४१ औँ बैठक दिनको १ बजे बस्दैछ । सिंहदरबार बस्ने बैठकमा आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन माथि छलफल गरिने सचिवालयले जानकारी दिएको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुँदै छ ।
मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
न्यायाधीशद्वयले मङ्गलवार नै सक्नेगरी बहस छोट्टाउन आग्रह गरेका थिए । तर बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नेछन् ।
सुनुवाइ सकिएमा लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन तथा उनी र पूर्वडीआईजी जोशीका तर्फबाट दायर रिटमाथि सम्भवतः आजै आदेश आउनेछ ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराइनेछ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछिन् भने राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०’ का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । साथै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

एक्यान सदस्यलाई एनएमबि बैंकको विशेष वित्तीय सेवा

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ ।
एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको हो । एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।
एक्यान सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन् । साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिने बैंकले जनाएको छ । यो प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरुलाई पहुँचयोग्य तथा दीगो बैंकिङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब रहेको बैंकले जनाएको छ ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। सबै प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू भागको थोरै स्थानहरूमा र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भू भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईका भू(भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...