काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । सोमबार पनि सोही कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको पेस हुन नसकेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि ३ करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।
‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने बैंकले जनाएको छ ।
न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम ३ करोड रुपैयाँसम्म प्रदान गरिने यस ‘एनआईसी एशिया साथी घर कर्जा’अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ ।
सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।
७ अर्ब लगानीमा सानिभेरी जलविद्युत अघि बढ्दै, सिटिजन्स बैंकको अगुवाइमा पाँच बैंक सहभागी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक।, सिदार्थ बैंक र सानिमा बैंकसहित ५ बैंकहरुले ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ ।
भदौ १६ गते सोमबारको दिनप्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि एवं लगानीकर्ता बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना लुम्बीनी प्रदेश, रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब ९ अर्ब ६० करोडमध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ७ अर्ब २० करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लि।बाट अर्ब ५० करोड, नबिल बैंक लि।बाट रु. १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बाट १ अर्ब २० करोड, सिदार्थ बैंक लि. रु. १ अर्ब र सानिमा बैँक लि. बाट १ अर्ब लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोट स्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र बर्षायाममा १८२.११३ गिगावाट गरी बार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकललगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए । हाल सम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत आयोजना सहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ ।
सिटिजन्स् बैंकले हाल सम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि का तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युतप्राधिकरण, विद्युतविकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्नहुने विश्वास गरे ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेलबीच सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन् ।
अफगानिस्तानमा भूकम्प जाँदा २० जनाको मृत्यु, सयौं घाइते
काठमाण्डौं । अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ ।
भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएका छन् ।
भूकम्पले दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने जनाईएको छ ।
भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई पनि हल्लाएको थियो ।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै ८ किलोमिटर गहिराइमा थियो ।
पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको यो पाँचौँ भूकम्प हो । भूकम्पको दृष्टिकोणले अफगानिस्तान संवेदनशील क्षेत्र हो ।
यसअघि, अफगानिस्तानमा अगस्ट २७ मा ५.४, अगस्ट १७ मा ४.९, अगस्ट १३ मा ४.२ र अगस्ट ८ मा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछिन् । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीले साङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन् ।
चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।
आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।