Page 18

एमएफएन च्याम्पियन रविन्द्रलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बनेका नेपालका रविन्द्र ढाँटलाई बधाई दिएका छन् ।
गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रविन्द्र च्याम्पियन बनेका थिए । योसँगै रविन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।’ प्रधानमन्त्ती ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।
लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् । भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन कि तर, निर्माण पक्षले प्रष्ट भने पारेको छैन ।
बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । यो चलचित्रले खेलकुद तथा प्रकृतिबीचको सम्बन्धको कथा भन्ने छ ।
चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् । क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन् । कोप्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन् ।
कलाकारमा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् ।
चलचित्रको एशोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्दर्भको डीओपी रहेको चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रको असिस्टेन्ट डिरेक्टरमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ रहेका छन् ।
लोकेशन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् । ड्रोनमा टार्जन लिम्बुको रहेको सिनेमामा संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको । राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ । एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन् ।
चलचित्र ‘बुकी’को छायाकंन काठमाडौं, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षले लिएको छ ।

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

रुपन्देही । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिचि, कटर लगायत करिब दुई सय फलफूलका बिरुवा रोपिएको हो ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका थिए । उनले एनएमबि बैंक दिगो विकासअन्तर्गत वातावरणमैत्री र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको जनाए ।
जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको उनले जनाए । उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’अर्थात
वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिनेगरी एनएमबि बैंकका सम्पूर्ण बैंकिङ कारोबार तथा कर्जा लगानीहरु गरेको जनाउँदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाई एनएमबि बैंकले आत्मसाथ गरेको उल्लेख्य गरे।
तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाई छ्नौट गरी वृक्षारोपण गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे ।
तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाई उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफूहरु लागेको जानकारी दिए ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

चलचित्र ‘मोहर’को गीत सार्वजनिक

काठमाण्डौं । चलचित्र मोहरको नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ ।
थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द छ । थानेश्वर गौतमको संगीत छ ।
सार्वजनिक गीत वियोगान्त छ । गीतले चलचित्रका पात्रहरूको वियोगान्त कथा बोल्ने प्रयास गरेको छ ।
ओम प्रतीकले लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबीलगायत कलाकारको अभिनय छ ।
दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन छ । सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
भेटमा वर्तमान राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको जनाईएको छ।

सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपनें प्रधानमन्त्रीको धारणा

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने धारणा व्यक्त गरेका छन छन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने जनाए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।
कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा. शयामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

झलनाथलाई पार्टीबाट बिदा हुन माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।
उनले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको जनाए ।
एक प्रश्नको जवाफमा नेता नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे । अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको जनाए ।

जिल्ला अदालतको आदेशविरूद्व प्रसाईँ उच्च अदालतमा

काठमाडौं । गत चैत १५ गते तीनकुनेको हिंसात्मक घटनाको मुख्य अभियुक्त मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जिल्ला अदालतको आदेशविरूद्व उच्च अदालत पाटन पुगेका छन् ।
पुर्पक्षका लागि थुनामा रहेका प्रसाईँ थुनामा पठाउने आदेशविरूद्व उच्च अदालत पुगेका हुन् । उनको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाई भइरहेको छ ।
प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन्।

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।
उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत सहभागी हुनेछन् । प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि बिक्रीमा राखिएको कित्ता भने खुलाइएको छैन ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...