Page 10

कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा सार्वजनिक गर्यो नयाँ निक्षेप योजना

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिकसँगै विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
यसैक्रममा बिहिबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ ।
बैंकका संचालक भीमप्रसाद तुलाचनबाट बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको उद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसंचार केन्द्रकी भावना पाण्डेलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो ।
रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप (पाँचौं संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो । १९औं वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तिय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।
यता, वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार यो खाता १८ वर्ष सम्मका उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरिएको हो ।
यस खाताको विशेषतामा खाता खोल्ने ग्राहकहरुलाई बैंकले आकर्षक खुत्रुके उपलव्ध गराउने र खातावालाको रु.५० हजार रुपैया सम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ ।
उक्त जीवन बीमाको प्रिमियम, खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ । जसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
‘अल्फा ग्रो’ खातामार्फत् बालबालिकामा बचत गर्ने बानीको विकास र अभिभावकहरुलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्धेश्य बैंकले लिएको छ ।

गरिमा विकास बैंकको साधारण सभाबाट १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारणसभाले विकास बैंकको आ.व. २०८१, ८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१, ८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व. २०८२, ८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।
त्यसैगरी, साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी बृद्धि गरी रु. ६ अर्ब १० करोड पुर्याउने, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
हाल विकास बैंकको चुक्ता पूँजी रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।
देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटिएम रहेको बैंकले नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको जनाएको छ ।

नेपाल लाइफका बिशाल बिक्रम दाजुभाइद्वारा ऐतिहासिक सफलताःसमृद्धि पदक’को वार्षिक लक्ष्य एकै दिनमा पुरा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दमक शाखा अन्तर्गतका एजेन्सी म्यानेजर बिक्रम अधिकारी र बिशाल अधिकारीले ऐतिहासिक उपलब्धि हात पारेका छन्। नेपाल लाइफको प्रतिष्ठित ‘नेपाल लाइफ समृद्धि पदक राष्ट्रिय सम्मान २०२६’का लागि तोकिएको एक वर्षको प्रिमियम लक्ष्य एकै दिनमै पूरा गर्दै दाजुभाइले कीर्तिमान कायम गरेका हुन्।
झापा, बिर्तामोड–१० विराटपोखर स्थायी घर भएका यी दाजुभाइले मेहनत, अनुशासन र निरन्तरताको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्। परिवार र समाजमा उदाहरणीय व्यक्तित्वका रूपमा परिचित उनीहरूले नेपाल लाइफमार्फत सयौं परिवारलाई जीवन बीमाको महत्व बुझाउँदै वित्तीय सुरक्षाको दायरामा ल्याउँदै आएका छन्। “बीमा केवल कागजी लेनदेन मात्र नभई,भविष्यको सुरक्षा र सन्ततिको उज्वल भविष्य को ग्यारेन्टी हो” भन्ने विश्वासका साथ उनीहरू सबै वर्गलाई बिमा सुरक्षा घेरामा समेट्दै आइरहेका छन्।
मनकामना काली निर्माण सेवाका प्रोप्राइटर र एन.आर.आर.एन.कंक्रिट उद्योगका व्यवस्थापक समेत रहेका बिशाल ले व्यावसायिक व्यस्तताबीच पनि नेपाल लाइफको मिशनलाई अघि बढाउँदै यो अभूतपूर्व सफलता सम्भव बनाए।
साथै बिक्रम विशाल ले देखाएको प्रतिबद्धता र लक्ष्यप्रतिको दृढताले नेपाल लाइफ इन्स्योरेन्स दमक शाखा र देशभरका अन्य अभिकर्ताहरूका लागि अधिकारी दाजुभाइ प्रेरणाका स्रोत बनेका छन्। उनीहरूको यस उपलब्धिपछि कम्पनीका अभिकर्ता,कर्मचारी, शाखा प्रमुख, प्रदेश प्रमुख,देखि उच्च पदाधिकारीहरूले हार्दिक बधाई र सम्मान व्यक्त गरेका छन्।

नबिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं। नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १,००० रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

 

अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ ।आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएका छन् ।
भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।
घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।
उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए ।
ट्रक चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत निराजन गौलीले निकै पिडादायक घटना घटेको जनाएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन् ।
उपचारार्थ महिलाको अवस्था स्थिर रहेको र उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।
एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत जनाए ।

मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल र राजस्थानबीच खेल हुँदै

काठमाडौं । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली महिला क्रिकेट टोली आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ ।
आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ । नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन् ।

विगतमा विद्युत् बक्यौता उठाउन राजनीतिक हस्तक्षेप थियो, अब हट्यो ः मन्त्री घिसिङ

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको जनाएका छन् ।
विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब सो समस्या हटेको मन्त्री घिसिङले जनाएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा मन्त्री घिसिङले लेखेका छन्वि, ‘गतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ ।’
नेपाल विद्युत् प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको उनले उल्लेख गरेका छन् ।
‘राज्यले उठाउनुपर्ने महसुल बक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए । तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ । हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुभएका सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद । साथै, बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीज्यूहरुलगायत सबैप्रति हार्दिक आभार ।’

 

वृद्धाको हत्या गरी गरगहना लुटपाट गर्ने महिला पक्राउ

धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका ७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे हंसपुर ७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।
अनुसन्धानका क्रममा सोही टोल बस्ने ४५ वर्षीया पवित्री देवी मण्डलले हत्या गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।

दुर्गा प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ ।
बुधबार (कात्तिक २६) बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी वार्तापछि सो समूहले २७ बुँदे मागपत्र बुझाएको हो । वार्तामा प्रसाईं स्वयं भने सहभागी थिएनन् । उनको समूहबाट वार्ताका लागि गएका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।
मागपत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । त्यस्तै, प्रदेश संरचना खारेजीदेखि संविधान खारेज हुनुपर्नेसम्मका माग प्रसाईंले राखेका छन् ।
प्रसाईंले मंसिर ७ गतेदेखि देशभर चरणबद्ध प्रदर्शन गर्ने घोषणा गरेका थिए । आन्दोलन घोषणा गरेपछि गृह मन्त्रालयले उनलाई वार्ताका लागि बोलाएको थियो ।
तर, आजको वार्तामा प्रसाईं आफू भने उपस्थित भएनन् । प्रधानमन्त्रीस्तिरीय वार्ताबाहेक अन्य वार्तामा आफू नबस्ने भन्दै उनले आज प्रतिनिधि पठाएका हुन् ।
वार्तामा आफूहरूका मागका बारेमा सामान्य छलफल भए पनि सहमति नभएको खतिवडाले जनाए । सरकारले आफूहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाए पूर्वघोषित आन्दोलन फिर्ता लिने उनको भनइ छ ।

रेशम चौधरी संरक्षक रहेको ‘नाउपा नेपाल’ आयोगमा दर्ता

काठमाडौं । रेशम चौधरी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले आज चौधरीलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
पार्टीमा चौधरी संरक्षक रहने छन् भने अध्यक्ष कबीर सोप छन् ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...