काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने चेतावनी दिएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको जनाए । उनले भने – ुअहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ । ु
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे । ुसुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुपर्यो, संरचना बन्नुपर्यो। त्यो कुरामा सहमति भएको छु प्रचण्डले भने।
पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले सोझै इन्कार गरे । उनले भने–ुयो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्। त्यस्तो केही होइन। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।ु
दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो ? भन्ने प्रश्न पनि उनले खण्डन गरे । अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको उनको भनाइ छ ।
एक फरक प्रसङ्गमा प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै ऐन कानुन वा विश्वको कुनै परम्पराले नरोकेको जिकिर गरे ।
दुई बुँदे सहमति पालना नभए फेरि विरोधमा उत्रिने प्रचण्डको चेतावनी
माओवादीले कांग्रेस र एमालेसँग सम्झौता गरेर वीरतापूर्वक आत्मसमर्पण गर्यो ः राजेन्द्र लिङ्देन
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नैतिकता छ भने राजीनामा दिएर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले माओवादीले कांग्रेस र एमालेसँग सम्झौता गरेर वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरे ।
उनले भने ‘१८ दिनदेखिको नाटक देखिरहेका छौँ। प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूरवक आत्मसमर्प र वीर्तापूर्वक पछि हटेको सुन्न पाइयो,’ उनले भने, ‘हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाका लागि तर होइन लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको हो भन्ने कुरा आम जनताले बुझिरहेका छन्।’
कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षासञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ ।
रास्वपा र राप्रपाको अवरोधका बावजुत गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका सभामुख देवराज घिमिरेले गृहमन्त्री बोलिसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको सहमतिबारे जानकारी गराएका थिए ।
यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपाका मनिष झाले आफूहरूको अडान यथावत् रहेको र गृहमन्त्रीले राजीनामा दिनैपर्ने अडान दोहोर्याएका थिए ।
रास्वपाको कार्यालयमा नक्कली पीडित खडा गरी उजुरी लेखिएको गृहमन्त्रीको आरोप
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरूद्व नक्कली पीडित खडा गरी उजुरी लेख्ने काम भइरहेको आरोप लगाएका छन् ।
आज संसद बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको पार्टी कार्यालयमा नक्कली पीडित खडा गरी उजुरी लेखिइरहेको आफूलाई जानकारी भएको जनाएका हुन् ।
उनले पार्टी कार्यालयमा बोलाएर कीर्ते काम गरेर आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्ने काम भएको भन्दै कीर्ते उजुरी तयार गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिए ।
यस्तै उनले आफूविरूद्व कुनै प्रमाण नरहेको र प्रमाण भए मात्रै कुर्सीमा बस्न अयोग्य हुने जिकिर गरेका छन् ।
उनले भने, ‘ममाथि कुनै तथ्य र प्रमाणसहित दोष देखिन्छ भने म कुर्सीमा बस्न अयोग्य ठहर्छु, त्यो मलाई थाहा छ । तर, अड्कल र आशङ्का गरेर कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन ।’
पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने जनाएका छन् ।
आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको जनाए ।
‘आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीतिनियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
आइएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास नै नभएको अवस्थामा विदेशी रेमिटेन्स स्वदेश ल्याउन सफल भएको जनाए । उनले इमानदारीपूर्वक लागेर काम गर्दा असम्भव काम पनि सम्भव हुन पुगेको उल्लेख गर्दै सरकारको प्राथमिकता, आमनागरिकको आवश्यकता र व्यावसायिक उद्यमीलाई आइएमईले महत्त्व दिएर काम गर्ने जनाए ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले सन् १९९४ देखि १९९८ सम्म जापानमा बस्दा नेपालमा पैसा पठाउन भोगेको समस्याले गर्दा आइएमई अभियानको सुरुआत भएको जनाए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले २५ वर्ष अगाडिको जटिल परिस्थितिमा देशको आवश्यकतालाई बुझेर रेमिटेन्स सेवा सुरु गरेको बताउँदै नागरिकको गुणस्तरीय जीवनमा समेत योगदान पुर्याएको जनाए।
माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ग्लोबल आईएमई बैंकको नेतृत्वमा चार अर्ब ८५ करोड लगानी गरिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
उक्त लगानीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ ।
उच्चका ४ जना मुख्य न्यायाधीशमा सिफारिस
काठमाडौं । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।
शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ ।
भट्टराईलाई उच्च अदालत बिराटनगर तोकिएको छ भने कुँवर पाटनमा रहनेछन् । भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशको जिम्मेवारी तोकिएको छ ।
माघ, २०६४ भित्र सर्वोच्च अदालतमा सिफारिस हुन सकेमा मुख्य न्यायाधीश भट्टराई त्यसपछिको थप दुई वर्ष सर्वोच्च अदालतमा कार्यरत रहन पाउनेछन् । उनी सरकारी वकिल समूहबाट मुख्य रजिष्ट्रार बनेर भएर उच्च अदालतको न्यायाधीश बनेका थिए ।
सर्वोच्चका मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने परम्परा रहेको तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पालामा उनी न्यायाधीश मात्रै बनेका थिए । न्यायपरिषदको नियमावली संशोधनले उनी र अर्का मुख्य न्यायाधीश कुँवरको जेष्ठताक्रम माथि आएको हो ।
अर्का मुख्य न्यायाधीश लालबहादुर कुँवर भट्टराईभन्दा आठ वर्ष कम उमेरका हुन् । उनलाई सर्वोच्च अदालतमा आउने पर्याप्त समय छ । मुख्य न्यायाधीश सिफारिस भएका भण्डारी र तिवारी लगभग उही उमेरका भएकाले उनीहरुलाई सर्वोच्च आउने दुई वर्षको समयमाक्रै छ ।
शुत्रबार नै न्यायपरिषद बैठकले बैदेशिक रोजगार न्यायाधीकरणमा काजमा रहेका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी उच्च अदालतको बीरगञ्ज इजलासमा सरुवा भएका छन् । परिषदले उच्च अदालतको हेटौडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष तोकेको छ ।
विपक्षी दलहरूको बैठक बस्दै
काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दैछ ।
आजको संसद बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
सत्तापक्षलाई माओवादी केन्द्रले दिएको ड्राफ्टमा एकमत बनाउन विपक्षी दलको बैठक बस्न लागेको जनाईएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विपक्षी दल गृहमन्त्रीको राजीनामाबाट ब्याक हुने संकेत गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी टसमस भएको छैन ।
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।
पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरुले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरुपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो । आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

















