Page 4

जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाए ः केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका हुन्। ​
जेनजी आन्दोलनपछि विकसित असामान्य परिरिस्थितिको कारण राजीनामा दिएर सैनिक सुरक्षामा बसेका ओली मंगलबार मात्रै डेरामा सरेका थिए।
‘गत साता जेन जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो। आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीले सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’
ओलीले थप भनेका छन्–ु प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ। नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।ु

राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालयहरुमाथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको जनाए । आन्दोलनका क्रममा भदौ २३ गते ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गरे ।
महासचिव पोखरेलले राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेको जनाए । ‘बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन, नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो त्यो लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हो भन्ने बुझ्नु पर्दछ, राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदै’, महासचिव पोखरेलले भने ।
राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले जनाए । यो नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम भएको महासचिव पोखरेलको दाबी छ ।
नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको जनाउँदै उनले त्यसप्रति गर्व गर्नुपर्ने जनाए । अहिले इतिहासको अति कठिनपूर्ण घडीमा पार्टी हरेको जनाउँदै उनले यस्ता धेरै कठिनाइ एमालेले पार गर्दै आएको स्मरण गराए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने जनाउँदै महासचिव पोखरेलले एमाले फेरि उठ्ने जनाए ।
पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले बोलेका थिए । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक सबै नेताहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको हो ।
भेटमा राजदूत सोङले चीन सधैं नेपालसँग सहकार्य गर्न तयार रहेको र नेपाली जनताको चाहनालाई सम्मान गर्ने जनाए।
सोङले भने, “आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको नाताले हामी तत्पर छौँ।”
कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएयता यो चिनियाँ राजदूतसँगको पहिलो औपचारिक भेट हो।

 

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको एउटा हात काटियो

काठमाडौं । गत भदौ २४ गतेको जेनजी हिंसात्मक प्रदर्शनका क्रममा घरमा लगाइएको आगोमा परेर घाइते भएकी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको श्रीमतीको एउटा हात काटिएको छ ।
खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको हो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
संक्रमण फैलिन थालेपछि उनको हात काटिएको हो । यस्तै उनलाई निमोनियाको संक्रमण पनि देखिएको जनाईएको छ ।

सैनिक ब्यारेकबाट फर्किए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।
जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।
सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।
बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् ।

 

नर्भिक इन्टरनेशनलले आईपीओ ल्याउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ताको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल बाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ ।
यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ । अत्याधुनिक पूर्वाधार र उन्नत चिकित्सा प्रविधिमा निरन्तर लगानीको साथ, बिरामीहरुले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गरेका छन् ।

 

एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्।
उनले आज राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका जनाईएको छ ।
न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

 

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा प्राडा डिल्लीराज शर्मा नियुक्त

काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष शर्माले आज नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएको कम्पनी सचिव केशव भण्डारीले जनाएका छन् ।

 

मुक्तिनाथ विकास बैंकद्वारा १८.२० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ ।
गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनस् सचिव डण्डपानी ढकालले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

 

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल जनाउँछन।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल जनाउँछन ।
यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ ।
वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...