काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । साइबर अपराधको मुद्दा दर्ता भएका उनी आज अदालत उपस्थित भएका थिए ।
उनीविरूद्व काँग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले उजुरी दिएका हुन् ।
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री रामेश्वर चौधरी बर्खास्त
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। बिहीबार प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराए। केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।
मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए। मन्त्री चौधरीले राजीनामा नदिएपछि आज मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।
यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य तोकेको हो।
बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो। बुधबार कम्पनीको दोस्रो बजारको अन्तिम मूल्य ६१२.२८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो।
मूल्य समायोजनपछि कम्पनीको नयाँ शेयरमूल्य ५५६.६२ रुपैयाँ कायम भएको छ। आज बिहीबार यही मूल्यलाई आधार मानेर कम्पनीकोे शेयर कारोबार खुल्नेछ।
सानिमा जिआइसी इन्स्योरेन्सद्वारा सुर्खेतको जनज्योति माविलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार सुर्खेतको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयलाई दुई लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विद्यालयको लागि आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कापी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैया बराबरको सामाग्री बितरण गरेको छ ।
कार्यक्रममा उक्त सामाग्रीहरु नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निल प्रशाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख गोविन्द जंग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायतका कर्मचारीहरुबाट विद्यालयलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायत कार्यलयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै, पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, जनज्योति माध्यमिक विध्यालयका प्रधानाध्यापक कृष्ण राज ढकालको सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।
एभरेष्ट बैंकको नयाँ शाखा महोत्तरीको बर्दिबासमा
काठमाडौं । एभरेष्ट बैंकले शाखा विस्तारको क्रममा आज महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा १३३औँ शाखा विस्तार गरेको छ ।
यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर प्रहलादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३३ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६८ एटीएम रहेको विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंकद्वारा अग्नि पीडितलाई राहत वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका बडा नं ३ उनापानीमा असार १ गते आगलागीमा परेका ८ वटा घरका पीडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।
घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएतापनि सहयोग गर्न पाउँदा पीडितहरुको दिनचर्यामा केही दिनको लागी भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ । पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर,डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको तालाबन्दी खोल्न सर्वोच्चको आदेश
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको हो।
गत जेठ १४ गते नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा स्ववियूमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए।
अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायतलाई विपक्षी बनाएर तालाबन्दी खुलाउन माग गर्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।
निजामती विधेयक तोडमोड प्रकरणमा छानबिन समिति बनाउने सभामुखको तयारी
काठमाण्डौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकमा गरिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको तोडमोड प्रकरणमा छानबिन समिति बनाउने तयारी थालेका छन् ।
संसद्मा पेश गर्दा विधेयकको मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयलगत्तै छानबिन समितिबारे छलफल थालिएको छ ।
समिति सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका छन् । सभामुखले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका छन् । सभामुख घिमिरेले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेका छन् ।
देशबाहिर रहेका प्रधानमन्त्री फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको परामर्शमा समिति गठन गर्न सुझाव दिएका जनाइएको छ ।
बुधबार भएको समितिको बैठकमा सांसदहरू रामहरि खतिवडामाथि खनिएका थिए ।
सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीको घोषणा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा आजै मितिदेखि नलिने घोषणा गरेकी छन् ।
उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवा सुविधा नलिने निर्देशन भएको उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुवधा लिँदै आएकी थिइन् ।
नबिलको नवीन क्रान्ति, ‘वनलिंक’ मार्फत अफलाइन कारोबारको अब विश्वभरबाट भुक्तानी लिन सकिने
काठमाडौं । नेपालको अग्रणी बैंक नबिलले ‘वनलिंक’ सेवा सञ्चालनमा ल्याएको छ । खासगरी व्यापारिक क्षेत्रमा भूक्तानी कारोबारको सहजताका लागि बैंकले अफलाइन सेवा वनलिंक सञ्चालनमा ल्याएको हो ।
वनलिंक नबिल बैंकको नवीन भुक्तानी सङ्कलन (रकम प्राप्त गर्ने) उपयुक्त साधन हो । जसमार्फत व्यवसायीले विश्वभरका ग्राहकबाट सरल, सुरक्षित र भरपर्दो लिङ्कमार्फत व्यवसायीक कारोबारको रकम भूक्तानी लिन सक्दछन् ।
डिजिटल भुक्तानी परिदृश्यमा नबिल बैंक आफैमा नेपालको एक अग्रणी बैंक हो । सन् १९९० को दशकदेखि कार्ड भुक्तानीमा आफ्नो यात्रा सुरु गरेको यस बैंकसँग सम्बन्धित क्षेत्रको अतुलनीय अनुभव र दक्षता छ । अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो युनियन पे, मास्टर–कार्ड तथा भिसा–कार्ड जस्ता डिजिटल भूक्तानी साधनहरुको क्षेत्रमा काम गरिसकेको बैंकसँग निकै राम्रो र लामो अनुभव छ ।
त्यसो त नेपालको बैंकिङ इतिहासमा पहिलोपटक क्रेडिट कार्ड, थ्री डी सेक्युरिटी , ट्याप एण्ड पे, ईएमभी जस्ता प्रयोग चलनचल्ति मा ल्याउने बैंक पनि नबिल नै हो । वनलिंक पनि नेपालको पहिलो प्रयोग भएको बैंकले दाबी गरेको छ । यसले भूक्तानी कारोबारलाई अझ विशिष्ट र परिस्कृत मोडमा लैजाने समेत बैंकको दाबी छ ।
वनलिंकले कसरी काम गर्छ ?
यसको प्रयोग निकै सहज छ । खासगरी अफलाइनमा गरिने व्यवसायहरूको लागि डिजाइन गरिएको वनलिंक व्यापारीहरूलाई बैंकद्वारा प्रदान गरिएको समर्पित पोर्टल वा ड्यासबोर्ड हो ।
ब्यबसायीले उक्त पोर्टलमा लिंकहरुको विकास गर्न सक्दछन र उक्त लिंक सोझै ग्राहकको सम्बन्धित इमेल ठेगानामा पठाउन सक्दछन । सो लिंकमा ग्राहकले क्लिक गरेर भिसा कार्ड, मास्टर कार्ड अथवा युनियन पे कार्ड मार्फत चाहेको भूक्तानी सहज रुपमै गर्न सक्छन् । वनलिंक विशेष गरी ट्रेडिङ्ग व्यबसायी, थान्का, सोभेनियर, ट्राभल एजेन्सी लगायत अन्य पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरूलाई निकै लाभदायी छ ।
अरु परम्परागत भुक्तानीका साधनहरुको तुलनामा वनलिंक निकै सस्तो र प्रभावकारी रहेको छ । कम सेवा शूल्कसँगै वनलिंक अझ बढी सुरक्षित, भरपर्दो र विश्वासिलो पनि छ ।
अझ धेरै फाइदाहरूः
पहिलो त वनलिंक विश्वव्यापी भूक्तानी लिन सकिने साधन हो । जो जुनसुकै देशमा बसेर पनि बैंकबाट विकास गरिएको यस लिंकमार्फत भूक्तानी लिन सकिन्छ । यो सबैभन्दा ठूलो फाइदाको विषय हो । यसबाट खासगरी पर्यटन व्यापारीहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूबाट भुक्तानी स्वीकार गरेर आफ्नो ग्राहक आधार विस्तार गर्न सक्छन् ।
अर्को फाइदाको विषय अफलाइन प्रणाली हो । यसका लागि ब्यबसायीको छुट्टै वेवसाइट आवस्यक पर्दैन । त्यस्तै गरि यसको अर्को फाइदा भनेको भुक्तानीको सुनिश्चितता हो। भूक्तानी भए नभएको तत्काल जानकारी प्राप्त गर्न सकिने हुँदा यसबाट व्यवसायीहरूले सहज लेनदेनहरूको विवरण राख्न सक्छन् ।
कम लागत तर सुरक्षित सेवा
अरु परम्परागत भुक्तानीका साधनहरुको तुलनामा वनलिंक निकै सस्तो र प्रभावकारी रहेको छ । कम सेवा शूल्कसँगै वनलिंक अझ बढी सुरक्षित, भरपर्दो र विश्वासिलो पनि छ । नबिल बैंकको विश्वसनीय पूर्वाधारमार्फत निर्देशित यस सुविधाबाट विश्वव्यापी सञ्जालहरुमा सुरक्षित भूक्तानी लिन सकिन्छ । खासगरी नेपाली उद्यमीहरु र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवाको निर्यातकर्ताहरुका लागि यो सुविधा निकै उपयोगी र फाइदाजनक छ । यो अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच गर्न खोज्ने स्थानीय व्यवसायहरूको लागि एक उत्तम विकल्प पनि हो ।