Page 18

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् जेठ २८ गते एक दिन बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि भाग लिन पाउनेछन् ।
कम्पनीको सभा असार १० गते आम्रपाली ब्यांक्वेट, नक्सालमा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपियाँबराबरयाँको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आव सबै वित्तीय वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने काम पनि सभाले गर्नेछ ।
अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा गत आवमा भएको खर्च अनुमोदन गर्ने रहेका छन् ।

सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने देउवाको धारणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरि योजना बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रुपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भूभागमा विकास हुनेगरी योजना बनाउनुपर्ने जनाएका हु्न् ।
सभापति देउवाले जलवायु परिवर्तनका असर सबै भन्दा बढी नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत जनाए । देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ ।
सभापति देउवाले युवाहरु विदेश पलायन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने जनाईएको छ ।

प्रतिनिधिसभा बैठक पर्सिसम्मका लागि स्थगित

काठमाण्डौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक पर्सिसम्म स्थगित भएको छ ।
सोमबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएकोमा सहमति नजुटेपछि पर्सिसम्म स्थगित गरिएको छ ।
सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग बसेर सहमति प्रयास गरे पनि सहमति हुन सकेन ।
सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणले संसद् बैठक निरन्तर स्थगित हुँदै आएको छ । प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामासहित छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
सत्तापक्षले भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने अडान लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा छानबिन समिति आवश्यक नरहेको सत्तापक्षको तर्क रहेको छ ।

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज धनुषामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम. ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओमा २० लाख ३० हजार १५७ आवेदकले रितपूवर्क आवेदन दिएका छन् । तीमध्ये १७ लाख ८८ हजार ६२७ आवेदकको हात रित्तो भएको छ ।
कम्पनीले सर्वसाधारणबाट २४ लाख १५ हजार ३ सय कित्ताका लागि आवेदन माग गरेको थियो । सोही सेयर १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि सुझाव माग

काठमाडौं । आर्थिक वर्ष २०८२, ८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ ।
बैंकले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।
बैंकले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न १० स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्ला स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी, कैलाली जिल्ला स्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं जिल्ला स्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्ला स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्ला स्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्ला स्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्ला स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकको शाखा कार्यालयहरुको संख्या अब ३०७ पुगेको छ । साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

साविक विजेता स्पेनलाई हराउँदै पोर्चुगल च्याम्पियन

‎काठमाडौं । साविक विजेता स्पेनलाई ‘टाइब्रेकर’मा ५–३ ले पराजित गर्दै पोर्चुगल यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।
आइतबार जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट २–२ को बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
‎पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गरे ।
‎स्पेनका मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गरे । अल्भारो मोराटाको प्रहारलाई भने पोर्चुगलका गोलकिपर डियगो कोस्टाले बचाए ।
‎त्यसअघि खेलको २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । ‎त्यसको पाँच मिनेटपछि नै नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याए । ४५औँ मिनेटमा मिकेल ओयर्जबालले गोल गर्दा स्पेन २–१ ले आगडि बढ्यो ।
‎क्रिस्टियानो रोनाल्डोले ६१औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएका हो ।
‎पोर्चुगल दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०१९ मा यो उपाधि जितेको थियो ।
‎आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले जर्मनीलाई २–० ले पराजित गरेको थियो ।

मुग्लिन – पोखरा सडकको ५३ प्रतिशत काम सकियो

काठमाण्डौं । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम पूरा भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। पश्चिम खण्डतर्फ ३ किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
पश्चिम खण्डतर्फ १२ मध्ये १० वटा पुल सम्पन्न भएको छ, भने १०० कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले जनाए । यो खण्डमा ४२४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको हो । पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनले जनाए ।
२०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद २०८२ पुस १६ गतेसम्म छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको छ।
पूर्वीखण्ड अन्तरगत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यो खण्ड अन्तरगत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी जेठ २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले जनाए । पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
२०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...