Page 9

माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा र चेकजाँच

काठमाडौँ । नेपाली सेनाले राजधानीको माइतीघर क्षेत्रमा कडाइ गरेको छ । सेनाले चेकजाँचमा निकै कडाइ गरेको छ भने हिँडडुलमा रोक लगाएको छ ।
‘संविधान बचाउ’ केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो। अत्यावश्यक सेवाका सवारीसाधनलाई रोकतक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन ।
यस्तै माइतीघर क्षेत्रमा अघिल्लो दिनमा सेनाको सङ्ख्या बाक्लो देखिन्छ । बुधवार युवाहरूको केही समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेका थिए ।

साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।
पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो । सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।
नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।

 

देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

काठमाडौं । देशभर नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने जनाएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम रहने र त्यसपछि परिस्थितिको मूल्यांकन गरेर थप निर्णय लिइने जनाएको हो।
सेनाले हालको आन्दोलनपछिको संवेदनशील परिस्थितिलाई सम्बोधन गर्दै समस्या समाधानका लागि सम्बद्ध पक्षबीच निरन्तर समन्वय भइरहेको पनि स्पष्ट पारेको छ।
यस्तै, आन्दोलनका नाममा हुने प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा व्यक्ति र सम्पत्तिमाथि लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिइने चेतावनी सेनाले दिएको छ। यस्ता गतिविधि रोक्न सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले जनाएको छ।

संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्ने हल्ला भ्रामक ः प्रहरी

काठमाण्डौं । काठमाण्डौंमा जेनजी आन्दोलनका क्रममा संसदभित्र ३२ जना मृत फेला परेको भन्ने समाचार भ्रामक भएको नेपाल प्रहरीले प्रष्ट पारेको छ।
प्रहरीका अनुसार अन्य मुलुकमा घटेका पुराना हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत प्रचार गरिएको हो।
प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्य देशको पुरानो घटनाको तस्बिर प्रयोग गरी ‘३२ जना मृत फेला’ भन्ने गलत समाचार फैलाइएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ।”
यस्तै, विषम परिस्थितिलाई भड्काउने, डर र त्रास फैलाउने खालका भ्रामक समाचार नफैलाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।

 

नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

काठमाडौं । नेपालमा ’जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन् ।
नेपालको स्थिति नजिकबाट नियालिरहेको जनाउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिएका छन ।

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्यमन्त्रीले पनि दिए राजीनामा

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने भएका हुन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।
आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।
विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।

 

सेनाले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्‍यो

काठमाडौं । नेपाली सेनाले मन्त्रिहरूलाई सुरक्षित स्थानमा सारेको छ ।
ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पुगेर हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

प्रहरीको उपत्यका कमान्डमा एआईजी कार्की

काठमाडौं । प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी दानबहादुर कार्कीलाई पठाइएको छ । १९ गते एआईजी टेकबहादुर तामाङले अवकाश पाएपछि निमित्तको भरमा उपत्यका प्रहरी चलेको थियो ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पठाएको हो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...